Sajhamanch Archive

सप्तरीका नयाँ संक्रमित पत्नीसँगै भारतबाट आएका थिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सप्तरीका नयाँ संक्रमित पत्नीसँगै भारतबाट आएका थिए.

सप्तरी । सप्तरीमा पहिचान भएका कोरोना भाइरस (कोभिड-१९)का दोस्रो संक्रमित एक साताअघि भारतबाट आएको खुलेको छ । संक्रमित युवक जिल्लाको बलान-बिहुल गाउँपालिका वडानम्बर ४ का बासिन्दा हुन् । वडानम्बर ४ बेल्ही भारतसँग टाँसिएरै रहेको गाउँ हो । यो वडाका ३५ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ । गाउँपालिका अध्यक्ष दयानन्द गोइतका अनुसार संक्रमित युवक आफ्नी […]

धुम्रपान छाड्ने जुक्ति : यसो गरे कसो होला

Published: (Updated: ) in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on धुम्रपान छाड्ने जुक्ति : यसो गरे कसो होला.

विश्वव्यापी रुपमै कोभिड-१९ को संक्रमण पुरुषमा बढी देखिएको छ र महिला एवं बालबच्चाको तुलनामा मृत्युदर पनि पुरुषकै उच्च छ। किन त ? यसमा के अनुमान गरिएको छ भने धेरैजसो पुरुष धुम्रपानको अम्मली हुन्छन् । धुम्रपानले सोझो असर गर्ने भनेको फोक्सोमा हो । यसले फोक्सो र सासनलीमा नराम्ररी असर पुर्‍याउँछ । त्यसैगरी कोरोना भाइरसको संक्रमणले पनि […]

बालिकामाथि जवरजस्ती आरोपमा युवा पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बालिकामाथि जवरजस्ती आरोपमा युवा पक्राउ.

उदयपुर । जंगलमा बाख्रा चराउन गएकी बालिकामाथि जवरजस्ती प्रयास गरेको आरोपमा उदयपुरका एक युवक शुक्रबार पक्राउ परेका छन् । स्थानीय १३ वर्षीया बालिकालाई जवरजस्ती प्रयास गरेको अभियोगमा जिल्लाको लिमचुङबुङ गाउँपालिका वडा नंं.२ का १८ वर्षीय अभिषेश खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाउँकै जंगलमा बाख्रा चराउँन गएकी बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको उजुरीको आधारमा […]

सीमा विवादलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्दैनौंः सरकारका प्रवक्ता डा. खतिवडा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सीमा विवादलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्दैनौंः सरकारका प्रवक्ता डा. खतिवडा.

काठमाडौं । भारतले अतिक्रमण गरेको नेपालको भूभागसम्बन्धि विवादलाई नेपालले तत्काल अन्तर्राष्ट्रियकरण नगर्ने जनाएको छ । भारतसँग कूटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गर्दै सरकारले सीमा विवादलाई अहिले नै अन्तर्राष्ट्रियकरण आवश्यक नरहेको निष्कर्ष निकालेको हो । आज बसेको मन्त्रिपरिषद बैठकले कूटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं […]

गेष्ट हाउसमा जुवा खेल्ने पाँच जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गेष्ट हाउसमा जुवा खेल्ने पाँच जना पक्राउ.

जनकपुरधाम । गेष्ट हाउसभित्र जुवा खेल्ने ५ जनालाई आज जनकपुरधामबाट पक्राउ गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं.९ पिडारी चोकस्थित जानकी बाटिका गेष्ट हाउसमा जुवा खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । पक्राउ पर्नेमा जनकपुरधाम ८ बस्ने ५५ वर्षीय बिल्टु बरही, वडानम्बर १३ बस्ने ३५ वर्षीय मोस्तकिङ राईन, ४७ वर्षीय जसिन […]

प्रदेश १ मा दैनिक १ हजारको कोरोना परीक्षण गरिने

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा दैनिक १ हजारको कोरोना परीक्षण गरिने.

विराटनगर । प्रदेश सरकारले १४ जिल्लामा ४० हजारको कोरोना जाँच गर्ने तयारी गरेको छ । दैनिक एक हजारका दरले ४० हजार बढीको पीसीआर परीक्षण जाँच गर्ने तयारी गरेको हो । शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले भारतबाट नेपाल फर्कनेबाट हुनसक्ने सम्भावित जोखिम नियन्त्रणका लागि परीक्षण दायरा […]

थप ९ जनामा कोरोना,सङक्रमितको सख्याको ५१६ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on थप ९ जनामा कोरोना,सङक्रमितको सख्याको ५१६ पुग्यो.

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५१६ पुगेको छ ।  

प्रहरीलाई देखेपछि भरूवा बन्दुक र गाँजा छाडेर भाग्ने पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरीलाई देखेपछि भरूवा बन्दुक र गाँजा छाडेर भाग्ने पक्राउ.

मकवानपुर । मकवानपुरमा ३३ केजी गाँजा र भरूवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार बिहान प्रहरीले मनहरी गाउँपालिका वडा नं.६ का ४० वर्षीय रामचन्द्र प्रजालाई हतियार तथा ३३ केजी गाँजासहित पक्राउ गरेको हो। बिहीबार राति पौने १२ बजे डिपोर्ट सामुदायिक जंगलको गोरेटोबाटो हुँदै केही व्यक्ति हतियारसहित आइरहेको भन्ने सूचनाका आधारमा प्रहरी खटिएको […]

थुनुवामा देखियो कोरोना, प्रहरी कार्यालय सिल

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on थुनुवामा देखियो कोरोना, प्रहरी कार्यालय सिल.

बैतडी । कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका थुनुवामा आज कोरोना संक्रमण पुष्टि भएको डिएसपी दिल्ली नारायण पाण्डेले जानकारी दिए। ‘कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरेका थियौं,’उनले भने,‘उनको स्वाब संकलन गरी धनगढी पठाएका थियौं। आज भर्खरै रिपोर्ट पोजिटिभ आएको छ।’ उनमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय […]

संक्रमितको सम्पर्कमा आएकाहरुको रिपोर्ट नेगेटिभ

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on संक्रमितको सम्पर्कमा आएकाहरुको रिपोर्ट नेगेटिभ.

विराटनगर । विराटनगरका दुईजना कोरोना संक्रमितको सम्पर्कमा पुगेका १२० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । आइतबार विराटनगरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितको सम्पर्कमा आएकाहरु र विराटनगर महानगरपालिकाका सफाइ कर्मचारी गरी १२० जनाको रिपोर्ट नेगेटिभ आएको हो । विराटनगर १५ घर भएका ३६ वर्षका विराटनगर महानगरपालिकाका कर्मचारी र विराटनगर ६ […]