Sajhamanch Archive

चीनसँग सबै सम्बन्ध तोड्ने ट्रम्पको धम्की

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on चीनसँग सबै सम्बन्ध तोड्ने ट्रम्पको धम्की.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः कोरोना महामारीका लागि चीनको आलोचना गर्दै उससँग सम्बन्ध तोड्ने धम्की दिएका छन् । राष्ट्रपति ट्रम्पले फक्स बिजेनससँगको कुराकानीमा भने, ‘हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न सक्छौं ।’ ट्रम्पले पुनः आफैंले सोधे, ‘यदि यस्तै भए के होला ? ’ र जवाफ दिए, ‘यदि सबै […]

थप ९ जनामा कोरोना, संक्रमितको संख्या २५८ पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on थप ९ जनामा कोरोना, संक्रमितको संख्या २५८ पुग्यो.

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजनिक गरेको तथ्यांकामा थप नौ जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रिय प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुष रहेका छन्।  

चट्याङ लागेर घटनास्थलमै मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चट्याङ लागेर घटनास्थलमै मृत्यु.

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं.३ राजावसमा विहिबार साझँ चट्याङले लागेर एक बृद्धाको मृत्य भएको छ । घर नजिकैको ककूर खोलामा गाईवस्तु चराउँदै गरेका ६१ बर्षीय लिलबहादुर सुनुवारको बर्षातसगै परेको चट्याङले लागेर घटना स्थलमै मृत्य भएको प्रहरीले जनाएको छ । गाईवस्तु घर आएपनि गोठालो गएका लिलबहादुर घर नआएपछि खोज्न जादाँ मृत अवस्थामा भेटिएको […]

नेकपाको सचिवालय बैठक बस्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाको सचिवालय बैठक बस्दै.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज विहान बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साढे ८ बजे बैठक राखिएको एक नेताले जानकारी दिए । नेकपाले वैशाख ३१ गते बोलाएको स्थायी कमिटी बैठक स्थगित भएपछिको अवस्थाका बारेमा सचिवालय बैठकमा छलफल हुने ती नेताले बताए । अनलाइनखबर

कोरोना भाइरसका कारण विश्वभर तीन लाखभन्दा बढीको मृत्यु

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना भाइरसका कारण विश्वभर तीन लाखभन्दा बढीको मृत्यु.

एजेन्सी । विश्वभर कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाखभन्दा बढी भएको छ । अहिलेसम्म विश्वभर तीन लाख तीन हजारभन्दा बढीको मृत्यु भएको हो । यसैगरी संक्रमितको संख्या ४५ लाख २५ हजार नाघेको छ । संक्रमित मध्ये १७ लाख मानिस निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी […]

राष्ट्रपति भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने.

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दैछ । आज अपराह्न बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन् । यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक अपराह्न ४ बजे संसद भवन नयाँ वानेश्वरमा बोलाइएको छ । नीति तथा कार्यक्रम […]

प्रदेश १ मा कोरोना शङ्का गरिएका १० हजार बढीको परीक्षण गर्ने तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा कोरोना शङ्का गरिएका १० हजार बढीको परीक्षण गर्ने तयारी.

मोरङ । प्रदेश १ मा कोरोना भाइरसका शङ्कास्पद १० हजार बढीको परीक्षण गरिने भएको छ । १४ वटै जिल्लाका १० हजार बढीको परीक्षण गर्नका लागि मन्त्रालयले तयारी सुरु गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधिबीच आज भएको छलफलमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहिलो चरणमा १० दिनभित्रमा […]

पौडेललाई उपभासमुख बन्न नेकपा प्रस्ताव, राष्ट्रिय जनमोर्चाद्वारा अस्वीकार

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पौडेललाई उपभासमुख बन्न नेकपा प्रस्ताव, राष्ट्रिय जनमोर्चाद्वारा अस्वीकार.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले राष्ट्रिय जनमोर्चालाई उपसभामुख पद प्रस्ताव गरेको छ । प्रतिनिधिसभामा राजमोको तर्फबाट प्रतिनिधित्व गर्ने एकमात्र सांसद दुर्गा पौडेललाई नेकपाले उपसभामुख पद प्रस्ताव गरेको हो । राजमोका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर आफ्नो पार्टीकी उपाध्यक्ष र प्रवक्ता तथा सांसद दुर्गा पौडेललाई उपसभामुख पदको प्रस्ताव आएको बताएका हुन् […]

निजी भ्रमणमा झापा आएका, पूर्वराजा ज्ञानेन्द्रको पुरानो सवारी पास रद्द

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on निजी भ्रमणमा झापा आएका, पूर्वराजा ज्ञानेन्द्रको पुरानो सवारी पास रद्द.

काठमाडौं । लकडाउनका कारण झापामा अड्किएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानीलाई जिल्ला प्रशासन कार्यालयले आज काठमाडौं आउने पास दिएर आजै रद्ध गरेको छ। गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका हुन् । निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौं आउन चाहेका […]

साढे २२ हजार पीसीआर परीक्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on साढे २२ हजार पीसीआर परीक्षण.

काठमाडौं । कोरोना भाइरस संक्रमण परीक्षणका लागि नेपालमा पीसीआर विधिबाट अहिलेसम्म साढे २२ हजार वटा नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६३ सहित अहिलेसम्म २२ हजार ६ सय ६४ वटा पीसीआर परीक्षण भएका छन् । सरकारले परीक्षणको दायरा बढाउँदै लगेको मन्त्रालयका प्रवक्ता डा. विकास […]