Sajhamanch Archive

“क्वरेण्टीनमा बसेकालाई जेठ ५ पछि घर पठाइने” : मन्त्री ढकाल

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on “क्वरेण्टीनमा बसेकालाई जेठ ५ पछि घर पठाइने” : मन्त्री ढकाल.

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले क्वरेण्टीनमा बसेकाहरुलाई जेठ ५ गतेपछि घर पठाइने बताएका छन् । १४ दिन क्वरेण्टीनमा बसेकाहरुको हकमा आरडीटी र अन्यको हकमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री ढकालले भने, ‘क्वरेण्टीनमा रहेका व्यक्तिहरु, १४ दिन पुगेकाहरुको हकमा आरडीटी […]

जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज गर्ने.

काठमाडौं । गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृहमा आज बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले भने, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।’ यसअघि गृहले एक जिल्लाबाट […]

थप एक जनामा कोरोना, संक्रमितको सङख्या २४६ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on थप एक जनामा कोरोना, संक्रमितको सङख्या २४६ पुग्यो.

काठमाडौ । नेपालमा थप एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो विवरणअनुसार भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी बर्दघाट सुस्ता पूर्व देवचुलीका ४९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २४६ पुगेको छ । ३५ जना उपचारपछि निको भएका छन् । सङक्रमित सबैको स्वास्थ्य […]

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या सच्यायो

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या सच्यायो.

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्को सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको छ । मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो । मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित […]

भिसा अवधि नाघेका विदेशीले तीन महिनाभित्र यूएई छाड्नुपर्ने

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on भिसा अवधि नाघेका विदेशीले तीन महिनाभित्र यूएई छाड्नुपर्ने.

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) ले सबै किसिमको भिसा उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरेको छ । यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार मार्च १ भन्दा अगाडि यूएईमा प्रवेश वा बसोवास अनुमतिको अवधि सकिएका मानिसले कुनै जरिवाना बुझाउनुपर्ने छैन । […]

बाबर आजम पाकिस्तान क्रिकेट टिमको एकदिवसीय र टि-२० कप्तान

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बाबर आजम पाकिस्तान क्रिकेट टिमको एकदिवसीय र टि-२० कप्तान.

एजेन्सी । ब्याट्सम्यान बाबर आजम पाकिस्तानको एकदिवसीय र टि-२० टिमको कप्तान बनेका छन् । पाकिस्तान क्रिकेट बोर्डले आजमलाई दुई विधामा कप्तान चयन गरेको हो । बोर्डले २०२०-२१ का लागि सेन्ट्रल कन्ट्रयाक्टमा परेका १८ खेलाडीको नाम सार्वजनिक गर्दै कप्तान पनि चयन गरेको हो । यस्तै टेष्ट कप्तानमा अजर अली रहनेछन् । यसअघिका कप्तान सर्फराज अहमदलाई हटाइएपछि […]

आमाबुबाको झगडाले बच्चामा हृदयरोगको खतरा – शोध

Published: (Updated: ) in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on आमाबुबाको झगडाले बच्चामा हृदयरोगको खतरा – शोध.

यतिबेला अधिकांश बालबालिका घरभित्र छन् । आमाबुबासँग छन् । उनीहरूले आफ्ना परिवारलाई अरू नजिकबाट नियाल्न पाएका छन् । विद्यालय वा पढाइबाट अहिले उनीहरुको ध्यान हटेको छ । त्यसैले उनीहरू आफ्ना परिवार, आमाबुबा, भाइबहिनीसँग बढी एकाकार भएका छन् । बालबालिका स्वभावैले चञ्चल र जिज्ञासु हुन्छन् । हरेक कुरा जान्न खोज्ने हुन्छन् । त्यसो त उनीहरूको मस्तिष्कको […]

पर्याप्त स्वास्थ्य सुविधा नपाएर बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ : यूनिसेफ

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on पर्याप्त स्वास्थ्य सुविधा नपाएर बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ : यूनिसेफ.

एजेन्सी । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले कोभिड–१९ को महामारीका कारण पर्याप्त स्वास्थ्य सुविधा नपाएर बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ । दक्षिण एसियामा अबको ६ महिनामा पाँच वर्षमुनिका ४ लाख भन्दा धेरै बालबालिकाको ज्यान जाने जोखिम भएको भन्दै युनिसेफले सावधानी अपनाउन आग्रह गरेको छ । युनिसेफले निकालेको प्रतिवेदन अनुसार सबैभन्दा धेरै भारतमा […]

१ सय १३ वर्षीया वृद्धासहित विश्वभर १६ लाख ५७ हजारभन्दा बढी कोरोना सङ्क्रमित उपचारपछि घर फर्किए

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on १ सय १३ वर्षीया वृद्धासहित विश्वभर १६ लाख ५७ हजारभन्दा बढी कोरोना सङ्क्रमित उपचारपछि घर फर्किए.

काठमाण्डौ । विश्वमा १६ लाख ५७ हजारभन्दा धेरै कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । अहिलेसम्म १६ लाख ५७ हजार भन्दा बढी उपचारपछि निको भएका हुन् । कोरोनाका कारण विश्वमा ४४ लाख २८ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये २ लाख ९८ हजार ८३ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ज्यान […]

थप दुई जनामा कोरोना, संक्रमितको संख्या २४५ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on थप दुई जनामा कोरोना, संक्रमितको संख्या २४५ पुग्यो.

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका […]