Sajhamanch Archive

झापाका प्रदेश सांसदहरु भन्छन् : विकास देखिने बेलै भएको छैन

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापाका प्रदेश सांसदहरु भन्छन् : विकास देखिने बेलै भएको छैन.

बिर्तामोड । झापा क्षेत्र नं.२ (क) का प्रदेशसभा सदस्य एकराज कार्कीले संघीयताको मूलमर्म भनेकै प्रदेश रहेको बताएका छन् । प्रदेश बलियो भएन भने संघीयताको अन्त्य हुने जिकिर गर्दै सांसद कार्कीले संघीयता बचाउनु हाम्रो दायित्व र कर्तव्य भएको जिकिर गरेका छन् । रिपोर्टर्स क्लब बिर्तामोडले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सांसद कार्कीले विकास निर्माणका क्षेत्रमा […]

कोरोनाले आईपीएल अन्योलमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on कोरोनाले आईपीएल अन्योलमा.

एजेन्सी । विश्वकै ग्लामरस, चर्चित र स्टार खेलाडीहरुले खेल्ने खेलकुद प्रतियोगिता हो इन्डियन प्रिमियर लिग,आईपीएल । सबै खेलाडीको चाहना कम्तीमा एक पटक भए पनि आईपीएल खेल्ने हुन्छ । यस पटक मार्च २९ बाट भारतमा आइपीएलको १३औं संस्करण हुने तय भएको छ । तर अहिले विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड १९) को मारमा आईपीएल पनि […]

विप्लवका जिल्ला सेक्रेटरी पक्राउ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लवका जिल्ला सेक्रेटरी पक्राउ.

उदयपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका उदयपुर सेक्रेटरी आज बिहान पक्राउ परेका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नंं.७ को अँधेरीस्थित एक स्थानीयको घरमा लुकेर बसेको अवस्थामा सेक्रेटरी जितबहादुर पुलामी मगर पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनी लुकेर बसेको सुराकीको आधारमा सदरमुकामबाट खटेको टोलीले आज बिहान ६ बजे […]

हत्या भएको अवस्थामा महिलाको शव फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हत्या भएको अवस्थामा महिलाको शव फेला.

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका वडा नं.४ ईवा तीनसल्लेमाका २८ वर्षिया बिन्दा पुरीको आज बिहान रहस्यमय हत्या भएको छ। महिलाको तीनसल्लेस्थित आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। महिलाको हत्या भएको अवस्थामा छिमेकीले देखेपछि प्रहरीमा खबर गरेका थिए। २८ वर्षीया विन्दा पुरीको ईवा घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय संक्रान्ति […]

प्रदेश २ लाई विशेष प्रदेश बनाउने प्रस्ताव संसदमा दर्ता

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश २ लाई विशेष प्रदेश बनाउने प्रस्ताव संसदमा दर्ता.

काठमाडौं । प्रदेश २ लाई विशेष प्रदेश बनाउन माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रभु साह, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह र समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले आज संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै यस्तो माग गरेका हुन् […]

नायक टोम हान्क्स र उनकी पत्नीलाई कोरोना भाइरसको संक्रमण

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on नायक टोम हान्क्स र उनकी पत्नीलाई कोरोना भाइरसको संक्रमण.

एजेन्सी । हलिउड नायक टोम हान्क्स र उनकी पत्नी रीता विल्सनलाई कोरोना संक्रमण देखिएको छ । उनीहरु आफैले बुधबार बेलुकी यो कुराको जानकारी गराएका छन् । उनीहरुले जनतालाई कोरोना भाइरसको बिषयमा सचेत रहन र ध्यान दिनका लागि आग्रह गरेका छन् । अहिले यो जोडी अष्ट्रेलियामा छन् । उनीहरु अहिले एक नयाँ चलचित्रको छायांकनमा व्यस्त रहेको […]

ओखलढुंगामा जिप दुर्घटना हुँदा ११ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ओखलढुंगामा जिप दुर्घटना हुँदा ११ जना घाइते.

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा आज बिहान जिप दुर्घटना भएको छ। मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ४ केत्तुकेमा बोलेरो दुर्घटना हुँदा जिपमा सवार ११ जना घाइते भएका छन् । वीरगञ्जबाट ओखलढुङ्गाको रुम्जाटारतर्फ आउँदै गरेको प्रदेश नं. ३–०१०२२ च ३१८३ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटना हुँदा जिपमा सवार १२ जनामध्ये ११ जना घाइते भएका छन्। […]

कुवेत सरकारले व्यावसायिक हवाई सेवा बन्द गर्ने

Published: (Updated: ) in परदेश (प्रवास), विश्व समाचार by . Leave a Comment on कुवेत सरकारले व्यावसायिक हवाई सेवा बन्द गर्ने.

काठमाडौं । कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ । विश्वव्यापी रूप फैलिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । कुवेत सरकारका अनुसार, कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द रहनेछन् । […]

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ.

काठमाडौं । श्रीमतीको हत्या आरोपमा प्रहरीले काठमाडौंको दक्षिणकालीबाट एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नवीन राई रहेका छन् । पौवापोखरी गाउँपालिका वडा नं.३, खोटाङ स्थायी ठेगाना भएका उनी दक्षिणकाली नगरपालिका वडा नं.२ मा बस्दै आइरहेका थिए । नवीनले गत सोमबार ३३ वर्षीया श्रीमती पुष्पा राईको हत्या गरेको देखिएकाले नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त […]

नेताको स्वार्थको लडाईले राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य भयो : नेता  लिङ्देन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेताको स्वार्थको लडाईले राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य भयो : नेता  लिङ्देन.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले नेताहरु मिल्न नसक्दा मुलुकमा गणतन्त्र र धर्म निरपेक्षता आएको जिकिर गरेका छन् । राप्रपा र राप्रपा संयुक्तको एकीकरण घोषणामा बोल्दै उनले नेताको स्वार्थको लडाईले राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य भएको बताए । ‘तपाईहरु नजुधेको भए, हामीलाई नजुधाएको भए, हामीलाई गाईगोरुजस्तो लुरुलुरु पछि नहिँडाएको भए यो देशमा गणतन्त्र […]