Sajhamanch Archive

दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ.

जनकपुरधाम । महोत्तरीमा दुई साताअघि दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सिमथिला माध्यमिकी परिक्रमा जलेश्वर पुगेकी दुई किशोरीमाथि यही फागुन १५ गते सामूहिक बलात्कार भएको थियो । बलात्कारमा संलग्न सात जनामध्ये चार जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार […]

म यस्तो गीत गाउँछु २’ सर्दा कसलाई भयो फाइदा ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on म यस्तो गीत गाउँछु २’ सर्दा कसलाई भयो फाइदा ?.

छायांकन सुरु हुनुभन्दा अगावै सुदर्शन थापाले फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति फागुन २३ गतेलाई घोषणा गरेका थिए । तर, यही मितिमा बलिउडको ठूलो फिल्म ‘बागी ३’ आउने भएपछि सुदर्शनले भिड्ने आँट गरेनन् । र, एक हप्ता पछाडि सार्दै फागुन ३० गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरे । फिल्मको प्रचार-प्रसार जोडतोडले […]

कोरोनाका कारण पहिलो पटक इङ्ग्लिस प्रिमियर लिगको खेल स्थगित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on कोरोनाका कारण पहिलो पटक इङ्ग्लिस प्रिमियर लिगको खेल स्थगित.

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) का कारण पहिलो पटक इङ्ग्लिस प्रिमियर लिगको खेल स्थगित गरिएको छ । बुधबार राति हुने म्यान्चेस्टर सिटी र आर्सनल बीचको खेल स्थगित गरिएको बीबीसीले जनाएको छ । विश्वका विभिन्न देशका फुटबल गतिविधि भाइरसका कारण प्रभावित भए पनि प्रिमियर लिग भने नियमित सञ्चालन भइरहेको थियो । युरोपा लिगको खेलमा आर्सननलले १३ […]

कोरोनाको सङ्क्रमण १ सय १९ देशमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाको सङ्क्रमण १ सय १९ देशमा.

काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण एक सय १९ देशमा पुगेको छ । अहिलेसम्म एक लाख १९ हजार दुई सय २० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार दुई सय ९९ पुगेको छ । कोरोनाबाट सबैभन्दा धेरै चीनमा तीन हजार एक सय ५८ जनाले ज्यान गएको छ । पछिल्लो […]

उपप्रधानमन्त्री पोखरेलले बोलाए सर्वदलीय बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपप्रधानमन्त्री पोखरेलले बोलाए सर्वदलीय बैठक.

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज अपराह्न ३ बजेका लागि तय गरिएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका शीर्ष नेता आमन्त्रण गरिएको उपप्रधान तथा रक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयबारे बैठकमा […]

टेम्पो दुर्घटना हुँदा झापामा एकजनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टेम्पो दुर्घटना हुँदा झापामा एकजनाको ज्यान गयो.

दमक । झापाको दमक नगरपालिका वडा नं.५ स्थित हरिओम कोलेनीस्थित भित्री सडक खण्डमा टेम्पो दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका वडा नंं.९ का ६१ वर्षीय उमबहादुर मगर रहेका छन्। इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्मा अधिकारीका अनुसार मगरको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मंगलबार राति मृत्यु भएको हो। मे १ […]

व्यवसायीहरुले नेपालमै सर्जिकल मास्क उत्पादन गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on व्यवसायीहरुले नेपालमै सर्जिकल मास्क उत्पादन गर्ने.

काठमाडौं । मास्क अभाव भएपछि केही व्यवसायीहरुले नेपालमै सर्जिकल मास्क उत्पादन गर्ने भएका छन् । त्यसका लागि दीपक मल्होत्रासहित करिब आधा दर्जन उद्योगी व्यवसायीको टिमले मास्क उत्पादन गर्ने योजना बनाएको हो । त्यसमा सरकारले पनि सहजीकरण गर्नेछ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मास्क उत्पादन गर्ने योजना तयार भइसकेको र अभाव टार्ने गरी […]

कोरोनाबाट त्रसित नहुन सन्देश दिनुहोस् : मन्त्री खतिवडा

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट त्रसित नहुन सन्देश दिनुहोस् : मन्त्री खतिवडा.

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले यसबाट त्रसित नहुन तर, सचेत र सतर्क रहने गरी सन्देश प्रवाह गर्न रेडियो नेपाललाई आग्रह गरेका छन् । सर्वसाधारण मानिससम्म जनसचेतनामूलक सूचना प्रचार सामग्री प्रसारण गर्न उनले आग्रह गरेका हुन् । मन्त्री खतिवडा आज रेडियो नेपालको निरीक्षणमा पुगेका थिए । त्यस […]

नेपाल र सिंगापुरबीचको खेल रद्ध

Published: in खेलकुद by . Leave a Comment on नेपाल र सिंगापुरबीचको खेल रद्ध.

काठमाडौं । थाइल्याण्डमा जारी रहेको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीचको खेल रद्ध भएको छ । वर्षाका कारण मैदान र पिच भिजेकाले समयमा तयार नभएपछि खेल टस नै नभई रद्ध भएको हो । आज बिहान बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा स्थानीय समयअनुसार बिहान साढे ९ बजे खेल शुरु हुने तय थियो । तर […]

भारतीय राजदूत क्वात्रा र नेकपाका नेता नेपालबीच भेटवार्ता

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भारतीय राजदूत क्वात्रा र नेकपाका नेता नेपालबीच भेटवार्ता.

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई भेट्न भारतीय राजदूत क्वात्रा नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । भेटमा […]