Sajhamanch Archive

मनकामनामा ट्राफिक जनचेतनामूलक कार्यक्रम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मनकामनामा ट्राफिक जनचेतनामूलक कार्यक्रम.

बिर्तामोड । बिर्तामोडस्थित मनकामना माध्यमिक विद्यालयमा ट्राफिक जनचेतनामूलक कार्यक्रम  सम्पन्न भएको छ। जिल्ला ट्राफिक कार्यालय झापाको प्राविधिक सहयोगमा आज सञ्चालित तालिममा १ सय १५ जना विद्यार्थीको सहभागीता रहेको थियो। उज्यालो मनकामना बालक्लबको आयोजना तथा विद्यालयको व्यवस्थापनमा आयोजित तालिमको अध्यक्षता क्लबका अध्यक्ष दीक्षा गुरुङले गरेकी थिइन् । उक्त तालिमको सहजीकरण प्रहरी सहायक निरीक्षक जनक तिम्सिना र […]

विराट अर्जुनको सदस्य शिक्षा तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on विराट अर्जुनको सदस्य शिक्षा तालिम.

बिर्तामोड । बिर्तामोडस्थित विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले आज सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नवीन खरेलको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा संस्थाका सञ्चालक,कर्मचारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त सदस्य शिक्षा तालिमको सहजीकरण नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीले गरेका थिए । अधिकारीले पछिल्लो समय सहकारी संस्था अगाडीको समयमा जस्तो सञ्चालन गर्न सहज […]

बहुविवाहको मुद्दा लाग्ने डरले दुवै जना फरार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बहुविवाहको मुद्दा लाग्ने डरले दुवै जना फरार.

सल्यान । ६४ बर्षको उमेरमा अर्को विवाह गरेका सल्यान कालिमाटी गाउँपालिका वडा नं. ४ का टेक बहादुर नेपाली बहुविवाहको मुद्दा लाग्ने डरले गाउँबाटै भागेका छन् । टेक बहादुरकी जेठी श्रीमती ६० वर्षीया उमा नेपालीले बहुविवाह गरेको भन्दै श्रीमान विरुद्ध प्रहरीमा उजुरी दिएका छिन् । ६४ बर्षमा ३५ वर्षीया सुशीलासँग बहुविवाह गरेका नेपाली मुद्दा लाग्ने डरले […]

प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने विप्लव माओवादीका कार्यकर्ता

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने विप्लव माओवादीका कार्यकर्ता.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी राष्ट्रिय सभा गृहमा जुत्ता हान्‍ने युवक तत्कालीन माओवादीकै कार्यकर्ता भएको खुलेको छ। उनी हाल नेत्रविक्रम चन्द विप्लवसँग आवद्ध रहेको खुलेको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालमाथि आफ्नै पूर्व कार्यकर्ताले जुत्ता प्रहार गरेको खुलेको हो। आज राष्ट्रिय सभा गृहमा जुत्ता हान्‍ने व्यक्ति जुम्ला […]

सरकारविरुद्ध त्रिदेव नेविसंघले गर्यो प्रदर्शन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सरकारविरुद्ध त्रिदेव नेविसंघले गर्यो प्रदर्शन.

मेचीनगर । त्रिदेव नेपाल विद्यार्थी संघ एकाई समिति चारआलीले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ । इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर्नु पर्ने, विदेशबाट आयात गरिने पुस्तकमा लगाइने कर खारेज गर्नु पर्ने, स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सुनिश्चित गर्नु पर्ने, ललिता निवास प्रकरणको निष्पक्ष छानबिन गर्नु पर्ने लगायतका मागसहित विरोध जनाएको त्रिदेव नेविसंघ सभापति आइतहाङ लिम्बूले जानकारी दिए। […]

होटलमा एक व्यक्ति मृत भेटिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on होटलमा एक व्यक्ति मृत भेटिए.

वीरगञ्ज । वीरगञ्जस्थित चौधरी होटल एण्ड लजमा एक व्यक्ति आज मृत भेटिएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं. १६ बसपार्क स्थित होटलमा काठमाण्डौ बस्ने ५० वर्षीय जीवन लामा मृत भेटिएका हुन् । लजको ११२ नम्बर कोठामा उनी मृत अवस्थामा छन् भन्ने खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल तथा लाश जाँच मुचुल्का लगायतका […]

सिम्रिकको उत्प्रेरणात्मक तालिम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिकको उत्प्रेरणात्मक तालिम.

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आन्तरिक शान्ति एवम् खुसीका लागि राजयोग मेडीटेसन विषयमा उत्प्रेरणात्मक तालिम आज सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला रहेका थिए । उक्त तालिमको सहजीकरण उत्प्रेरणात्मक प्रवचक राजु घलेले गरेका थिए । घलेले जीवनमा […]

दयाहाङ र मिरुनाको यस्तो रुप

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on दयाहाङ र मिरुनाको यस्तो रुप.

कबड्डी’ सिरिजका लेखक तथा कवि उपेन्द्र सुब्बाले निर्देशनमा डेब्यू गरेको फिल्म ‘जारी’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । आउँदो वर्षको जेठ २३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै शुक्रवार सार्वजनिक गरिएको पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिचर्ड छन् । पोस्टर हेर्दा फिल्ममा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । सिनेमा आर्टस् […]

अदालत पुगे पूर्वमन्त्री बास्कोटा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अदालत पुगे पूर्वमन्त्री बास्कोटा.

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन् । आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उनी उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन् । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएका छन् । सञ्चारमन्त्री बास्कोटाले मिश्रले आफूलाई गाली बेइज्जती गरेको […]

सकारात्मक सोध विषयमा बिर्तामोडमा उत्प्रेरणात्मक तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सकारात्मक सोध विषयमा बिर्तामोडमा उत्प्रेरणात्मक तालिम.

बिर्तामोड । झापा जिल्ला कृषि सहकारी संघको आयोजनामा संस्थागत सुदृढीकरणका लागि सकारात्मक सोधखोज विषयमा दुई दिवसीय उत्प्रेरणात्मक तालिम आज सुरु भएको छ । नेपाल कृषि सहकारी संघ केन्द्रीय समितिको प्राविधिक सहयोगमा बिर्तामोडमा सुरु भएको तालिमको अध्यक्षता कृषि सहकारी संघका केन्द्रीय उपाध्यक्ष मिना ढकालले गरेकी थिइन् । उक्त तालिमको सहजीकरण सनम महतले गरिरहेका छन् । महतले […]