Sajhamanch Archive

‘सिन्धुपाल्चोकमा भेटिए कोरोनाको लक्षणसँग मिल्दाजुल्दा बिरामी’

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ‘सिन्धुपाल्चोकमा भेटिए कोरोनाको लक्षणसँग मिल्दाजुल्दा बिरामी’.

काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नंं.३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका वडा नंं.३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका […]

वास्तवमा स्टार को ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on वास्तवमा स्टार को ?.

स्टार को ? नेपाली चलचित्र क्षेत्रमा यतिबेला यो प्रश्नको जवाफ दिन सक्ने सायदै कोही होलान् । हाम्रो चलचित्र क्षेत्रमा सीमित चलचित्रकर्मी छन् । तीमध्ये पनि ‘स्टार’ को भन्ने विषयमा सबैको एकमत छैन । केही चलचित्रकर्मी धेरै पारिश्रमिक लिने अर्थात महँगा कलाकारलाई स्टार मान्दछन् भने केही सबैभन्दा व्यस्त कलाकार स्टार हुन् भन्छन् । एक किसिमका चलचित्रर्मी […]

किशोरी बेचबिखन गर्न खोजेको आरोपमा दुईजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on किशोरी बेचबिखन गर्न खोजेको आरोपमा दुईजना पक्राउ.

गोरखा । १७ वर्षकी किशोरी बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका वडा नं.७ तल्लो गोहोरेका ७१ बर्षका भीमप्रसाद ढकाल र ३९ बर्षका रामवावु दूतराज ९बिक० लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खतिवडाले बताए । उनीहरुले चितवनतर्फ लैजाँदै गर्दा किशोरीलाई शंका […]

पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या रहस्यमय

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या रहस्यमय.

ललितपुर । पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । ललितपुर महानगरपालिका वडा नं.२ सानेपामा रहेको आफ्नै घरमा घाइते अवस्थामा भेटिएकी कार्कीको उपचारका क्रममा  मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको हो । उनको घरमा काम गर्ने विजय चौधरी भने मृत अवस्थामा भेटिएका प्रहरीले जानकारी दिएको छ । चौधरीले आत्महत्या गरेको हुन सक्ने […]

स्पानिस ला लिगा : रियल मड्रिड र बार्सिलोना विजयी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on स्पानिस ला लिगा : रियल मड्रिड र बार्सिलोना विजयी.

 स्पानिस ला लिगाको उपाधि होडमा रहेका २ क्लब रियल मड्रिड र बार्सिलोनाले पुनरागमन जित हात पारेका छन् । आइतबार राति भएको पहिलो खेलमा लिग लिडर रियलले ओसासुनालाई ४–१ ले पारजित गर्दै बार्सिलोनासँग अंकदूरी ६ बनाएको थियो । केही घण्टापछि नै बार्सिलोनाले रियल बेटिसलाई ३–२ ले पराजित गर्दै अंकदूरी पुनः ३ मा झारेको छ । अवे […]

शिशुको शव फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शिशुको शव फेला.

काठमाडौं । कोटेश्वरमा गर्भपतन गरेर फालेको एउटा शिशुको शव फेला परेको छ। कोटेश्वरको फोहोर फाल्ने ठाउँमा पाँच/छ महिनाको शिशुको शव फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ। ‘गर्भपतन गराएर फालेको शिशुको शव भेटिएको हो,’ वृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले भने। शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। सेतोपाटी

निर्मला पन्त प्रकरणः एआइजी बस्न्यात नेतृत्व समितिको प्रतिवेदन खारेज,

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निर्मला पन्त प्रकरणः एआइजी बस्न्यात नेतृत्व समितिको प्रतिवेदन खारेज,.

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन खारेज भएको छ । प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेर बुझाइएको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गरेको हो । प्रहरी प्रधान कार्यालयले गठन गरेको अर्को छानबिन समितिले बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन त्रुटिपूर्ण ठहर गरेपछि बस्न्यात नेतृत्वको टोलीको प्रतिवेदन खारेज […]

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गयो.

सिरहा । सिराहाको नरहा गाउँपालिका वडा नं.५ मा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आज बिहान साढे ५ बजे ना४ख ९२४१ नम्बरको बसले लु१६प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मृत्यु हुनेमा सिराहा नगरपालिका वडा नं.३ रमौलका २९ वर्षीय अमन मण्डल र ४५ वर्षीय शैलेन्द्रकुमार मण्डल छन्। अमनको उपचारको क्रममा विराटनगरस्थित […]

ओस्कार २०२०ः कोरियन फिल्म ‘प्यारासाइट’लाई उत्कृष्ट फिल्मको उपाधि

Published: in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on ओस्कार २०२०ः कोरियन फिल्म ‘प्यारासाइट’लाई उत्कृष्ट फिल्मको उपाधि.

एजेन्सी । यो वर्षको ओस्करमा, कोरियन फिल्म ‘प्यारासाइट’ उत्कृष्ट फिल्म बनेको छ । विदेशी भाषाको फिल्म विधामा पनि मनोनय रहेको प्यारासाइटले उक्त विधाको पुरस्कार पनि जितेको थियो । विदेशी कथानक फिल्मको विधामा मनोनयन भएर उत्कृष्ट फिल्म विधामा छनोट हुने प्यारासाइट ११ औँ फिल्म हो । तर यस अघिका १० फिल्मले हासिल गर्न नसकेको सफलता हात […]

ठूलो परिमाणको लागु औषधसहित युवक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ठूलो परिमाणको लागु औषधसहित युवक पक्राउ.

सप्तरी । भारतबाट नेपालतर्फ भित्र्याउदै गरेको ठूलो परिमाणको लागु औषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन्। सप्तरीको खडक नगरपालिका वडा नंं.५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका वडा नं.५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। परीक्षण गर्ने क्रममा प्रहरी टोलीले उनको साथबाट २८८ वटा नाइट्रोभेट ट्याब्लेट, ११ […]