Sajhamanch Archive

बुबाआमा रोलमोडल बन्ने कि बोझ ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स, समाज by . Leave a Comment on बुबाआमा रोलमोडल बन्ने कि बोझ ?.

कोही आमाबुवा यस्ता हुँदैनन्, जो आफ्ना छोराछोरी खराब भएको वा बिग्रिएको देख्न चाहँदैनन् । हरेक आमाबुवा आफ्ना छोराछोरीको उज्वल भविष्य चाहन्छन् । छोराछोरी अनुशासित, आज्ञाकारी भएको देख्न चाहन्छन् । शिक्षित र सभ्य भएको देख्न चाहन्छन् । धनी एवं शक्तिशाली भएको देख्न चाहन्छन् । तर, आमाबुवाले यस्तो कामना गर्दागर्दैपनि कतिपय छोराछोरी खराब संगतमा लाग्छन् । कोही […]

कांग्रेसको बैठकमा कानुन व्यवसायी पनि सहभागी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसको बैठकमा कानुन व्यवसायी पनि सहभागी.

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक सुरु भएको छ। गच्छदारमाथि मुद्दा दायर भएपछि राजनीतिक रुपमा कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। अहिले देउवा निवास बुढानिलन्ठमा जारी बैठकमा कानुन व्यवसायी पनि संलग्न गरेका छन्। ललिता निवासको जग्गा किनबेचमा […]

टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु.

काठमाडौं । काठमाडौंको कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । बुधबार राति टिप्परले ठक्कर दिँदा घाइते भएका रौतहट कटहरिया नगरपालिका वडा नं.४ का १९ वर्षीय राकेशकुमार चौधरी र २४ वर्षीय मुन्ना चौधरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ । प्रदेश २ ०३००४ प ५५० नम्बरको […]

सिम्रिकको ब्याग पाएपछि शुक्रराजका विद्यार्थी दंग

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सिम्रिकको ब्याग पाएपछि शुक्रराजका विद्यार्थी दंग.

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड नगरपालिका वडा नंं.८ मा अवस्थित शुक्रराज आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । उक्त विद्यालयमा अध्ययन गर्ने १४७ जना विद्यार्थीहरुलाई सिम्रिक साकोसले सामाजिक उत्तरदायित्व अन्र्तगत आज एक कार्यक्रमकाबीच स्कूल ब्याग प्रदान गरेको हो । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा भएको […]

सिम्रिकद्वारा सदस्यलाई कृषि तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिकद्वारा सदस्यलाई कृषि तालिम.

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले टाघनडुब्बामा एकदिने धान,मकै र लहरे तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ । संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा टाघनडुब्बा सेवाकेन्द्रमा आयोजित तालिमको अध्यक्षता शिक्षा तथा तालिम उपसमितिका संयोजक एवम् संस्थाका सचिव सुवास भट्टराईले गरेका थिए । उक्त तालिमको सहजीकरण जिल्ला कृषि कार्यालयका […]

कोरोनाले हङकङमा एकजनाको ज्यान लियो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले हङकङमा एकजनाको ज्यान लियो.

हङकङ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन् । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनी १३ औं व्यक्ति थिए । उपचाररत ती व्यक्तिको स्वास्थ्य अवस्था बिग्रिएसँगै […]

गोरुलाई उद्दार गर्न गएकी महिलाको जलेर मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गोरुलाई उद्दार गर्न गएकी महिलाको जलेर मृत्यु.

जुम्ला । गोठमा आगो लागेपछि गोरुलाई उद्दार गर्न जाँदा जुम्लाका कनकासुन्दरी गाउँपालिका वडा नं. २ की भेटेनी ऐडीको मृत्यु भएको छ। मालिका बोताकी ऐडीको एकतले गोठमा सोमबार बेलुकी १० बजेतिर आगो लागेको थियो। गोठमा आगो लागेपछि ऐडी त्यहाँ रहेका पशुपन्छीलाई उद्दार गर्न गएकी थिइन्। तर आगोमा परी उनको पनि त्यहीँ निधन भएको हो। आगलागीबाट एक […]

‘सम्हालिन्छ कहिले मन’ को प्रदर्शन मिति घोषणा

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘सम्हालिन्छ कहिले मन’ को प्रदर्शन मिति घोषणा.

सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को प्रदर्शन मिति घोषणा गरिएको छ । बेलायतमा छायांकन गरिएको फिल्म अर्को वर्षको भदौ ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा फिल्म प्रदर्शनमा हुन लागेको हो । अमित बस्नेतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् । […]

भिरबाट लडेर ताप्लेजुङमा एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भिरबाट लडेर ताप्लेजुङमा एक जनाको ज्यान गयो.

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका वडा नं.२ माङजाबुङ बस्ने २६ बर्षीय उदय लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ । सोमवार दिउँसो घरबाट खर काट्न भनी हिडेका लिम्बु बेलुका सम्म घर फर्केर नआएपछी खोजि गर्दा कोलडाँडा भिरबाट लडी घाईते अवस्थामा फेला परेका थिए । घाईते लिम्बुलाई घर ल्याईएकोमा राती १२ बजे मृत्यु भएको थियो । […]

‘म हुँ र म गर्न सक्छु’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ‘म हुँ र म गर्न सक्छु’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै.

काठमाडौं । आज विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाइँदै छ । ‘म हुँ र म गर्न सक्छु’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।समयमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आएको छ […]