Sajhamanch Archive

पेट्रोल छर्केर औषधी पसलमा आगजनी

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पेट्रोल छर्केर औषधी पसलमा आगजनी.

जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पताल अगाडिको एक औषधी पसलमा आगजनी भएको छ । कल्याण औषधी पसलमा आगजनी भएको हो । पसलको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको देखिएको प्रहरीको भनाइ छ । आगो कसले र किन लगाएको हो ? भन्ने विषयमा खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबर

फ्यानलाई दुर्व्यवहार गरेका सलमानलाई प्रतिबन्ध लगाउन माग

Published: (Updated: ) in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on फ्यानलाई दुर्व्यवहार गरेका सलमानलाई प्रतिबन्ध लगाउन माग.

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानलाई गोवामा प्रतिबन्ध लगाउन माग गरिएको छ । अभिनेता सलमान खानले गोवा एयरपोर्टमा सेल्फी खिच्नेक्रममा फ्यानको फोन खोसेको भिडियो सार्वजनिक भएपछि उनको विरोध गरिएको हो । उनले गत मंगलबार एयरपोर्टबाट निस्किने क्रममा सेल्फी खिच्दै गरेका एक फ्यानको मोबाइल खोसेका थिए । उक्त भिडियोको विरोधमा काँग्रेसनिकट भारतीय विद्यार्थी संघले सलमानलाई गोवामा […]

मोटरसाइकल र भ्यान ठोक्किँदा एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाइकल र भ्यान ठोक्किँदा एक जनाको ज्यान गयो.

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका वडा नं.१० मा बिहीबार राति मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । राति सवा ९ बजे लु३८प ४५५४ नम्बरको मोटरसाइकल र लु१ज ३०९० नम्बरको भ्यान आपसमा ठोक्किएका थिए । दुर्घटनामा रुपन्देहीको केरवानी–२ का ३६ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका […]

अस्ट्रेलियाको राजधानी क्यानबेरामा आपतकाल घोषणा

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on अस्ट्रेलियाको राजधानी क्यानबेरामा आपतकाल घोषणा.

एजेन्सी । अस्ट्रेलियाको राजधानी क्यानबेरामा आपत्कालीन अवस्था घोषणा गरिएको छ । गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि आपत्कालीन अवस्था घोषणा गरिएको हो । क्यानबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले जनाएका छन् । सिड्नी र मेलबर्नको बीचमा पर्ने यो क्षेत्रमा ४ लाख मानिसको बसोबास रहेको छ । गएको सेप्टेम्बरयता […]

टिप्परले ठक्कर दिँदा महिलाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिप्परले ठक्कर दिँदा महिलाको ज्यान गयो.

गोरखा । गोरखामा टिप्परको ठक्करबाट एक जना महिलाको ज्यान गएको छ । गोरखा नगरपालिका वडा नंं.१० छेवेटारमा रहेका गोरखकाली क्रसर उद्योग परिसरमा त्यही क्रसरको टिप्परले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया मनमाया तामाङको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खड्काले जानकारी दिए । बिहान दुध बेच्न हिँडेकी महिलालाई टिप्परले ठक्कर दिएको र महिला लडेपछि टिप्पर […]

शिक्षक मृत अवस्थामा फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शिक्षक मृत अवस्थामा फेला.

खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी घर भएका शिक्षक ३४ बर्षीय सहदेव राई मृत अवस्थामा फेला परेका छन । मझुवागढी घर भई हाल ऐसेलुखर्क नगरपालिका वडा नं.५ स्थित शिशु माध्यमीक विद्यालय महेश्वरीमा कार्यरत शिक्षक सहदेव राई सोही स्थानमा बस्ने युवराज राईको घरमा कोठा लिई बस्दै आएका थिए । आज बिहान ९ बजेसम्म नउठेकाले सोही विद्यालयका […]

ट्रक दुर्घटनामा घाईते सिमखडाको अटो दुर्घटनामा परी ज्यान गयो

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रक दुर्घटनामा घाईते सिमखडाको अटो दुर्घटनामा परी ज्यान गयो.

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका वडा नं.२ मयुम बस्ने ६० वर्षीया बाटुली सिमखडाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान करिब १० बजे चैनपुरभित्र कच्चीबाटोमा नुनढाकीबाट ईटहरीतर्फ आउदै गरेको को १ ख ४२८२ नम्बरको ट्रकले पैदल यात्री बाटुली सिमखडालाई ठक्कर दिँदा उनी घाईते भएकी थिइन् । घाईतेलाई को २ ह ५४१४ नम्बरको अटोमा उपचारका […]

गाँजा र अफिमसहित दुईजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on गाँजा र अफिमसहित दुईजना पक्राउ.

चितवन । मकवानपुरमा प्रहरीले पिकअप गाडीमा गाँजा र अफिम ओसारपसार गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका वडा नं.१९ नेवारपानीबाट हेटौडातर्फ जाँदै गरेको बा ३ च ५९९७ नम्वरको पिकअप भ्यान चेकजाँच गर्ने क्रममा ६३ किलो गाँजा र तीनसय ग्राम अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । मकवानपुरका प्रहरी […]

पाँचौ पटक बाँधियो पूजा र आकाशको जोडी

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on पाँचौ पटक बाँधियो पूजा र आकाशको जोडी.

‘रामकहानी’ पछि अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले लगातार फिल्म गरिरहेका छन् । यस वर्षको कात्तिकमा यी दुई अभिनीत फिल्म ‘पोइ पर्‍यो काले’ प्रदर्शनमा आएको थियो । उनीहरुको नयाँ दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’ अर्को वर्ष प्रदर्शनमा आउने सम्भावना छ । योसँगै ‘पुआ’ जोडीलाई फेरि एकपटक दर्शकले पर्दामा हेर्न पाउने भएका […]

गैंडाको खागसहित दुई जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गैंडाको खागसहित दुई जना पक्राउ.

काठमाडौं । प्रहरीले गैंडाको खागसहित दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा खब खत्री र दिनेश थापा रहेका छन् । पक्राउ परेका खत्री काठमाडौं महानगरपालिका वडा नंं.८ चावहिलका हुन् भने थापा बाजुराको बुढीगंगा नगरपालिका वडा नं.६ का हुन् । २५ लाखमा गैंडाको खाग खरिदबिक्री हुन लागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ […]