Sajhamanch Archive

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ देखि

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ देखि.

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा कानूनी सहायता सम्बन्धी कार्यविधि २०७६ र विपद् जोखिम बीमा सम्बन्धी कार्यविधि २०७६ स्वीकृत गरेको कर्णाली प्रदेश सरकारका […]

भारतको गणतन्त्र दिवसमा नेपाललाई एम्बुलेन्स र बस हस्तान्तरण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतको गणतन्त्र दिवसमा नेपाललाई एम्बुलेन्स र बस हस्तान्तरण.

काठमाडौं । भारतको ७१औँ गणतन्त्र दिवसका अवसरमा आज भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स तथा ६ वटा स्कूल बस प्रदान गरेको छ । भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो । दूतावासले अर्जुनधारा नगरपालिकाको शनिश्चरे माविसहित विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा स्कूल बससमेत हस्तान्तरण […]

किन भयो रणवीरको ड्रेसको ट्रोल ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on किन भयो रणवीरको ड्रेसको ट्रोल ?.

एजेन्सी । बलिउड नायक रणवीर सिंह आफ्नो अभिनयका कारण जती चर्चामा रहन्छन्, त्यती नै चर्चा उनको पहिरनका कारणले पनि हुन्छ । रणवीरले लगाउने पहिरन धेरैका लागि अचम्मलाग्दो पनि हुन्छ । किनकी, उनी अन्य बलिउड नायकले लगाउने भन्दा निकै नै भिन्न पहिरन लगाउन रुचाउँछन् । रणवीरले सामाजिक संजालमा कालो सर्ट, मल्टिकलर ट्राउजर्स र चश्मा लगाएको एउटा […]

बिरामी बोक्ने एम्बुलेन्समा लागुऔषध ओसारपसार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिरामी बोक्ने एम्बुलेन्समा लागुऔषध ओसारपसार.

हेटौँडा । पछिल्लो समय मकवानपुरबाट भारततर्फ लागुऔषध निकासी हुने क्रम बढेको छ । त्यसमा पनि भारतीय नम्बर प्लेटका सवारीसाधनमा बढी ओसारपसार हुने गरेको छ । तर तराईका जिल्लाका एम्बुलेन्समा समेत गाँजा ओसारपसार गरिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा लैजाँदै गरेको एम्बुलेन्स नियन्त्रणमा लिएपछि यस्तो जानकारी बाहिर आएको हो । प्रहरीले एम्बुलेन्समा गाँजा […]

सापकोटाविरुद्धको मुद्दा फुयाँलले हेर्न नमिल्ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सापकोटाविरुद्धको मुद्दा फुयाँलले हेर्न नमिल्ने.

काठमाण्डौ । सभामुखका उम्मेदवार अग्नि सापकोटालाई पक्राउ गर्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ नहुने भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटको सुनुवाइका लागि न्यायाधीश हरि फुयाँलको इजलासमा परेकोमा उनले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ आज नहुने भएको हो । न्यायाधीश हुनुअघि फुयाँलले नै सापकोटाको मुद्दामा पक्षबाट बहस […]

मदन र सरानाको ‘पानी छायाँ’

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on मदन र सरानाको ‘पानी छायाँ’.

हाँस्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र उनकी छोरी सराना श्रेष्ठले पहिलो पटक एउटा गीतमा आवाज भरेका छन् । मदनकृष्ण र सरानाको आवाजमा समावेश ‘पानी छायाँ’ बोलको गीतको भिडियो काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । यो गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत छ । मदन र सरानासँगै कलाकार हरिवंश आचार्य, केदार […]

आँखामा खुर्सानीको धुलो छर्केर रकम लुटियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आँखामा खुर्सानीको धुलो छर्केर रकम लुटियो.

काठमाडौं । काठमाडौंको बालाजुमा आँखामा खुर्सानीको धुलो छर्केर ४८ लाख रकम लुटिएको छ । ६ जनाको समूहले जमिनको बैनावापतको रकम बोकेर गएका बच्चुराम गुरुङको आँखामा खुर्सानीको धुलो छर्किएर ४८ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । गुरुङ नेपाली सेनाका अवकाशप्राप्त सुवेदारसमेत हुन् ।महानगरीय अपराध महाशाखाकाको टोलीले लुटपाटमा संलग्न ६ जनालाई नै शनिबार साँझ पक्राउ गरेको […]

भ्यालेन्सियासँग बार्सिलोना स्तब्ध

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on भ्यालेन्सियासँग बार्सिलोना स्तब्ध.

एजेन्सी । लिग लिडर बार्सिलोनाले यस सिजन स्पानिस ला लिगामा चौथो हार व्यहोरेको छ । शनिबार भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको हो ।गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले पेनाल्टी बचाए पनि बार्सिलोना २–० ले पराजित भयो । भ्यालेन्सियाका लागि दुवै गोलमा म्याक्सी गोमेज सामेल भए । म्याक्सीले एक गोल गरे भने उनकै प्रहारमा एक आत्मघाती […]

सभामुख चयनका लागि प्रतिनिधि सभाको बैठक बस्दै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सभामुख चयनका लागि प्रतिनिधि सभाको बैठक बस्दै.

काठमाण्डौ । प्रतिनिधि सभाको नयाँ सभामुख चयनका लागि आज बैठक बस्दै छ । दिउँसो ३ बजेपछि बोलाइएको प्रतिनिधि सभाको बैठकले सभामुख चयनको औपचारिकता पूरा गर्ने संसद् सचिवालयले जनाएको छ । सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्र उम्मेदवारी परेकाले उनी सभामुख बन्ने निश्चित जस्तै छ । आजको बैठकले प्रक्रिया पूरा गरी उनलाई सभामुखमा निर्विरोध चयन भएको घोषणा […]

झापाबाट काठमाण्डौ गइरहेको माइक्रोबस सिन्धुलीमा दुर्घटना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापाबाट काठमाण्डौ गइरहेको माइक्रोबस सिन्धुलीमा दुर्घटना.

सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ मा माईक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । झापाबाट काठमाण्डौ आउँदै गरेको बा ४ ख ६९६ नम्बरको माईक्रो बस सडकबाट तल खस्दा काठमाण्डौ महानगरपालिका वडा नं. ११ का मोहन महर्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा घाइते भएका १० […]