Sajhamanch Archive

मारिउपोलमा ४०० जनाले आश्रय लिएको विद्यालयमा रुसी हमला

Published: in विश्व समाचार, by . Leave a Comment on मारिउपोलमा ४०० जनाले आश्रय लिएको विद्यालयमा रुसी हमला.

एजेन्सी, रुसी फौजले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा रहेको एउटा कला विद्यालयमा बमबारी गरेको छ । विद्यालयमा ४०० जनाले आश्रय लिएका थिए । हमलापछि भएको मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन । भवन क्षतिग्रस्त भएको र भग्नावशेषमा मानिसहरू पुरिएको जनाइएको छ । यसअघि दक्षिणी सहर माइकोलिभ सहरमा रुसी फौजले युक्रेनको एउटा सैन्य ब्यारेकमा गरेको हमलामा दर्जनौँ […]

भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु

Published: in विश्व समाचार, by . Leave a Comment on भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु.

एजेन्सी, भारतको बिहारस्थित मधेपुरा जिल्लाको मुरलीगञ्ज थाना क्षेत्र र भागलपुरको विश्वविद्यालय थाना क्षेत्रअन्तर्गत साहेबगञ्जमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधेपुरामा लोजपाका ब्लक अध्यक्ष नीरज निशान्त पनि रहेको बताइएको छ । मृत्यु अन्य व्यक्तिमा डिग्धी गाउँपालिकाका पुरकी सिंह, नीरज निशान्त र सञ्जीवकुमार रमानी रहेका छन् । यसबाहेक मुरलीगञ्जको मुख्य बजारमा […]

दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारीपछि कर्फ्यू घोषणा

Published: (Updated: ) in विश्व समाचार, by . Leave a Comment on दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारीपछि कर्फ्यू घोषणा.

एजेन्सी, दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् । गोलाबारीपछि जापोरिज्जियामा ३८ घण्टा कर्फ्यू घोषणा गरिएको छ । सो क्षेत्रमा मोटार्स, ट्यांक, हेलिकोप्टर, रकेटमार्फत रुसी सेनाले हमला गरेको प्राप्त विवरणहरूमा जनाइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिलम्ब नगरी अर्थपूर्ण […]

अमेरिकाको राज्य संसदबाट पारित भयो दसैं विधेयक

Published: in विश्व समाचार, by . Leave a Comment on अमेरिकाको राज्य संसदबाट पारित भयो दसैं विधेयक.

काठमाडौं, अमेरिकाको मेरिल्याण्ड राज्य विधानसभा सांसद डा. ह्यारी भण्डारीको पहलमा त्यहाँ दसैं विधेयक पारित भएको छ। सो विधेयकको प्रस्तावनामा लेखिएको छ नेपालमा उत्पति भएको दसैं असत्यमाथि सत्यको जीतको खुसीयालीमा मनाइने एक सांस्कृतिक चाड हो। यो विधेयक अमेरिकाकै सबैभन्दा पुरानो राज्य संसद् मेरिल्याण्डको ४४४ औं संसद् अधिवेशनमा प्रस्तुत भएको थियो। संसद्मा नेपालीमा लेखिएको विधेयक प्रस्तुत गर्नु […]

पोल्यान्डकी सुन्दरी बनिन २०२१ को मिस वर्ल्ड

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, विश्व समाचार, by . Leave a Comment on पोल्यान्डकी सुन्दरी बनिन २०२१ को मिस वर्ल्ड.

एजेन्सी, मिस वर्ल्ड २०२१ को उपाधि पोल्यान्डकी सुन्दरीले जितेकी छन्। नेपाली समयानुसार बिहीबार बिहान पुएर्टो रिकोस्थित सान जुआनमा भएको प्रतिस्पर्धामा पोल्यान्डकी कारोलिना बिएलावस्का मिस वर्ल्डको उपाधि लिन सफल भएकी हुन्। अमेरिका, मेक्सिको, उत्तरी आयरल्यान्ड र आइभरी कोस्टका प्रतिस्पर्धीलाई पछि पार्दै कारोलिनाले उपाधि जितेकी हुन्। कोरोलिनालाई सन् २०१९ की मिस वर्ल्ड टोली–एन सिंहले मिस वर्ल्डको ताज […]

युक्रेनलाई सयभन्दा धेरै घातक ड्रोन प्रदान गर्दै अमेरिका

Published: in विश्व समाचार, by . Leave a Comment on युक्रेनलाई सयभन्दा धेरै घातक ड्रोन प्रदान गर्दै अमेरिका.

एजेन्सी, अमेरिकाले युक्रेनलाई १ सयभन्दा धेरै घातक ड्रोन सहयोग गर्ने भएको छ। रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको प्रतिकारको लागि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने घोषणा गरेको हो। बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेको सैन्य सहयोगअन्तर्गत युक्रेनलाई स्विचब्लेड ३०० मोडलको ड्रोन उपलब्ध गराउन लागिएको हो। अमेरिकी समाचार एजेन्सी एपीले दिएको जानकारीअनुसार निश्चित विन्दुमा निशाना लगाएर प्रहार गर्नको […]

कच्चा तेलको मूल्यमा भारी गिरावट, एक सातामै ३०%ले घट्यो

Published: in अर्थतन्त्र, विश्व समाचार, by . Leave a Comment on कच्चा तेलको मूल्यमा भारी गिरावट, एक सातामै ३०%ले घट्यो.

एजेन्सी, विश्व बजारमा कच्चा तेलको मूल्यमा बितेको एक साताको अवधिमा भारी गिरावट आएको छ। रुसले युक्रेनमा आक्रमण सुरु गरेयता विश्व बजारमा तेलको मूल्य नाटकीय रुपमा वृद्धि भएको थियो। एक साताको अवधिमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १३९ डलरभन्दा बढी पुगेको थियो। व्यापारीहरुले रुसी तेललाई प्रतिबन्ध लगाएका कारण तेलको मूल्य प्रतिब्यारेल १८५ हुँदै २०० डलरसम्म पुग्न […]

युक्रेनको राजधानी कीभ कब्जा गर्न अघि बढिरहेको रुसी सेना र युक्रेनी सेनाबीच भीषण युद्ध

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on युक्रेनको राजधानी कीभ कब्जा गर्न अघि बढिरहेको रुसी सेना र युक्रेनी सेनाबीच भीषण युद्ध.

एजेन्सी । रुसले युक्रेनको राजधानी कीभ कब्जाको लागि गरिरहेको लडाई अन्तिम चरणमा पुगेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले कीभलाई तीन तर्फबाट घेरेको छ । कीभ कब्जाका लागि अघि बढिरहेको रुसी सेनालाई युक्रेनी सेनाले हिम्मत नहारी रोक्ने प्रयास गरिरहेको छ । अहिले रुसी र युक्रेनी सेनाबीच भीषण युद्ध भइरहेको पनि संचारमाध्यमहरुले जनाएका छन् । […]

तीन लाख युक्रेनी नागरिक हतियारसहित सेनालाई सघाउँदै

Published: in विश्व समाचार by . Leave a Comment on तीन लाख युक्रेनी नागरिक हतियारसहित सेनालाई सघाउँदै.

किभ । रुसले आक्रमण गरेपछि झण्डै तीन लाख जना युक्रेनी नागरिकले हतियारसहित सेनालाई सघाइरहेका छन् । युक्रेनको सेनालाई सघाउन एक लाख जना युक्रेनमै रहेका नागरिक सैन्य गतिविधिमा संलग्न रहेको र थप दुई लाख जना युक्रेनी नागरिक युरोपका विभिन्न देशबाट स्वदेश फर्केर सेनालाई सघाइरहेको बीबीसीले जनाएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण थालेपछि युक्रेनी सरकारले सेनालाई […]

सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु

Published: in विश्व समाचार, समाज by . Leave a Comment on सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु.

काठमाडौं । सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको दुई महिनापछि मृत्यु भएको छ । अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरुले ७ जनवरीमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल हुनुलाई चिकित्सा क्षेत्रकै ठूलो सफलता मानिएको थियो । अस्पतालले ८ मार्चको दिन डेभिड बेनेटको मृत्यु भएको […]