Sajhamanch Archive

नुहाउने बेला महिलाको पेट फाटेर आन्द्रा बाहिर निस्कियो

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on नुहाउने बेला महिलाको पेट फाटेर आन्द्रा बाहिर निस्कियो.

स्कटल्याण्डको मेक्डफ सहरमा एउटा अनौठो घटना भएको छ । ३८ वर्षकी मेल ब्रेमनर नामकी महिलाले बाथरुमभित्र नुहाइरहेको बेला उनको पेट फाटेर आन्द्रा बाहिर निस्किएको छ । ती महिला सुत्केरी भएको ५ दिन मात्र भएको थियो । बाथरुम भित्र नुहाइरहेको बेला भुइँमा रहेको स्याम्पु समाउनका लागि उनी जब निहुरिइन् तब अकस्मात उनको पेट च्यातियो र आन्द्रा […]

काजकस्तानमा १०० जना सवार विमान दुर्घटना, कम्तीमा ९ को मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on काजकस्तानमा १०० जना सवार विमान दुर्घटना, कम्तीमा ९ को मृत्यु.

काठमाडौं । काजकस्तानमा १०० जना सवार विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ । अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परेर नौ जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने अहिलेसम्म यकिन […]

अफगानिस्तानमा शान्ति समूहका २७ जना तालिवान विद्रोहीको अपहरणमा

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा शान्ति समूहका २७ जना तालिवान विद्रोहीको अपहरणमा.

काठमाडौं । अफगानिस्तानका स्थानीय अधिकारी र अधिकारकर्मीहरूले एउटा शान्ति समूहका २७ जना सदस्य तालिवानको अपहरणमा परेको बताएका छन् । पिपल्स पिस मुभमेन्ट ९पीपीएम० को र्‍याली पश्चिमी अफगानिस्तान पुगेका बेला उसका सदस्य सम्पर्कविहीन भएका हुन् । तालिवानले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन । पीपीएमले युद्धविरामको माग गर्दै दुई साताअघि हेरात प्रान्तबाट आफ्नो र्‍याली सुरु गरेको थियो […]

हङकङ प्रहरीद्वारा आन्दोलनकारीमाथि थप कडाइ, पेट्रोल बम प्रहार

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on हङकङ प्रहरीद्वारा आन्दोलनकारीमाथि थप कडाइ, पेट्रोल बम प्रहार.

काठमाडौं । ६ महिनादेखि जारी सरकार विरोध प्रर्दशन नरोकिएपछि हङकङ प्रहरीले आन्दोलनकारीमाथि थप कडाइ गर्न थालेको छ । प्रजातन्त्रको समर्थकहरुले जारी राखेको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्दा पछिल्लो ६ महिनामा दर्जनौं घाइते भएका छन् । क्रिकमसको पूर्वसन्ध्यामा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । अन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी पेट्रोल बम प्रंहार […]

सातमहिने बालक कसरी बन्यो सहरको मेयर?

Published: in लोकप्रिय, विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on सातमहिने बालक कसरी बन्यो सहरको मेयर?.

हामीकहाँ मेयर बन्नका लागि चुनावमा कस्तो रस्साकस्सी हुन्छ भन्ने कुरा देखिएकै छ । तर अमेरिकाको ह्वाइटहल सहरमा भने एकजना ७ महिनाको बच्चालाई मेयर बनाइएको छ । विलियम चार्ल्स म्याकमिलन उर्फ चार्ली नामको बच्चा उक्त सहरको मेयर बनेको हो । योसँगै चार्ली विश्वकै सबैभन्दा कम उमेरको मेयर बन्न सफल भएको छ । गतहप्ता ह्वाइटहल सामुदायिक केन्द्रमा […]

अमेरिकी विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत वर्खास्त

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिकी विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत वर्खास्त.

काठमाडौं । अमेरिकी विमान निर्माता कम्पनी बोइङ प्रमुख कार्यकारी अधिकृत डेनिस मुलेनवर्गलाई वर्खास्त गरेको छ । बोइङको बोर्डले मुलेनवर्गलई पदबाट हटाउने निर्णय गरेको हो । केही दिनअघि मात्र आफ्ना उत्पादन तत्कालका लागि बन्द गर्ने निर्णय गरेको कम्पनीले प्रमुख कार्यकारी अधिकृतसमेत हटाएको छ । पाँच महिनाको अन्तरालमा इन्डोनेसिया र इथियोपियामा दुई वटा बोइङ दुर्घटनाग्रस्त भएपछि विमानको […]

२० औं पटक गर्भवती महिलाले उखुबारीमा जन्माइन् सत्रौं बच्चा

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on २० औं पटक गर्भवती महिलाले उखुबारीमा जन्माइन् सत्रौं बच्चा.

दुनियाँमा कहिलेकाहीँ निकै दर्दनाक घटनाहरू हुन्छन् । भारतको कर्नाटकमा हालै एकजना महिलाले उखुबारीमा आफ्नो १७ औं सन्तानलाई जन्म दिइन् । तर विडम्बना त्यो नवजात शिशु जीवित रहन सकेन । बीसौं पटक गर्भवती भएकी ती महिलाले जन्माएको उक्त सत्रौं सन्तानको जन्मिनेबित्तिकै मृत्यु भएको थियो । समाचार अनुसार ती महिलाको नाम लंकाबाई हो । कर्नाटक राज्यको बिड […]

भारतमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु, प्रहरी र प्रदर्शनकारी घाइते

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on भारतमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु, प्रहरी र प्रदर्शनकारी घाइते.

काठमाडौं । भारतमा विवादास्पद नागरिकता संशोधनसम्बन्धी कानुनविरुद्ध भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशका अधिकांश विभिन्न जिल्लामा भड्किएको हिंसामा उनीहरुको मृत्यु भएको हो । प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आगजनी गरेका छन् । उनीहरुले सवारी साधनमा आगजनी गर्नुका साथै प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको […]

भारतमा आन्दोलन चर्कियो, थप तीनजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भारतमा आन्दोलन चर्कियो, थप तीनजनाको मृत्यु.

काठमाडौं । भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर देशभर भएको प्रदर्शनका क्रममा बिहीबार थप तीनजनाको मृत्यु भएको छ । योसँगै नागरिकता कानुन संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । प्रदर्शनका कारण राजधानी नयाँदिल्लीमा मात्र २० ओटाभन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको थियो । पहिलोपटक मोबाइल सेवा अवरुद्ध पारिएको छ । सयौं व्यक्तिलाई […]

नागरिकता कानुनको विरोधमा भारतभर प्रदर्शन

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on नागरिकता कानुनको विरोधमा भारतभर प्रदर्शन.

नागरिकता संशोधन विधेयक (सीएए) को विरोधमा भारतको विभिन्न राज्यमा विरोध प्रदर्शन भइरहेको छ । तर दिल्ली, उत्तर प्रदेश र कर्नाटकमा स्थानीय प्रशासनले प्रदर्शनकारीहरु जम्मा हुने भनिएको ठाउँमा धारा १४४ लगाएको छ । यद्यपि दिल्लीमा भने धारा १४४ लगाइए पनि ठूलो संख्यामा प्रदर्शनकारीहरु लाल किल्लामा जम्मा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँ उपस्थित बीबीसीका संवाददाता […]