Sajhamanch Archive

‘दबंग ३’ बाट हटाइयो विवादित दृश्य

Published: (Updated: ) in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on ‘दबंग ३’ बाट हटाइयो विवादित दृश्य.

दबंग ३ को शीर्ष गीतका केही दृश्यले हिन्दु धर्मको भावना ठेस पुर्‍याएको भन्दै आपत्ति प्रकट भएपछि निर्माण पक्षले स्वेक्षिकरूपमा गीतबाट ती दृश्यहरू हटाएको छ। गीतको एक दृश्यमा साधुको भेषमा कलाकारहरूलाई नाच्दै गरेको देखाइएपछि ती समूहहरूले आपत्ति जनाएका थिए। सलमानको आधिकारिक ट्विटरबाट गीतबाट ती दृश्यहरू हटाइएको जानकारी दिइएको छ। गीत रिलिज भएपछि नोभेम्बर २९ मा महाराष्ट्र […]

अन्टार्कटिकामा भेटियो सबैभन्दा गहिरो ठाउँ

Published: in लोकप्रिय, विविधा, विश्व समाचार by . Leave a Comment on अन्टार्कटिकामा भेटियो सबैभन्दा गहिरो ठाउँ.

जमिनमा रहेको सबैभन्दा गहिरो भाग पत्ता लागेको छ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूको एक समूहले अन्टार्कटिकाको डेनमान हिमनदी क्षेत्रमा जमिनको सबैभन्दा गहिरो भाग फेला पारेको हो । उक्त होचो भागको गहिराइ समुद्री सतहबाट साढे ३ किलोमिटर अर्थात् ११ हजार ५ सय फिट रहेको छ । शोधकर्ताहरूका अनुसार, अन्टार्कटिकामा योबोहक अन्य धेरै रहस्यमय चिजहरू रहेका छन् […]

बार्सिलोना र रियाल मड्रिडले बराबरी खेले

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on बार्सिलोना र रियाल मड्रिडले बराबरी खेले.

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोना र रियाल मड्रिडले गोलरहित बराबरी खेलेका छन् । बार्सिलोनाको मैदान नुओ क्याम्पमा गएराती भएको ‘एल क्लासीको’ बराबरीमा सकिएको हो । दुबै टोलीले एक एक अंक बाँडेपछि अंक तालिकामा साविक विजेता बार्सिलोना शीर्ष स्थानमा यथावत छ । गोल अन्तरका आधारमा रियाल मड्रिड दोस्रो स्थानमा छ । दुवै क्लबले १७ खेलबाट […]

गुफाभित्र भेटियो ४४ हजार वर्ष पुरानो पेन्टिङ

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on गुफाभित्र भेटियो ४४ हजार वर्ष पुरानो पेन्टिङ.

इण्डोनेसियाको सुलावेसी प्रान्तस्थित एक गुफाभित्र विश्वको सबैभन्दा पुरानो भित्तेचित्र फेला परेको छ । गुफाभित्रको भित्तामा कोरिएको उक्त चित्र साढे ४ मिटर चौडा रहेको छ । सिङ भएको एउटा जनावर र त्यसलाई खेदिरहेको एउटा सिकारीको उक्त चित्र ४४ हजार वर्ष पहिले बनाइएको निष्कर्ष वैज्ञानिकहरूले निकालेका छन् । बुधबार विश्व चर्चित नेचर पत्रिकामा यस भित्तेचित्रसम्बन्धी विशेष शोधपत्र […]

सिरियामा हवाइ आक्रमण, २२ जनाको मृत्यु, दर्जनौं घाइते

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on सिरियामा हवाइ आक्रमण, २२ जनाको मृत्यु, दर्जनौं घाइते.

सिरियामा भएको हवाइ हमलामा २२ जनाको मृत्यु भएको छ । इडलिब सहरमा रुसी समर्थक सरकारी सेनाले उत्तर पश्चिम सिरियाको विद्रोहीको अधिनमा रहेको सहरमा आक्रमण गरेको समाचारमा जनाइएको छ । सेनाले गरेको हवाइ हमलामा केही बालबालिकाको पनि मृत्यु भएको छ । सेनाले विद्रोहीमाथि कारवाही गर्न गरिएको भनिएको हमलाका कारण इरेली प्रान्तको मारो अल नुमान जिल्लाका दर्जनौ […]

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई अदालतले सुनायो मृत्युदण्डको सजाय

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई अदालतले सुनायो मृत्युदण्डको सजाय.

झापा । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ । लाहौर हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले आज यस्तो फैसला सुनााएको पाकिस्तानका सञ्चारमाध्यमहरुमा उल्लेख छ । मुशर्रफ हाल पाकिस्तानमा छैनन् । दुबईमा उनको उपचार भइरहेको छ । केही दिनअघि उनले एक भिडियो जारी गर्दै छानविन आयोगलाई आफू कहाँ आउन र आफ्नो अवस्था हेर्न […]

पपुआ न्यू गिनीको एउटा प्रान्त बोगेनविल अब संसारको नयाँ देश

Published: in विश्व समाचार by . Leave a Comment on पपुआ न्यू गिनीको एउटा प्रान्त बोगेनविल अब संसारको नयाँ देश.

विश्वको मानचित्रमा अर्को एउटा देश देखिने भएको छ । करिब एक दशकदेखि जारी हिंसा समाप्त हुने स्थितीमा पुगेको पपुआ न्यू गिनीको एउटा प्रान्त बोगेनविल अब देशको रुपमा घोषित हुने भएको छ । वास्तवमा बोगेनविलमा जनमत संग्रह गराइएको छ । यहाँका स्थानीयले आफ्नो स्वाधीनताका लागि भोट हालेका छन् । जनमत संग्रहमार्फत् यो द्वीपले पपुआ न्यू गिनीबाट […]

कुकुरको निधारमा पुच्छर, सेल्फी लिनेको भिड

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on कुकुरको निधारमा पुच्छर, सेल्फी लिनेको भिड.

अमेरिकाको मिसौरीमा एउटा कुकुरको निधारमा पुच्छर पलाएको छ । निधारमा पुच्छर पलाएको कुकुरको छाउरा मिसौरीको सडकमा देखिएपछि जनावर उद्धारकर्मीहरुले उक्त कुकुरलाई त्यहाँबाट उद्धार गरी संरक्षण केन्द्रमा लगेका छन् । उक्त कुकुरको नाम नरवल राखिएको छ । यसको उमेर १० महिनाको छ । छाउराको उद्धारकर्ता रोशेल स्टिफनले यसलाई जादूमयी जनावर भनेका छन् । नाकमा पुच्छर पलाएको […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा इरानमा प्रदर्शन, दुईको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा इरानमा प्रदर्शन, दुईको मृत्यु.

काठमाडौं । इरानमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको घोषणासँगै भएको बिरोध प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको छ । राजधानी तेहरानलगायत शिरजान शहरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले पेट्रोल डिपोमा आगजनी गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपकै क्रममा दुई प्रदर्शनकारीको मृत्यु भएको हो । अमेरिकाले आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा रोक लगाएपछि इरानमा आर्थिक संकट चुलिएको […]

श्रीलंकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on श्रीलंकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै.

श्रीलंकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । दक्षिण एसियाली टापुमा रहेको श्रीलंकामा जारी धार्मिक तनाव न्यूनिकरण र मन्दी रहेको अर्थतन्त्र सुधारका लागि यो निर्वाचन महत्वपूर्ण हुने अनुमान गरिएको छ । निर्वाचनका लागि पूर्व राष्ट्रपति महिन्द्रा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र सत्तारुढ संयुक्त राष्ट्रिय पार्टीका उम्मेद्वार साजिस प्रेमदास चुनावी मैदानमा मुख्य प्रतिष्पर्धीका रुपमा रहेको बीबीसीले […]