Sajhamanch Archive

ब्राजिलमा विमान सडकमा खस्यो, तीनजनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on ब्राजिलमा विमान सडकमा खस्यो, तीनजनाको मृत्यु.

रियो डे जेनेरो  । ब्राजिलको बेलो हरिजोन्ट सहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । इन्जिनमा समस्या आएपछि राजधानी सहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा सो विमान खसेको थियो । विमानले सडकमा गुडिरहेका तीनओटा […]

दर्शक, विदेशी पत्रकार, प्रत्यक्ष प्रशारण र गाेल नभएकाे गाेप्य खेल

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on दर्शक, विदेशी पत्रकार, प्रत्यक्ष प्रशारण र गाेल नभएकाे गाेप्य खेल.

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत मंगलबार २ देशबीच खेल भयो । तर यो खेल कुन समयमा भयो, कसरी भयो त्यो कसैलाई थाहा भएन, यो खेलको न त प्रत्यक्ष प्रशारण थियो, नत विदेशी पत्रकार नै उपस्थित थिए, अझ भनौँ मैदानमा एक जना पनि दर्शक उपस्थित थिएनन् । यो खेल हो दक्षिण कोरिया […]

सिरियामा युद्धविराम गर्ने अमेरिकी प्रस्ताव टर्कीद्वारा अस्वीकार

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on सिरियामा युद्धविराम गर्ने अमेरिकी प्रस्ताव टर्कीद्वारा अस्वीकार.

काठमाडौं । सिरियामा युद्धविराम गर्न अमेरिकाले राखेको प्रस्ताव टर्कीले अस्वीकार गरेको छ । टर्कीका राष्ट्रपति रेजेप एर्दोगानले उत्तरी सिरियामा युद्धविराम गर्न अस्वीकार गरेका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति एर्दोगानलाई टेलिफोनमार्फत तत्काल युद्धविराम रोक्न भनेका थिए । सिरियामा युद्ध विरामको पहल गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओ टर्की जाने […]

इथियोपियाली ४३ वर्षीय प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on इथियोपियाली ४३ वर्षीय प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार.

ओस्लो । इथियोपियाका प्रधानमन्त्री अबिया अहमदलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । नोबेल कमिटीका अनुसार प्रधानमन्त्री अहमदले इथियोपियाको छिमेकी मुलुक इरिट्रियासँग वर्षौंदेखि जारी द्वन्द्व समाधान गर्न महत्वपूर्ण योगदान गरेबापत उक्त पुरस्कार दिइएको हो । कमिटीले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री अहमदले इथियोपिया र इरिट्रियाबीच शान्ति स्थापना गर्न तथा अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रमा निर्णायक […]

जर्मनीको हेलमा गोली चल्यो, २ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on जर्मनीको हेलमा गोली चल्यो, २ जनाको मृत्यु.

जर्मनीको हेल नगरमा बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्यलाई तिब्र बनाएको छ। प्रहरीले ट्वीट गर्दै गोली चलाउने व्यक्तिहरू कारमा चढेर फरार भएका र उनीहरूको खोजी कार्य तिब्र बनाइएको जनाएको छ। हेल नगरको रेलवे स्टेसन बन्द गरिएको छ भने मानिसलाई घरबाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको […]

सेल्फी खिच्‍दा चिप्लेर चार जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on सेल्फी खिच्‍दा चिप्लेर चार जनाको मृत्यु.

काठमाडौं । भारतमा सेल्फि खिच्ने क्रमम चिप्लिएर एकै घरमा चार जनाको मृत्यु भएको छ। तमिलनाडुस्थित बाँधमा सेल्फी खिच्ने क्रममा चिप्लिएर नवदुलहीसहित चार जनाको मृत्यु भएको हो। त्यसरी मृत्यु हुनेमा नवदुलही २० वर्षीया भी निभेदा सहित परिवारका सदस्यहरु २२ वर्षिया स्नेहा,२० वर्षिया कन्निगा र १४ वर्षिय सन्तोष रहेको तामिलनाडु प्रहरीले जनाएको छ । ६ जनाको समूहले […]

सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुग्यो

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुग्यो.

काठमाडौं । चार दिनदेखि जारी सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुगेको छ । विगत चौबिस घण्टामा प्रदर्शनकारी र प्रहरीबीचको झडप बढेकाले उक्त आंकडा दोब्बर हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आन्दोलनकारीले सुरक्षाकर्मीमाथि जथाभावी आक्रमण बढेको अधिकारीहरुले दावी गरेका छन् । प्रधानमन्त्री आदेल अब्देल महदीले वार्ताबाटै समस्याको समाधान गर्न चाहेको […]

भारत–पाकिस्तान युद्ध भए साढे १२ करोड मानिसको मृत्यु हुन सक्छ !

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on भारत–पाकिस्तान युद्ध भए साढे १२ करोड मानिसको मृत्यु हुन सक्छ !.

काठमाडौं । भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा साढे १२ करोड मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ । अमेरिकामा गरिएको एक अध्ययनले दुई मुलुकबीच परमाणु युद्ध भएमा त्यसको परिणाम अन्यन्तै दुःखद् हुने जनाउँदै साढे १२ करोड मानिसको अनाहकमा ज्यान जाने उल्लेख गरेको हो । ‘यतिमात्रै होइन विश्वभरि जलवायु परिवर्तनजन्य कारणले अभावह अवस्था आउन […]

मास्क लगाए जरिवानासहित जेल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on मास्क लगाए जरिवानासहित जेल.

काठमाडौं। हङकङमा शनिबारदेखि मास्क लगाउन नपाइने भएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवानासहित जेल सजाय हुन्छ । अक्टोबर ४ को मध्यराति १२ बजेदेखि यो नियम लागू भएको हो । नियम उलंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानाका साथै १ वर्षसम्म कैद गर्न सकिनेछ । विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुत प्रदर्शनकारीहरुले हङकङमा तोडफोड जारी राखेका […]

लताको आवाजको मजाक उडाइन्थ्यो तर यो गीतले उनलाई दियो पहिचान

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on लताको आवाजको मजाक उडाइन्थ्यो तर यो गीतले उनलाई दियो पहिचान.

मधुर स्वरकी धनि तथा आवाजकी रानी लता मंगेसकर ९१ वर्षकी भइन् । उनले सांगितिक यात्राको ७० वर्षमा हजारौँ गीत पर्दा पछाडि रहेर गीत गाइन् । उनको जादुमही स्वरले करोडौँ स्रोताको मनमा बस्न सफल लताले १९७७ मा गुलजारले लेखेका गीतमा स्वर भरेकी थिइन् जुन उनको लागि मायाले भरिएको पत्र बराबरको थियो । भारत रत्न पुरस्कारबाट पुरस्कृत […]