Sajhamanch Archive

माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदिब भारतबाट पक्राउ

Published: in विश्व समाचार by . Leave a Comment on माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदिब भारतबाट पक्राउ.

माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदिब भारतबाट पक्राउ परेका छन् । उनलाई गैरकानुनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन्। माल्दिभ्सको एक अदालतले तत्कालीन राष्ट्रपति अब्दुलाह यमीनलाई सन् २०१५ मा हत्या गर्ने प्रयास गरेको भनी अदिब विरूद्ध परेको मुद्दामा सफाइ दिएपछि गत मे महिनामा माल्दिभ्सको जेलबाट रिहा भएका […]

ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचरको दाबी

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचरको दाबी.

अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनकोे को मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी गरेका छन् । अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ । गत फेबु्रअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो । साउदी अरेबियाले […]

अफगानिस्तानमा बेवारिसे बमलाई बसको ठक्कर, ३२ जनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा बेवारिसे बमलाई बसको ठक्कर, ३२ जनाको मृत्यु.

अफगानिस्तानको कान्दाहार-हिरत राजमार्गमा गुडिरहेको बसमा बम विस्फोट हुँदा कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको जनाइएको छ । बुधबार तालिवान समूहले कान्दाहर- हिरत सडक खण्डमा राखेको बम विस्फोट ३२ जनाको मृत्यु भएको र १७ जना घाइते भएको फराह प्रान्तका प्रवक्ता मुहीबुल्लाह मुहीबले जानकारी दिएका छन् । अफगानिस्तान […]

जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु.

एजेन्सी । जापानमा अत्यधिक गर्मीका कारण गएको एक सातामा ११ जनाको ज्यान गएको जापानी अधिकारीले बताएका छन् । गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भू–भागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो । गर्मीका कारण अस्पतालमा पाँच हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये एक […]

ब्राजिलको एक जेलमा कैदी बन्दीबीच झडप ५२ जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on ब्राजिलको एक जेलमा कैदी बन्दीबीच झडप ५२ जनाको ज्यान गयो.

काठमाडौं । ब्राजिलको पारा राज्यको एक जेलमा कैदी बन्दीबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । १६ जनाको शीर छेदन गरिएको छ । अधिकारीका अनुसार अल्टामिरा जेलमा करिब पाँच घण्टासम्म झडप भएको थियो । अधिकारीहरुका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएको झडप मध्याह्नमात्र नियन्त्रणमा लिइएको थियो । स्थानीय मिडियाहरुका अनुसार जेलको […]

चीन र अमेरिकाबीच पुनः वार्ता हुने

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on चीन र अमेरिकाबीच पुनः वार्ता हुने.

एजेन्सी । चीन र अमेरिकाबीच व्यापार युद्ध समाप्त गर्ने विषयमा मंगलबार पुनः वार्ता हुने भएको छ । व्यापार युद्ध समाप्त गर्न दुई महिना अगाडि भएको पहल विफल भएपछि मंगलबार फेरि दुई पक्षबीच वार्ता हुन लगोको हो । दुई देशबीच व्यापार तनावको असर व्यापारमा पनि परेको छ । चीनको प्रविधि कम्पनी हुवावेमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि दुबै […]

नाइजेरियामा २३ जनाको गोली हानी हत्या

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on नाइजेरियामा २३ जनाको गोली हानी हत्या.

एजेन्सी । नाइजेरियाको आतंकवादी संगठन बोको हरामका बन्दुकधारीहरुले बोर्नो राज्यमा २३ जनाको हत्या गरेका छन् । अन्तिम संस्कार सकेर फर्किरहेका २३ जनाको हत्या गरिएको स्थानीय नागरिक सेना ९मिलिशिया० ले बताएका छन् । ‘मैदुगुरी नजिक एक जना नातेदारको अन्तिम संस्कारमा सहभागी भएर फर्किरहेका एक पुरुषको समूहमाथि शनिबार मोटरसाइकलमा आएका आक्रमणकारीहरुले गोली चलाएका थिए’, स्थानीय मिलिशिया नेता […]

१३ बर्षे बच्चाले २ विमान आफै चलाएर चोर्ने कोसिस: सिसिटिभी भिडियो देख्दा दुनियाँ चकित

Published: (Updated: ) in विविधा, विश्व समाचार by . Leave a Comment on १३ बर्षे बच्चाले २ विमान आफै चलाएर चोर्ने कोसिस: सिसिटिभी भिडियो देख्दा दुनियाँ चकित.

एजेन्सी । जब १३ बर्षका एक किशोरले २ वटा विमान आफै चलाएर चोर्नेे प्रयास गरे । त्यसले चीनमा मात्र हैन विश्वमा नै हंगामा भएको छ । चीनको झेजियांग प्रान्तको हुझोऊ शहरमा मात्र १३ बर्षका किशोरले साना खालका विमान चोर्ने कोसिस गरे । उनी उक्त विमान उडाउन चाहान्थे । तर उनी उडान भर्न खोज्दै गर्दा पक्राउ […]

मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउन साढे २ अर्ब अमेरिकी डलर

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउन साढे २ अर्ब अमेरिकी डलर.

अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि साढे २ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने फैसला गरेको छ । योसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो राहत भएको छ । मेक्सिकोसँगको सीमाका केही क्षेत्रमा पर्खाल बनाउनका लागि रक्षा मन्त्रालय पेन्टागनबाट सो रकम प्रयोग गर्ने राष्ट्रपति ट्रम्पले तयारी गरिरहेका बेला परेको उजुरीमा सर्वोच्च अदालतले खर्च गर्न […]

सिरियामा हवाई आक्रमणमा २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, समाज by . Leave a Comment on सिरियामा हवाई आक्रमणमा २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु.

काठमाडौं । सिरिया सरकारले पछिल्ला १० दिनमा गरेको आक्रमणमा एक सयभन्दा बढी गैरसैनिकको मृत्यु भएको छ । सरकारी सेनाले अस्पताल, विद्यालय, बजार र बेकरीमा गरेको आक्रमणमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो । संयुक्त राष्ट्र संघकी मानवअधिकार प्रमुख मिचेल बचेलेटले सरकार र रुससहितका उसका साझेदारले गरेको कठोर हमलामा २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु भएको बताए […]