Sajhamanch Archive

फिलिपिन्समा लगातार दुई शक्तिशाली भूकम्प, कम्तिमा ८ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on फिलिपिन्समा लगातार दुई शक्तिशाली भूकम्प, कम्तिमा ८ जनाको मृत्यु.

फिलिपिन्समा दुईवटा शक्तिशाली भूकम्प गएको छ । शनिबार बिहानै फिलिपिन्सको बातानेस प्रान्त केन्द्रविन्दु भएर ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण कम्तिमा ८ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण झण्डै ६० जना घाइते भएका छन् । भूकम्प गएका बेला अधिकांश मानिस घरमै थिए । […]

उत्तर कोरिया अचानक बन्यो आक्रामक, दुई क्षेप्यास्त्र परीक्षण

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on उत्तर कोरिया अचानक बन्यो आक्रामक, दुई क्षेप्यास्त्र परीक्षण.

प्योङयाङ। क्षेत्रीय स्तरमा सैन्य तनाव बढिरहेको समयमा उत्तर कोरिया अचानक आक्रामक रुपमा देखा परेको छ । उत्तर कोरियाले बिहीबार बिहानै दुई साना दुरीका क्षेप्यास्त्र परीक्षण गरेको जनाइएको छ । दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण भएको पुष्टि गरेका हुन् । समाचार एजेन्सीहरुका अनुसार उत्तर कोरियाले तटीय क्षेत्रबाट समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर […]

ट्रम्पको अभिव्यक्तिले तात्यो भारतीय राजनीति, राहुलले मागे मोदीसँग जवाफ

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on ट्रम्पको अभिव्यक्तिले तात्यो भारतीय राजनीति, राहुलले मागे मोदीसँग जवाफ.

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीको नामै लिएर कश्मिरका बारेमा अभिव्यक्ति दिएपछि भारतीय राजनीति तातेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटका दौरान उनले कश्मिरको विषयमा मोदीले आफूसँग मध्यस्थकर्ताको भूमिका निर्वाहका लागि सहयोग मागेको अभिव्यक्ति दिएपछि भारतको राजनीति एकाएक तातेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले कश्मिरका विषयमा दिएको अभिव्यक्तिको विरोधमा मंगलबार संसदका […]

आप्रवासीप्रति थप कडा बन्दै अमेरिका, दुई वर्ष बसोबास नपुगेकालाई तुरुन्तै धपाइने

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on आप्रवासीप्रति थप कडा बन्दै अमेरिका, दुई वर्ष बसोबास नपुगेकालाई तुरुन्तै धपाइने.

अमेरिकी सरकारले आप्रवासीलाई निकाला गर्न सहज हुने गरी नयाँ कानुन ल्याउँदैछ। उक्त कानुन लागू भएपछि आप्रवासी–अदालतको बाटो छलेर कठोर निर्णय लिन सरकारलाई सहज हुनेछ। नयाँ कानुन आएपछि दुई वर्ष लगातार अमेरिकामा बसोबास गरिरहेको प्रमाण पेश गर्न नसक्ने आप्रवासी तुरुन्तै निकाला हुन सक्नेछन्। उक्त कानुन मंगलबार सार्वजनिक हुने र तत्कालै लागू हुने बताइएको छ। अमेरिकी नागरिक […]

भारतका दुई राज्यमा चट्याङले २४ घण्टाभित्र ३६ को मृत्यु

Published: (Updated: ) in विविधा, विश्व समाचार by . Leave a Comment on भारतका दुई राज्यमा चट्याङले २४ घण्टाभित्र ३६ को मृत्यु.

लखनउ । उत्तर प्रदेशमा आइतवार राति चट्याङमा परेर ३२ जनाको ज्यान गएको छ। यस राज्यको अलग-अलग जिल्लामा ३२ को ज्यान जाँदा १३ जना घाइते भएका छन्। कानपुर र फतेहपुरमा सबैभन्दा धेरै ७-७ जनाको मृत्यु भएको छ। राजस्थानको झालावाडमा पनि महिलासहित चारजनाको ज्यान गएको छ। पाली जिल्लामा २७ जना मजदुर घाइते भएका छन्। यी मानिस आइतवार […]

पाकिस्तानमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, by . Leave a Comment on पाकिस्तानमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु.

पेशावर । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबानी बन्दुकधारीले आइतबार बिहान ७।४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो । सोही आक्रमणका क्रममा केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए […]

चन्द्रमामा मानिस पुगेको ५० औं वर्षगाँठ विश्वभर मनाइँदै

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on चन्द्रमामा मानिस पुगेको ५० औं वर्षगाँठ विश्वभर मनाइँदै.

काठमाडौं । चन्द्रमामा मानिसले पहिलो पटक पाइला टेकेको ५० औँ वर्षगाँठ विश्वभर विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । सन् १९६९ को जुलाई २१ मा अमेरिकी अन्तरिक्षयात्री नील आमस्ट्रङ, बज एल्ड्रिन र माइकल कोलिन्सले चन्द्रमामा पहिलो पाइला टेकेका थिए । उनीहरु एपोलो–११ अन्तरिक्षयानमार्फत चन्द्र सतहतमा उत्रिएका थिए । अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको ६ घण्टा […]

अफगानिस्तानमा २४ जना विद्रोही मारिए

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा २४ जना विद्रोही मारिए.

कान्दहार। अफगानी सुरक्षा फौजको कारवाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ । सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरू १७ जना लडाकु घाइते भएका छन् । सेनाका प्रवक्ता सेलाबले एक विज्ञप्ति प्रकाशन गरी गोप्य सूचनाका आधारमा सेनाले कारवाही प्रहार गरेको बताए । तर वक्तव्यमा उक्त क्षेप्यास्त्र अफगान सेनाले गरेको हो वा नेटो […]

विश्वको सबैभन्दा अदभुत देश – जापान

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on विश्वको सबैभन्दा अदभुत देश – जापान.

क्रिएटिभिटीको कुरा गर्दा जापान संसार कै अग्र स्थानमा आउँछ । जापानीज नागरिकको सृजनशीलता सँग संसारका अन्य कुनै देशका नागरिकको तुलना हुन सग्दैन  । जसको नतिजा विश्वले देख्न पाएको छ । जापान आज प्रविधिका हिसाबले जुन स्थानमा छ त्यो जापानी नागरिकको लगनशीलता,क्रियाशीलता तथा सृजनशीलता कै कारण सम्भव भएको हो । जब जापानको नाम आउँछ हाम्रो दिमागमा […]

एनिमेसन स्टुडियोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३३ पुग्यो

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on एनिमेसन स्टुडियोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३३ पुग्यो.

टोकियो,। जापानको क्योतो एनिमेसन स्टुडियोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । क्योतो शहरमा रहेको स्टुडियोमा भएको आगलागीमा दर्जनौं घाइते भएका छन् । प्रहरीले ४१ वर्षीय संदिग्ध व्यक्तिले पेट्रोल छर्केर आगो लगाइदिएको बताएका छन् । घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ परेका ब्यक्ति पनि घाइते भएका कारण अस्पतालमा भर्ना […]