Sajhamanch Archive

राजस्थानमा आँधीले त्रिपाल उडाउँदा १४ जनाको गयो ज्यान

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on राजस्थानमा आँधीले त्रिपाल उडाउँदा १४ जनाको गयो ज्यान.

काठमाडौ । भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । धार्मिक कार्यक्रम चलिरहेका बेला आँधिले त्रिपाल उडाउँदा र त्रिपाल गाड्न प्रयोग भएका खम्बाले लाग्दा उनीहरुको ज्यान गएको भारतीय अधिकारीले बताएका छन् […]

आमाले जन्माइन् आफ्नै छोराको सन्तान

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on आमाले जन्माइन् आफ्नै छोराको सन्तान.

काठमाडौं । संसार सोंचे भन्दा विचित्रको छ । बेलाबेला आउने यस्ता विचित्रका खबरले चकित बनाउँछ । ६१ बर्षीया आमाले आफ्नै कोखमा आफ्नै छोराको बच्चा जन्माएकी छिन् । यति पाको उमेरमा यो चुनौतीको सामना गर्नुपर्ने कारण थियो । आफ्नो छोराको समलैंगिक विवाह सफल बनाउँनु । समलैंगिक विवाहमा बाँधिएको छोराको खुशीको लागि उनले यति सम्म गरेकी छिन् […]

भारतमा महिला पत्रकारलाई गोली प्रहार

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on भारतमा महिला पत्रकारलाई गोली प्रहार.

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको मयूर विहारको आसपास धर्मशीला क्यान्सर अस्पतालको रेड लाइट छेउमा एक पत्रकार महिलामाथि गएराति १२ः३० बजे गोली प्रहार भएको छ । क्राइम रिपोर्टर मिताली चंदोलाको बायाँ हातमा गोली लागेको छ । प्रहरीले उनलाई नजिकैको धर्मशीला अस्पतालमा उपचारका लागि लगेको थियो । उनको हालत अहिले खतरा बाहिर रहेको जनाइएको छ […]

प्रदर्शनकारी घाइते भएको भन्दै सभामुखले दिए राजीनामा

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on प्रदर्शनकारी घाइते भएको भन्दै सभामुखले दिए राजीनामा.

जनता र राज्यको सम्बन्ध कस्तो हुनुपर्छ , नागरिकप्रति राज्य कत्तिको उदार हुनुपर्छ भन्ने कुराको झल्को जर्जियामा हालै भएको राजनीतिक अभ्यासले दिएको छ । जर्जियाका सभामुख इराक्ली कोबाखिज्देले प्रदर्शनका कारण जनताप्रति पर्न गएको असुविधालाई मध्यनजर गर्दै शुक्रबार राजीनामा दिएका छन् । यद्दपि जुलाई ८ बाट मात्रै उनको कार्यकाल सकिनेछ । रुसका सांसद सेर्जेई ग्याब्रिलोवले जर्जियाको संसदमा […]

चीनमा प्रतिबन्ध, नेपालमा चिनियाँ राजदूतको ट्विप्लोमेसी !

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on चीनमा प्रतिबन्ध, नेपालमा चिनियाँ राजदूतको ट्विप्लोमेसी !.

काठमाडौं। ट्विटरलाई आफ्नो देशमा प्रतिबन्ध लगाउँदै आएको चीनका लागि राष्ट्रपति सी चिनफिङ ट्विटरमा नभएर के भयो र रु उनका राजदूतहरु देश हेरी ट्विटरमार्फत कुटनीतिक अभ्यास गर्न थालेका छन् । नेपालमा रहेकी उनकी प्रतिनिधिले शुक्रबार त्यसकै श्रीगणेश गरिन् । राजदूत होउ याङचीले ट्विटर एकाउन्ट खोलेको जानकारी सार्वजनिक गर्न दूतावासले संवाददाताहरुलाई इमेल गर्यो । ट्विटर संसारमा चिनियाँ […]

अब युरोपेली मुलुकमा सिधा उडान

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अब युरोपेली मुलुकमा सिधा उडान.

काठमाडौं । युरोपेली मुलुकसँग द्विपक्षीय हवाई सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ नेपालले युरोपका विभिन्न गन्तव्यमा सिधा उडान भर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । युरोपेली मुलुक फिनल्याण्डसँग प्रारम्भिक हवाई सेवा सम्झौताको तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । फिनल्याण्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि चासो देखाएको छ । त्यहाँको राष्ट्रिय […]

चीन र उत्तर कोरियाका शीर्ष नेताहरूबीच दुवै देशको उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने सहमति

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on चीन र उत्तर कोरियाका शीर्ष नेताहरूबीच दुवै देशको उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने सहमति.

प्योङयाङ । चीन र उत्तर कोरियाका शीर्ष नेताहरूबीच दुवै देशको उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने सहमति भएको छ । अन्तरपार्टी तथा अन्तरदेशीय हितका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच सहमति भएको हो । उत्तर कोरियाको औपचारिक भ्रमणका लागि पुगेका चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका चीनका राष्ट्रपति सी […]

इरानले खसाल्यो अमेरिकी ड्रोन

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on इरानले खसाल्यो अमेरिकी ड्रोन.

काठमाडौँ । अमेरिकी सेनाको ड्रोन इरानको सर्फेस टु एयर मिसाइलले खसालेको अमेरिकी अधिकारीहरुले बताएका छन् । एक अधिकारीले रोयटर्सलाई बताएअनुसार सो ड्रोन युएस नाभी एमक्यू—फोर सी ट्रिटन हो । यसभन्दा अघि इरानको इस्लामिक रिभोलुसन गार्ड्स कप्र्स (आइआरजीसी)ले आफ्नो एयर स्पेसमा आएको अमेरिकी ड्रोन खसालेको जनाएको थियो । सो ड्रोन इरानको दक्षिणी प्रान्त हर्मोज्गानको कुहमोबाराक क्षेत्रमा […]

यी हुन् विश्वकै सबैभन्दा कान्छो बन्दी, जसलाई हुँदैछ फाँसी

Published: in विश्व समाचार by . Leave a Comment on यी हुन् विश्वकै सबैभन्दा कान्छो बन्दी, जसलाई हुँदैछ फाँसी.

काठमाडौं  । सन् २०११ मा जब साउदी अरबमा त्यहाँको राजतन्त्र, तानाशाही व्यवस्था तथा शोषणको विरोधमा आन्दोलन भएको थियो । मुस्लिम प्रभुत्वको यस मुलुकमा सडकमै जनता राजतन्त्रविरुद्ध ओर्लिएका थिए । सोही आन्दोलनमा १७ वर्षीय अली कुरेसिसलाई प्रहरीले गोली प्रहार गरी हत्या गरिदियो । उक्त घटनाको विरोधमा उनकै १० वर्षीय भाइ मुर्तजा कुरैसी आन्दोलनमा उत्रिए । उनी आन्दोलनको […]

जापानको उत्तरी भेगमा शक्तिशाली भूकम्प

Published: in विश्व समाचार by . Leave a Comment on जापानको उत्तरी भेगमा शक्तिशाली भूकम्प.

टोकियो। जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन् । जापानको मौसम विज्ञान विभाले शुरुमा सुनामीको चेतावनी दिइए पनि परिस्थिति सहज बनेको जनाएको छ । समुद्रमा छालहरु एक मिटरभन्दा अग्ला देखिएका थिए । भूकम्प गएको अढाई घण्टापछि सुनामीको […]