Sajhamanch Archive

कोरोना संक्रमण बढ्न थालेपछि चार दिनमा अमेरिकाका तीन हजारभन्दा बढी विद्यालय बन्द

Published: in विश्व समाचार, by . Leave a Comment on कोरोना संक्रमण बढ्न थालेपछि चार दिनमा अमेरिकाका तीन हजारभन्दा बढी विद्यालय बन्द.

अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ । यहाँ पछिल्ला केही हप्तायतादेखि कोरोनाका सङ्क्रमितहरु निकै नै बढ्दै गएको देखिएको छ । बुधबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्तामा अमेरिकामा कोरोना भाइरस बढेकाले विद्यालयमा पनि […]

अष्ट्रेलियामा कोरोना संक्रमण दर उच्च

Published: in विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on अष्ट्रेलियामा कोरोना संक्रमण दर उच्च.

एजेन्सी–अष्ट्रेलियामा एकैदिनमा ४३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । अष्ट्रेलियाका विभिन्न राज्यमा गरी पछिल्लो २४ घण्टामा ४३ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार न्यू साउथ वेल्समा ८३ हजार ३७६ जनाको स्वाब परीक्षण गर्दा सबैभन्दा बढी २३ हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ […]

जोर्डनको संसद भवनमा सांँसदहरुबीच हानाहान

Published: in विश्व समाचार, by . Leave a Comment on जोर्डनको संसद भवनमा सांँसदहरुबीच हानाहान.

एजेन्सी, जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो । संसद भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरु एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उसभामुख ढलेपछि केही […]

ओमिक्रोनका कारण नयाँ दिल्लीमा कर्फ्यू

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on ओमिक्रोनका कारण नयाँ दिल्लीमा कर्फ्यू.

नयाँ दिल्ली । कोभिड संक्रमण फेरि बढ्न थालेसँगै भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोरानाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले आज सोमबारदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने राज्य सरकारको निर्णयमा उल्लेख छ । भारतमा पछिल्लो २४ घन्टामा […]

फेरीमा आगो लाग्दा बंगलादेशमा ३२ जनाको मृत्यु

Published: in विश्व समाचार, by . Leave a Comment on फेरीमा आगो लाग्दा बंगलादेशमा ३२ जनाको मृत्यु.

एजेन्सी, बंगलादेशमा एउटा फेरीमा भएको आगलागीमा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार बिहान आगो लागेको हो । फेरीमा ५०० यात्रु सवार थिए । ‘तीन तले सो फेरी नदीको बीचमा आगो लागेको थियो । आगलागीमा जलेका ३२ जनाको शव फेला पारेका छौं । मृतकको संख्या अझै बढ्न सक्छ […]

चीनका एक करोड ३० लाख मानिस फेरि लकडाउनमा

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on चीनका एक करोड ३० लाख मानिस फेरि लकडाउनमा.

काठमाडौं । चीनले कोरोना भाइरस संक्रमणको प्रकोप बढेपछि उत्तरी सियान सहरका करिब एक करोड ३० लाख बासिन्दालाई घरमै बस्न आदेश दिएको छ । यही डिसेम्बर ९ तारिखयता उत्तरी सहरमा १४३ जनामा संक्रमण पुष्टि भएपछि ‘लकडाउन’ गरिएको हो । सियान सहर रहेको शान्सी प्रान्तमा लाखौँ परीक्षण गरिएका छन् । बुधबार घोषणा गरिएको नयाँ प्रतिबन्धानुसार अत्यावश्क वस्तु […]

आतंकवादसम्बन्धी अमेरिकी प्रतिवेदन भन्छ : नेपाल अन्तराष्ट्रिय आतंकवादी संगठनको क्रिडास्थल बन्ने जोखिम बढ्यो

Published: (Updated: ) in विश्व समाचार, by . Leave a Comment on आतंकवादसम्बन्धी अमेरिकी प्रतिवेदन भन्छ : नेपाल अन्तराष्ट्रिय आतंकवादी संगठनको क्रिडास्थल बन्ने जोखिम बढ्यो.

अमेरिकाले नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको क्रिडास्थल बन्नसक्ने खतरा औंल्याइएको छ । अमेरिकी बिदेशमन्त्री एन्टोनी ब्लिंकेनले बिहीवार सार्वजनिक गरेको आतंकवादसम्बन्धी नयाँ प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट वा क्रिडास्थल बन्नसक्ने जोखिम औंल्याइएको छ । त्यस्तो जोखिम हुनुमा भारतसँग खुला सिमाना भएको र मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा मापदण्ड र व्यवस्था अपर्याप्त हुनुलाई अमेरिकाले कारणको रुपमा […]

भारतमा कोरोनाबाट एक दिनमा सात हजार सङ्क्रमित थप, २८९ को मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा कोरोनाबाट एक दिनमा सात हजार सङ्क्रमित थप, २८९ को मृत्यु.

नयाँदिल्ली, कोरोनाभाइरसबाट भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण अरु २८९ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ८४ लाख ५६५ रहेको पुगेको पनि जनाएको छ । यो सङ्ख्या पछिल्लो ५६९ दिनपछिकै सवैभन्दा […]

साढे तीन महिनामा अनुमोदन नभए एमसीसी खारेज

Published: in अर्थतन्त्र, मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on साढे तीन महिनामा अनुमोदन नभए एमसीसी खारेज.

काठमाडौ, संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसदबाट अनुमोदनका लागि अझै साढे तीन महिना पर्खने भएको छ। यदि मार्च महिना (चैत १७ गते) भित्र पनि संसदले एमसीसी अनुमोदन नगरे ५० करोड अमेरिकी डलरको अनुदान सहयोग फिर्ता लैजानेबारे ठोस निर्णय लिने मनस्थितिमा अमेरिकाको स्टेट डिपार्टमेन्ट पुगेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। ‘मार्चसम्म […]

अमेरिकाको केन्टकी राज्यमा आँधी, ५० जनाभन्दा बढीको मृत्यु भएको आशंका

Published: in विश्व समाचार, by . Leave a Comment on अमेरिकाको केन्टकी राज्यमा आँधी, ५० जनाभन्दा बढीको मृत्यु भएको आशंका.

अमेरिकाको केन्टकी राज्यमा आएको भीषण आँधीमा पर‍ेर ५० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ। राज्यका गभर्नर एन्डी बेशियरले यसलाई केन्टकीको इतिहासमा सबैभन्दा खराब आँधीको रूपमा वर्णन गरेका छन्। उनले मृतकको संख्या एक सय पुग्नसक्ने बताए। प्रशासनिक अधिकारीहरूले शुक्रबार राति आएको आँधीले दक्षिणी इलिनोइमा रहेको अमेजन गोदामलाई ध्वस्त पारेको बताएका छन्। छत भत्किँदा कति मानिस […]