Sajhamanch Archive

भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु

Published: in विश्व समाचार, समाज by . Leave a Comment on भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु.

काठमाडौँ । भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको जानकारी दिएको छ । रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको छ । रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । रावत […]

हेलिकोप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख रावतको अवस्था चिन्ताजनक, अस्पताल लगियो

Published: in विश्व समाचार, by . Leave a Comment on हेलिकोप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख रावतको अवस्था चिन्ताजनक, अस्पताल लगियो.

मिलनाडूको कुन्नूरस्थित जंगलमा बुधवार हेलिकोप्टर दुर्घटनामा परेर गम्भीर घाइते भारतीय रक्षाप्रमुख विपिन रावतलाई अस्पताल भर्ना गरिएको छ। भारतीय सेनाको एमआई(१७भी५ हेलिकोप्टर बुधबार दुर्घटनामा परेको थियो। घना जंगलमा भएको यस दुर्घटनामापछि आगो लागेको थियो। यसमा भारतीय रक्षाप्रमुख जनरल बिपिन रावत, उनकी पत्नी मधुलिकासमेत १४ जना सैन्य अधिकारी थिए। समाचार अनुसार अहिलेसम्म ११ शव भेटिएका छन्। ती […]

जर्मन चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित, १६ वर्षपछि सत्ताबाट बाहिरिइन् मर्केल

Published: (Updated: ) in विश्व समाचार, by . Leave a Comment on जर्मन चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित, १६ वर्षपछि सत्ताबाट बाहिरिइन् मर्केल.

जर्मनीको संसद (बुन्डेस्टाग)ले ओलाफ स्कोल्जलाई चान्सलर निर्वाचित गरेको छ । सोशल डेमोक्रेट ओलाफ बुधबार देशको चान्सलरका रुपमा संसदबाट चुनिएका हुन् । सोशल डेमोक्रेट्स, ग्रीन्स र लिबरल फ्रि डेमोक्रेट्सको गठबन्धनबाट ओलाफ राष्ट्र प्रमुख बनेका हुन् । जर्मनीमा संघीयस्तरमा गठबन्धन सरकार बनेको यो पहिलो पटक हो । यससँगै जर्मनीमा एन्जेला मर्केलको युग समाप्त भएको छ । १६ […]

भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

Published: in विश्व समाचार, by . Leave a Comment on भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना.

भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई (१७ भी ५) हेलिकप्टर दुर्घटनामा परेको बताएको छ । दुर्घटनाग्रस्त […]

संघीयता र कोरोना महामारीले वित्तीय खर्च बढाएको विश्व बैंकको प्रतिवेदन

Published: in अर्थतन्त्र, विश्व समाचार, by . Leave a Comment on संघीयता र कोरोना महामारीले वित्तीय खर्च बढाएको विश्व बैंकको प्रतिवेदन.

काठमाडौं, नेपालले वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति गरे पनि वित्तीय स्थिरताका लागि अझै काम गर्न जरुरी रहेको विश्व बैंकले औँल्याएको छ। सोमबार काठमाडौंमा सार्वजनिक गरिएको सार्वजनिक खर्चको समीक्षा (पब्लिक एक्सपेन्डिचर रिभ्यू अन फिस्कल पोलिसी फर सस्टेनेबल डेभलपमेन्ट) प्रतिवेदनले वित्तीय स्थिरता र हरित, लचिलो र समावेशी विकासका लागि सहायताको आवश्यकता औँल्याएको छ। मुलुक संघीयतामा गएपछि खर्चको […]

म्यानमारकी नेत्री सुकीलाई चार वर्षे जेल सजायको फैसला

Published: in विश्व समाचार, by . Leave a Comment on म्यानमारकी नेत्री सुकीलाई चार वर्षे जेल सजायको फैसला.

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ्साङ् सुकीलाई म्यानमारको सैनिक सरकारले चार वर्ष जेल सजाय गराइने भएको छ । सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरसविरुद्धको नियमहरु उल्लङ्घन गरेको आरोपमा उनलाई चार वर्षे जेल सजाय गर्न लागिएको हो । सुकीसँगै पूर्वराष्ट्रपति विन मिन्तलाई पनि चार वर्षे जेल सजाय तोकिएको हो । […]

नेपाल छिर्यो कोरोनाको ओमिक्रोन भेरिएन्टः दुईजना अस्पताल भर्ना, भारतमा २१ जना संक्रमित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on नेपाल छिर्यो कोरोनाको ओमिक्रोन भेरिएन्टः दुईजना अस्पताल भर्ना, भारतमा २१ जना संक्रमित.

काठमाडौँ । नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । त्यसका बारे जानकारी दिन मन्त्रालयलले अहिले पत्रकार सम्मेलन गरिरहेको छ । ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित […]

नौवटा देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, विश्व समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नौवटा देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक.

काठमाडौं । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नौवटा देशबाट आउने यात्रु तथा पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएकाले हाललाई संक्रमण फैलिएका ९ वटा देशबाट आउने मानिसलाई नेपाल प्रवेशमा कडाई गरिएको एक मन्त्रीले बताएका छन् । दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट […]

नयाँदिल्लीका सबै विद्यालय भोलिदेखि बन्द

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on नयाँदिल्लीका सबै विद्यालय भोलिदेखि बन्द.

नयाँदिल्ली। संघीय राजधानी नयाँ दिल्लीका सबै विद्यालय भोलिदेखि अनिश्चितकालका लागि बन्द हुने भएका छन् । दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि भोलि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिनेछ’, रायलाई उदृत गर्दै भारतीय […]

कोभिडको खतरनाक ‘ओमिक्रोन भेरिएन्ट’: छिमेकी भारतमा कडाइ, नेपाल अझै मौन

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिडको खतरनाक ‘ओमिक्रोन भेरिएन्ट’: छिमेकी भारतमा कडाइ, नेपाल अझै मौन.

काठमाडौं । दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् । विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग […]