Sajhamanch Archive

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख १२ हजार

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख १२ हजार.

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख १२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ लाख १२ हजार २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार छ सय ६४ जनाको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख […]

सुरक्षित इन्टरनेट दिवस आज मनाइँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, शिक्षा, समाज by . Leave a Comment on सुरक्षित इन्टरनेट दिवस आज मनाइँदै.

झापा । आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ । अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन हरेक वर्ष विश्वभर फेब्रुअरीको पहिलो हप्ता सुरक्षित इन्टरनेट दिवस मनाउने गरिन्छ । नेपालसहित १७० भन्दा धेरै देशमा यो दिवस मनाउन लागिएको छ । सुरक्षित इन्टरनेट दिवस बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्ने उद्देश्यले नेपालमा सन् […]

विरोध प्रदर्शनमा संयमता अपनाउन सेनाको आह्वान

Published: in विश्व समाचार by . Leave a Comment on विरोध प्रदर्शनमा संयमता अपनाउन सेनाको आह्वान.

एजेन्सी । शासनसत्ता हातमा लिएको म्यानमारको सेनाले संयमता अपनाउन सबैसँग आह्वान गरेको छ । देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर छ । सेनाले विज्ञप्तिमार्फत देशभरि भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको भन्दै संयमता अपनाउन आग्रह गरेको हो । सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा देशभर प्रदर्शन भइरहेको छ । […]

दक्षिण अफ्रिकामा अक्सफोर्ड–आस्ट्राजेनेकाको खोप लगाउन रोक

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on दक्षिण अफ्रिकामा अक्सफोर्ड–आस्ट्राजेनेकाको खोप लगाउन रोक.

एजेन्सी । दक्षिण अफ्रिकाले अक्सफोर्ड–आस्ट्राजेनेकाले आविष्कार गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउन रोक लगाएको छ । एउटा अध्ययनले कोरोना भाइरसको नयाँ प्रकारविरुद्ध खोपको ‘निराशाजनक’ नतिजा देखिएपछि दक्षिण अफ्रिकाले खोप लगाउने कार्यक्रम स्थगित गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपले कोरोनाका सामान्य तथा मध्यम खालका बिरामीलाई पनि खास काम नगरेपछि रोक लगाइएको बीबीसीले जनाएको छ […]

अमेरिकाले इरानमाथिको प्रतिबन्ध नहटाउने

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकाले इरानमाथिको प्रतिबन्ध नहटाउने.

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले ईरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध तत्काल नहटाइने बताएका छन् । एक अमेरिकी सञ्चारमाध्यमलाई दिइएको अन्तरवार्तामा बोल्दै राष्ट्रपति बाइडेनले ईरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध नहटाइने बताएका हुन् । अन्तरवार्तामा बाइडेनलाई अमेरिकाले वार्ताका लागि ईरानलाई तयार पार्न प्रतिबन्ध हटाउँछ कि हटाउँदैन ? भन्ने प्रश्न सोधिँदा त्यसको जवाफमा बाइडेनले तत्काल प्रतिबन्ध हटाउन नसकिने जवाफ […]

चिनियाँ युवाहरू आइमाईजस्तै बन्दै गएको चीनको चिन्ता

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on चिनियाँ युवाहरू आइमाईजस्तै बन्दै गएको चीनको चिन्ता.

एजेन्सी । चीनको शिक्षा मन्त्रालयले चिनियाँ युवाहरू आइमाईजस्तै बन्दै गएको सूचना जारी गरेको छ । चीन सरकारले यस विषयमा चिन्ता व्यक्त गर्दै देशका लोकप्रिय पुरुष मोडलहरू सेनाका नायकजस्तै मजबुत तथा हृष्टपुष्ट नभएको बताएका छन् । बिबिसीमा उल्लेख गरेअनुसार केहीले उक्त सूचनाको आलोचना गरेका छन् भने कतिपयले यस्तो धारणाका लागि चीनका पुरुष सेलिब्रेटीहरू आंशिकरुपमा जिम्मेवार रहेको […]

भारतीय विदेशमन्त्रीले विश्व चर्चित सेलिब्रिटीको ट्वीटपछि दिए स्पष्टीकरण

Published: in विश्व समाचार by . Leave a Comment on भारतीय विदेशमन्त्रीले विश्व चर्चित सेलिब्रिटीको ट्वीटपछि दिए स्पष्टीकरण.

काठमाडौं । भारतमा कृषि कानुनविरुद्ध केही समययता किसानहरुको आन्दोलन जारी भएको छ । उक्त आन्दोलनको समर्थनमा विश्व चर्चित सेलिब्रिटीहरुले ट्वीट गरेका छन् । सेलिब्रिटीको धारणाप्रति भारतले प्रतिक्रिया जनाएको छ । पपस्टार रिहाना, पर्यावरण अभियन्ता ग्रेटा थनबर्ग र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका नातेदार मीरा ह्यारिसले किसान आन्दोलनको समर्थनमा ट्वीट गरेका थिए । त्यसपछि विश्वभरको मिडियामा उक्त […]

संयुक्त राष्ट्र सङ्घकाे सुरक्षा परिषद्ले भन्यो, ‘सू चीलाई रिहा गर’

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on संयुक्त राष्ट्र सङ्घकाे सुरक्षा परिषद्ले भन्यो, ‘सू चीलाई रिहा गर’.

एजेन्सी । संयुक्त राष्ट्र सङ्घ (यूएन) को सुरक्षा परिषद्ले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीलगायत पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न भनेको छ । परिषद्ले विज्ञप्ति निकालेर सबै सदस्य राष्ट्रहरूले म्यानमारमा घोषणा गरिएको सङ्कटकाल र सू चीलगायत नेताहरूलाई पक्राउ गरिएको घटनामा गहिरो चासो व्यक्त गरेको भन्दै तत्काल रिहा गर्न भनेको हो । परिषद्की अध्यक्ष […]

म्यानमारको सैन्य ‘कू’ विफल पार्न यूएन महासचिवकाे आह्वान

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारको सैन्य ‘कू’ विफल पार्न यूएन महासचिवकाे आह्वान.

एजेन्सी । संयुक्त राष्ट्र सङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरसले गएको सोमवार म्यानमार भएको ‘कू’ विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । महासचिव गुटेरेसले म्यानमारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका हुन् । उनले यो विषयलाई लिएर सुरक्षा परिषदमा एकता हुने आशा रहेको बताएका छन् । ‘यो कू विफल बनाउन म्यानमारमाथि पर्याप्त दबाब दिनका […]

कोरोनाको नक्कली खोप बनाएको आरोपमा ८० भन्दा धेरै पक्राउ

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाको नक्कली खोप बनाएको आरोपमा ८० भन्दा धेरै पक्राउ.

एजेन्सी । चीनमा कोरोना भाइरसको नक्कली खोप बनाएको आरोपमा तीन वटा सहरबाट ८० जनाभन्दा धेरैलाई पक्राउ गरिएको छ । स्थानीय प्रहरीले जियाङ्सु, बेइजिङ र शानडोङबाट तीन हजारभन्दा धेरै नक्कली खोप पनि बरामद गरेको छ । न्युज एजेन्सी सिन्ह्वाका अनुसार यस्तो नक्कली काम गएको सेप्टेम्बरदेखि सुरु भएको प्रहरीले बताएको छ । नक्कली खोपमा पहिले नै भरिएको […]