Sajhamanch Archive

भारतको अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on भारतको अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु.

एजेन्सी । भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी भएको छ । यहाँको जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो । आगलागीका कारण १० नवजात शिशुको मृत्यु भएको छ । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण शर्ट सर्किट बताइएको छ । जानकारीका अनुसार उक्त वार्डमा करिब १७ शिशु भर्ना गरिएको थियो […]

कोरोनाबाट जोगाउनका लागि दुई जीवनरक्षक औषधी भेटिए

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट जोगाउनका लागि दुई जीवनरक्षक औषधी भेटिए.

झापा । कोरोना संक्रमणले जकडेका बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधी भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) को इन्टेन्सिव केयर युनिट (आइसीयू) मा यी भ्याक्सिनको ट्रायल गर्ने अनुसन्धानकर्ताले यी औषधी खोपमार्फत् दिइने […]

अमेरिकी संसदमा तोडफोड र हिंसा: पूर्वराष्ट्रपति र विश्व नेताद्वारा भर्त्सना

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on अमेरिकी संसदमा तोडफोड र हिंसा: पूर्वराष्ट्रपति र विश्व नेताद्वारा भर्त्सना.

एजेन्सी । अमेरिकी संसदमा भएको तोडफोड र हिंसाको घटनालाई अमेरिकाका पूर्वराष्ट्रपतिलगायत विश्वभरिका नेताहरुले भर्त्सना गरेका छन्। संसद्‌मा देखिएको हङ्गामापछि उनीहरूले त्यसको आलोचना गरेका छन्। अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झने बताएका छन्। उनले भनेका छन्, ‘यो देशको लागि ठूलो अनादर भएको […]

अमेरिकी संसदबाट बाइडेनको जित प्रमाणित

Published: in परदेश (प्रवास), विश्व समाचार by . Leave a Comment on अमेरिकी संसदबाट बाइडेनको जित प्रमाणित.

काठमाण्डौ । अमेरिकी कंग्रेसले राष्ट्रपतिमा चुनावमा जो बाइडेनको जितको सुनिश्चत गरेको छ । अमेरिकी संसद्को संयुक्त बैठकले राष्ट्रपतिमा जो बाइडेनका साथै उपराष्ट्रपति पदमा कमला ह्यारिसको जितको प्रमाणित गरेको हो । संसद्ले प्रमाणित गरेपछि बाइडेनलाई जनवरी २० मा शपथ ग्रहणका लागि बाटो खुलेको छ । संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकन पार्टीले विरोध जनाए […]

दक्षिण कोरियाले बनायो बिमान भन्दा द्रुत गतिको रेल

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on दक्षिण कोरियाले बनायो बिमान भन्दा द्रुत गतिको रेल.

सउल । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको […]

कोरोना थामिएको छैन, भारतमा बर्ड फ्लूको आतंक

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना थामिएको छैन, भारतमा बर्ड फ्लूको आतंक.

एजेन्सी । कोरोनाको कहर अहिलेसम्म रोकिएको छैन उता भारतमा भने अर्को एउटा संकट निम्तिएको छ । भारतका थुप्रै राज्यमा बर्ड फ्लू फैलिएको खबर सार्वजनिक भएको छ । मध्य प्रदेश, राजस्थान, केरल, हरियाणा, हिमाचल प्रदेश र झारखण्डमा ठूलो संख्यामा पंक्षीको अचानक मृत्यु भइरहेको छ । त्यसपछि देशमा बर्ड फ्लू फैलिरहेको भनेर शंका गर्न थालिएको थियो । […]

चीनले सैन्य आयोगलाई शक्तिशाली बनायो

Published: in विश्व समाचार by . Leave a Comment on चीनले सैन्य आयोगलाई शक्तिशाली बनायो.

एजेन्सी । केन्द्रीय सैन्य आयोग (सिएमसी) को शक्ति बिस्तार गर्नका लागि चिनयाँ राष्ट्रिय सुरक्षा कानून संशोधन गरिएको छ । २६ डिसेम्बरमा गरिएको संशोधन एक जनवरीदेखि लागू भएको छ । यससँगै सिएमसीको भूमिका बढेको छ भने सैन्य नीति बनाउनेलगायतका कामहरु गर्दै आएको स्टेट काउन्सिलको भूमिका कमजोर भएको छ । देश र विदेशमा राष्ट्रिय हितको रक्षामा कानूनको […]

भारतका विभिन्‍न राज्यमा बर्ड फ्लुको संक्रमण

Published: in विश्व समाचार by . Leave a Comment on भारतका विभिन्‍न राज्यमा बर्ड फ्लुको संक्रमण.

नयाँदिल्ली । कोरोना भाइरसको महामारीबाट जुधिरहेको भारतमा विभिन्न पाँच राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार हालसम्म हिमाचल, हरियाणा, राजस्थान, केरल र मध्यप्रदेशमा एचफाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरस अर्थात् बर्ड फ्लु संक्रमण पुष्टि भएको छ । बर्ड फ्लु एचफाइभ एन वान जातिको जीवाणुको कारण पंक्षीहरुमा लाग्ने रुघाखोकी जस्तो एक प्रकारको […]

पाकिस्तानमा बन्दुकधारीद्वारा ११ मजदूरको हत्या

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on पाकिस्तानमा बन्दुकधारीद्वारा ११ मजदूरको हत्या.

एजेन्सी । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा अज्ञात हतियारधारीले कोइला खानीमा काम गर्ने कम्तीमा ११ मजदुरको अपहरण गरी हत्या गरेका छन् । प्रहरीका अनुसार खानीमा काम गर्ने मजदुरहरु आफ्नो काममा गइरहेका थिए । काममा गर्न जाँदै गर्दा केही हतियारधारीले उनीहरुको अपहरण गरेका थिए । अपहरण गरी एक पहाडी क्षेत्रमा लगेर उनीहरुको हत्या गरेका थिए । द […]

भारतले तीन करोड जनतालाई कोरोना विरुद्धको खोप दिने

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतले तीन करोड जनतालाई कोरोना विरुद्धको खोप दिने.

नयाँदिल्ली । भारत सरकारले पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई कोरोना भाइरस विरुद्धको खोप निःशुल्क दिने भएको छ । भारतका स्वास्थ्यमन्त्री हर्ष बर्धनले नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएका लगायत तीन करोड मानिसलाई खोप लगाउने बताए । भारत सरकारले यसअघि नै आउँदो जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई […]