Sajhamanch Archive

१० करोड नागरिकलाई पदभार सम्हालेको सय दिनभित्र खोप दिने बाइडेनको घोषणा

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on १० करोड नागरिकलाई पदभार सम्हालेको सय दिनभित्र खोप दिने बाइडेनको घोषणा.

काठमाण्डौ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड अमेरिकी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइसक्ने घोषणा बताएका छन् । आउँदो जनवरी २० मा पदभार ग्रहण गरेको दिनदेखि १०० दिनभित्र १० करोड व्यक्तिलाई खोप लगाउन अहिले उपलब्ध गराइएको खोपको मात्रालाई पाँच गुणाले बढाउनुपर्ने उनको दाबी रहेको छ […]

सैनिक हेलिकप्टर दुर्घटना, दुई पाइलट र दुई सेनाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on सैनिक हेलिकप्टर दुर्घटना, दुई पाइलट र दुई सेनाको मृत्यु.

इस्लामावाद । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिकसहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ । बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका […]

बेलायतमा कोरोना विरुद्धको नयाँ औषधि परीक्षण सुरु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on बेलायतमा कोरोना विरुद्धको नयाँ औषधि परीक्षण सुरु.

काठमाण्डौ । बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ औषधि परीक्षण सुरु भएको छ । औषधि बेलायतको यूनिभर्सिटी कलेज यूसीएलएच मा परीक्षण भैरहेको हो । बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने औषधि विकास गरिएको र परीक्षण सुरु भएको बताएका हुन् । बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोना भाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका […]

कोरोनाका नयाँ प्रकार युरोपेली देशमा पनि धमाधम देखिन थाल्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाका नयाँ प्रकार युरोपेली देशमा पनि धमाधम देखिन थाल्यो.

एजेन्सी । नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ वटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिए । उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र […]

फ्रान्समा पनि देखियो कोरोना भाइरसको नयाँ प्रकार

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on फ्रान्समा पनि देखियो कोरोना भाइरसको नयाँ प्रकार.

बेलायतपछि फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रकार देखिएको छ। फ्रान्समा पहिलो पटक एक व्यक्तिमा उक्त भाइरस देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बेलायतमा उक्त नयाँ स्वरूपको भाइरस तीव्र रूपमा फैलिएको केही सातापछि नै फ्रान्समा पनि देखिएको त्यहाँ अधिकारीहरूले जनाएका छन्। केही दिनअघि बेलायतबाटै फ्रान्स फर्किएका एक व्यक्तिमा उक्त भाइरस फेला परेको बताइएको छ। यही १९ […]

बेलायतमा कोरोनाको नयाँ स्वरुपको सन्त्रास, भाइरसविरुद्धको नियम कडा पारियो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on बेलायतमा कोरोनाको नयाँ स्वरुपको सन्त्रास, भाइरसविरुद्धको नियम कडा पारियो.

बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ। बेलायत सरकारले यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाएको बताएको छ। यसअघि पनि बेलायतमा गत वर्ष चीनको वुहानबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरसको दोस्रो लहर आएको र त्यसले पहिलेको भन्दा धेरै असर पारेको बताइएको छ। यो दोस्रो लहरका कारण बेलायतमा […]

एकै दिनमा विश्वभर ६ लाख ७८ हजार सङ्क्रमित, १३ हजारको मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on एकै दिनमा विश्वभर ६ लाख ७८ हजार सङ्क्रमित, १३ हजारको मृत्यु.

विराटनगर । कोरोना सङ्क्रमणका कारण विश्वमा एकै दिन १३ हजार ३ सय ४७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर छ लाख ७८ हजार कोरोना सङ्क्रमित थपिदा १३ हजार ३ सय ४७ जनाको मृत्यु भएको हो । वोल्डोमिटरको तथ्याङ्क अनुसार कोरोनाबाट अति प्रभावित अमेरिकामा सबैभन्दा बढी सङ्क्रमित थपिएका छन् । अमेरिकामा पछिल्लो २४ […]

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार नाघ्यो.

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ७५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ७५ हजार ११६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १९ हजार ५५६ संक्रमित थपिएको तथ्यांक छ । सोही अवधीमा ३०१ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा […]

के हो कोरोना भाइरसको नयाँ संक्रामक रुप ? कत्तिको चिन्ताजनक ?

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on के हो कोरोना भाइरसको नयाँ संक्रामक रुप ? कत्तिको चिन्ताजनक ?.

एजेन्सी । कोरोना भाइरसको नयाँ संक्रामक रुप तीव्रताका साथ फैलिरहेकाले नै क्रिस्मसको समयमा इङ्ल्यान्डसहित स्कटल्यान्ड र वेल्समा कडा नियम लागू गरिने भएको छ भने, साउदी अरब, भारत, क्यानडासहित युरोपका अन्य मुलुक गरी ४० भन्दा बढी राष्ट्रले बेलायतबाट हुने सबै यात्रामाथि प्रतिबन्ध लगाइरहेका छन् । नेपालले पनि मंगलबार बेलायतबाट नेपाल यात्रामा रोक लगाएको छ । यसरी अचानक […]

कोरोनाविरुद्धको फाइजर–बायोएनटेकको खोप प्रयोग गर्न सदस्य राष्ट्रहरुलाई ईयूको सिफारिस

Published: in विश्व समाचार by . Leave a Comment on कोरोनाविरुद्धको फाइजर–बायोएनटेकको खोप प्रयोग गर्न सदस्य राष्ट्रहरुलाई ईयूको सिफारिस.

काठमाण्डौ – युरोपेली सङ्घ ईयू को औषधिसम्बन्धी नियामक निकायले आफू मातहतका २७ देशमा फाइजर–बायोएनटेकले बनाएको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ । ‘युरोपियन मेडिसिन्स एजेन्सी ईएमएले संयुक्त राज्य अमेरिका र बेलायतमा प्रयोगमा आइसकेको फाइजर–बायोएनटेकले बनाएको खोप ईयूका ४४ करोड ६० लाख मानिसमा प्रयोग गर्न सशर्त सिफारिस गरेको केही घण्टाभित्र नै युरोपेली आयोगले त्यसलाई […]