Sajhamanch Archive

१ अरब पटक हेरियो धनुषको ‘राउडी बेबी’

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on १ अरब पटक हेरियो धनुषको ‘राउडी बेबी’.

साउथका सुपरस्टार धनुषको आवाजमा समावेश तमिल चलचित्र ‘मारी २’मा समावेश ‘राउडी बेबी’ बोलको गीतले युटुबमा १ अरब भ्यूज पाएको छ । कुनै साउथ चलचित्रको गीतले युटुबमा १ अरब भ्यूज पाएको यो पहिलो हो । सन् २०१८ मा रिलिज भएको यो चलचित्रको ‘राउडी बेबी’ बोलको गीतमा धनुष र धी को आवाज छ । नायक धनुषले यो […]

‘मोडेर्नाको कोरोना खोप ९५ प्रतिशत प्रभावकारी’

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on ‘मोडेर्नाको कोरोना खोप ९५ प्रतिशत प्रभावकारी’.

एजेन्सी । अमेरिकी कम्पनी मोडेर्ना विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको तथ्यांकले खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको छ । यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो […]

हङकङकाे नेपाली रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on हङकङकाे नेपाली रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु.

काठमाडौं । हङ्कङको जोर्डनमा सन्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । हङकङका मिडियाहरुका अनुसार रेष्टुरेन्टमा आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो । आगलागीमा परेर चारजना पुरुष र तीनजना महिलाको मृत्यु भएको हो । बालबालिकासहितका केही […]

राष्ट्रपति ट्रम्पको समर्थनमा प्रदर्शन

Published: in विश्व समाचार by . Leave a Comment on राष्ट्रपति ट्रम्पको समर्थनमा प्रदर्शन.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा राजधानी वासिङ्टन डिसीमा प्रदर्शन भएको छ । राष्ट्रपति निर्वाचनमा पराजित भएपछि चुनावमा धाँधलीको आरोप लगाउँदै आएका राष्ट्रपति ट्रम्पको समर्थनमा उनका हजारौं समर्थकले प्रदर्शन गरेका हुन्। डिसीमा ट्रम्पका समर्थक चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति ट्रम्पको बिना प्रमाणित आरोपको पक्षमा सडकमा ओर्लिएका हुन्। झण्डासहित आएका प्रदर्शनकारीहरूमा दक्षिणपन्थी समूह प्राउड बोइजसहितको […]

कोरोना अस्पतालमा आगलागी, १० जनाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना अस्पतालमा आगलागी, १० जनाको मृत्यु.

एजेन्सी । रोमानियाको एक कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। आगलागीका कारण ७ जना गम्भीर घाइते भएका छन्। उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो। बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर जलेर गम्भीर घाइते भएका छन् । विद्युत सट भएर आगलागी भएको हुन सक्ने रोमानियाको स्वास्थ्य […]

सैफले बढाए पारिश्रमिक, ‘आदिपुरूष’ मा बुझे ११ करोड

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on सैफले बढाए पारिश्रमिक, ‘आदिपुरूष’ मा बुझे ११ करोड.

अभिनेता सैफ अली खानले ‘तान्हाजी’ निर्देशक ओम राउतको फिल्म ‘आदिपुरूष’ मा लंकेशको भूमिका निर्वाह गर्दैछन् । यो फिल्मका लागि उनले ११ करोड पारिश्रमिक बुझेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसअघि उनले हरेक फिल्ममा ३ देखि ४ करोडसम्म पारिश्रमिक लिने गरेका थिए । ‘तान्हाजी’ को सफलतापछि उनले पारिश्रमिक बढाएको बताइएको छ । यतिबेला सैफ फिल्म […]

पृथ्वीकै सबैभन्दा गहिरो भागमा पुगेर चीनले रच्यो इतिहास

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on पृथ्वीकै सबैभन्दा गहिरो भागमा पुगेर चीनले रच्यो इतिहास.

महासागरको सबैभन्दा गहिरो भाग हो मारियाना ट्रेन्च । नेशनल जियोग्राफिकका अनुसार मारियाना ट्रेन्चको अधिकतम गहिराइ ११ हजार ३४ मिटर रहेको छ । त्यसैले मारियाना ट्रेन्चलाई पृथ्वीकै सबैभन्दा गहिरो भाग पनि भन्न सकिन्छ । छिमेकी मुलुक चीनले मारियाना ट्रेन्चको सबैभन्दा गहिरो भागसम्म पुगेर नयाँ राष्ट्रिय रेकर्ड कायम गरेको छ । चिनियाँ पनडुब्बीमा बसेर ३ जना गोताखोरहरु […]

कलाकार आसिफ बसराले गरे आत्महत्या

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on कलाकार आसिफ बसराले गरे आत्महत्या.

बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको केही समयपछि अर्का कलाकार आसिफ बसराले पनि आत्महत्या गरेका छन् । ५३ बर्षका यी कलाकारले हिमाञ्चल प्रदेशको धर्मशाला मेक्लोडगंजमा आत्महत्या गरेका हुन् । उनको आत्महत्याको कारण पनि खुलेको छ । भारतीय मिडियाका अनुसार, उनी डिप्रेशनमा थिए । प्रहरीले कुनै पनि सुसाइड नोट फेला पारेको छैन । उनी, आत्महत्या […]

रिपब्लिकन नेताले छाड्न थाले ट्रम्पको साथ

Published: in विश्व समाचार by . Leave a Comment on रिपब्लिकन नेताले छाड्न थाले ट्रम्पको साथ.

जो बाइडेनसँग अमेरिकाको राष्ट्रपतिमा पराजित भएका डोनाल्ड ट्रम्पको साथ उनकै पार्टी रिपब्लिकनका नेताले छाड्न थालेका छन् । साथ छाडेर उनलाई हार स्वीकार गर्न सन्देश दिए पनि ट्रम्पले भने अझै हार अस्वीकार गर्दै आइरहेका छन् । ट्रम्पको साथ छाड्दै उनीहरुले जो बाइडेनलाई साथ दिन थालेका हुन् । तर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई शपथ अघिको […]

अक्सफोर्डको चार करोड कोरोना खोप उत्पादन गर्दै भारतीय कम्पनी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अक्सफोर्डको चार करोड कोरोना खोप उत्पादन गर्दै भारतीय कम्पनी.

एजेन्सी । अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले निर्माण गरिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको चार करोड डोज भारतीय कम्पनी सेरुम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्ने बताएको छ । बिहीबार कम्पनले अब छिटै नै खोप निर्माणको काम सुरु गर्ने बताएको छ । यद्यपि त्यसका लागि कम्पनीले नियामकको अनुमति पाउन बाँकी छ । सेरुमका अनुसार भारतमा कम्पनीले एक्स्ट्राजेनेकाको […]