Sajhamanch Archive

तालिबानको आक्रमणमा चार प्रहरी मारिए

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on तालिबानको आक्रमणमा चार प्रहरी मारिए.

एजेन्सी। अफगानिस्तानको दक्षिणी कान्धाहार प्रान्तमा विद्रोही तालिबान समूहले गरेको आक्रमणमा चारजना प्रहरी मारिएको सुरक्षा स्रोतले जनाएको छ । पाकिस्तानसँगको सीमास्थित प्रहरी जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताइएको छ । अफगान सरकारसँग वार्ताको तयारी हुँदै गर्दा तालिबान समूहले घातक आक्रमण गरेको हो । गत फेब्रुअरी २९ मा तालिबान र संयुक्तराज्य अमेरिकाबीच अफगानिस्तानमा शान्ति बहाली गर्नेसम्बन्धी […]

११६ वर्ष पुरानो अनौठो घडी, जसले वर्षमा केवल एक दिन सही समय बताउँछ

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on ११६ वर्ष पुरानो अनौठो घडी, जसले वर्षमा केवल एक दिन सही समय बताउँछ.

हामीले सही समय थाहा पाउनका लागि घडी प्रयोग गर्छौं। यद्यपि अहिले डिजिटल ग्याजेटको समयमा हातमा घडी लगाउनेहरुको संख्या घटिरहेको छ । तथापि संसारमा समयको प्रवाह चलुन्जेलसम्म घडीको अस्तित्व सदैव रहिरहन्छ । प्रविधिको विकाससँगै अत्याधुनिक घडीहरुसमेत बनेका छन् जो हजारौँ वर्षसम्म एक सेकेण्ड पनि छिटो वा ढिलो हुँदैनन् । तर यो दुनियामा एउटा यस्तो घडी पनि […]

कोरोनाले हरेक १५ सेकेण्डमा एक जनाको मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले हरेक १५ सेकेण्डमा एक जनाको मृत्यु.

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट हरेक २४ घण्टामा ५ हजार ९०० जनाको मृत्यु भइरहेको पाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबारसम्म लिइएको पछिल्लो दुई साताको आँकडाका आधारमा यो नतिजा निकालिएको हो । यसआधारमा हेर्दा एक घण्टामा २४६ र प्रति १५ सेकेण्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ । जोन्स हापकिन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमणबाट […]

डब्ल्यूएचओले जारी गर्‍यो बालबालिकाका लागि मास्क लगाउने नयाँ नियम

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on डब्ल्यूएचओले जारी गर्‍यो बालबालिकाका लागि मास्क लगाउने नयाँ नियम.

एजेन्सी । विश्व स्वास्थ्य संठनले कोरोनाभाइरस महामारीमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ । डब्ल्यूएचओले जुन -जुन देशमा वयस्कका लागि जे जस्तो नियम लागू गरिएको छ त्यहि नियम १२ वर्ष माथिका बालबालिकामा पनि लागू गर्नुपर्ने निर्देशन दिएको छ । शीर्ष स्वास्थ्य अधिकारीले बालबालिकाले कति मात्रामा भाइरस फैलाउँछन् भनेर […]

दुई वर्षभित्र कोरोनाभाइरसको महामारी अन्त्य हुनसक्छ : डब्लूएचओ प्रमुख

Published: in विश्व समाचार by . Leave a Comment on दुई वर्षभित्र कोरोनाभाइरसको महामारी अन्त्य हुनसक्छ : डब्लूएचओ प्रमुख.

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोनम घेब्रेसियसले दुई वर्षभित्र कोरोनाभाइरसको महामारी अन्त्य हुने आशा व्यक्त गरेका छन् । शुक्रबार जेनेभामा आयोजित कार्यक्रममा बोल्दै उनले सन् १९१८ को स्पेनिस फ्लु पनि दुई वर्ष भित्र नै अन्त्य भएको जिकिर गरे । तर, अहिलेको प्रविधिको विकासले विश्वले भाइरसलाई सो समयभन्दा चाँडो नै रोक्न सक्ने […]

कोरोनाले विश्वमा ८ लाख २ हजारको मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले विश्वमा ८ लाख २ हजारको मृत्यु.

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख २ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख २ हजार ३६३ को मृत्यु भइसकेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । हालसम्म विश्वमा संक्रमितको संख्या […]

क्‍वारेन्टिनमा रहेका व्यक्तिलाई अँगालो हालेको भन्दै एकजनालई जेल सजाय

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on क्‍वारेन्टिनमा रहेका व्यक्तिलाई अँगालो हालेको भन्दै एकजनालई जेल सजाय.

एजेन्सी । न्युजिल्यान्डमा क्‍वारेन्टाइनको नियम उल्लंघन गरेको भन्दै ३३ वर्षीय पुरुषलाई ६ हप्ताका लागि जेल सजाय तोकिएको छ । यस महिनाको सुरुवातमा जेसी कोर्टनी वेल्स अस्ट्रेलियाबाट आएर अकल्यान्डस्थित क्‍वारेन्टिनमा रहेका आफ्नो साथीलाई भेट्‍न त्यहाँ पुगेका थिए । न्युजिल्यान्डको नियमानुसार कुनै आफन्त तथा साथीभाइलाई भेट्‍न क्‍वारेन्टिनमा जानु हुँदैन । न्युजिल्यान्डको एक अदालतका न्यायाधीशले क्‍वारेन्टिनमा जानु नै […]

दुनियाँका चार देश, जहाँ पुलिससँग हतियार हुँदैन, तर पनि छैन अपराध

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on दुनियाँका चार देश, जहाँ पुलिससँग हतियार हुँदैन, तर पनि छैन अपराध.

एजेन्सी । नागरिकको जीउधन तथा देशको सम्पत्तिसमेतको सुरक्षा गर्ने र कानुनी व्यवस्था र शान्ति सुरक्षा कायम गराउनका लागि जुनसुकै देशमा पनि पुलिसलाई जिम्मा दिइएको हुन्छ । यस्तो कार्यका लागि स्वभावतः पुलिसलाई हतियार चाहिन्छ । शान्ति सुरक्षा कमजोर भएका देशहरुमा पुलिसहरु हतियारले सुसज्जित भएर गस्तीमा निस्कन्छन् ता कि अपराधीहरु तर्सियुन् । तर यो दुनियाँमा यस्ता केही […]

लिबियामा जहाज दुर्घटनामा पाँच बालबालिकसहित ४५ जना आप्रवासी शरणार्थीको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on लिबियामा जहाज दुर्घटनामा पाँच बालबालिकसहित ४५ जना आप्रवासी शरणार्थीको मृत्यु.

लिबियामा यसै हप्ता भएको पानी जहाज दुर्घटनामा पाँच बालबालिकासहित ४५ जना भन्दा बढी आप्रवासी र शरणार्थीहरुको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सीका अनुसार यस वर्ष लिबियामा भएको सबैभन्दा भयानक दुर्घटनामा ती व्यक्ति मारिएका हुन् । उनीहरु सवार पानी जहाज सामुद्रिक ज्वारभाटाका कारण किनारामा बिस्फोट भएको थियो । जहाजमा सवारमध्ये ३७ जनाको स्थानीय माझीहरुले जिवितै […]

रक्सी नखाइकन मात लाग्ने रोग, छोरीको ‘दिसा खुवाएर’ गरियो उपचार

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on रक्सी नखाइकन मात लाग्ने रोग, छोरीको ‘दिसा खुवाएर’ गरियो उपचार.

एजेन्सी । अमेरिकामा एकजना पुरुषलाई यस्तो समस्या थियो कि रक्सी नखाइकन पनि उनलाई रक्सीको नशा लाग्दथ्यो । ती व्यक्ति एउटा दुर्लभ स्वास्थ्य समस्याबाट पीडित थिए । गट फर्मेन्टेसन सिन्ड्रोम अर्थात् अटो ब्रुअरी सिन्ड्रोम भनिने उक्त रोग भएका मानिसले खाएका खानेकुराहरु पेटमा पुगेपछि आफै फर्मेन्टेड भएर अल्कोहलको उत्पादन हुने गर्दछ । त्यस्ता व्यक्तिहरुको पेटमा अत्यधिक मात्रामा […]