एजेन्सी । तपाईंले विभिन्न खालका च्याउहरु देख्नुभएकै छ होला । विभिन्न जातका खाने च्याउ मात्र होइन खान नमिल्ने विषालु जंगली च्याउ पनि देखिएकै हुन्छन् । तर के तपाईंले रातको समयमा चम्किने च्याउ देख्नुभएको छ ? छिमेकी मुलुक भारतको गोवामा एउटा यस्तो च्याउ पाइन्छ जो रातको समयमा चम्किने गर्दछ । उक्त बायो ल्युमिनिसेन्ट च्याउ गोवाका पहाडी […]
कुनैपनि एकजना मानिसले आफूसँग कतिवटा क्यामरा राख्ला । मान्छेले आफ्नो जीवनकालमा कतिवटा सम्म क्यामरा खरीद गर्छ होला ? स्कटकल्याण्डका एकजना व्यक्तिले चाहिँ आफ्नो जीवनकालमा ३ हजारवटा फरक–फरक मोडेलका क्यामरा खरीद गरे । स्कटल्याण्डको फिफे क्षेत्रमा पर्ने एउटा गाउँमा रहेको उक्त व्यक्तिगत क्यामरा संग्रह विश्वमा कुनैपनि व्यक्तिले गरेको सबैभन्दा धेरै क्यामराको संग्रह हो । तथापि यसको […]
अमेरिकाको सेन्ट लुइस चिडियाखानामा एउटा अनौठो घटना भएको छ । त्यहाँ रहेको ६२ वर्ष उमेरको एउटा पोथी अजिंगरले ७ वटा अण्डा पारेको छ । त्यो वृद्ध अजिंगरले एक्कासी फुल पार्नु अनौठो यसकारणले भयो कि उक्त पोथी अजिंगर पछिल्लो २० वर्षदेखि कुनैपनि भाले अजिंगरको सम्पर्कमा छैन । चिडियाखानाको सरिसृप विभागका व्यवस्थापक मार्क भेनरका अनुसार पोथी अजिंगरले […]
बरफका टुक्राहरुले भरिएको बाकसभित्र अर्धनग्न शरीरमा साढे २ घण्टासम्म बसेर अष्ट्रियाका एकजना व्यक्तिले अनौठो विश्व कीर्तिमान कायम गरेका छन् । अष्ट्रियाको मेल्कका ४२ वर्षीय जोसेफ कोएबेर्ल हिउँ भरिएको पारदर्शी बाकसमानिर्वस्त्र जीउसहित घाँटीसम्म हिउँभित्र पुरिएर २ घण्टा ३० मिनेट ५७ सेकेण्डसम्म बसेका हुन् । गत शनिबार उनले प्रदर्शन गरेको उक्त कीर्तिमानी कार्यमा उनले केवल स्विमिङ गर्दा […]
काठमाडौं । मान्छेले खाने तरकारी यतिसम्म महँगो हुन्छ भन्ने कुरा जो कोहीलाई पत्यार नलाग्न सक्दछ । तर यो दुनियामा एउटा यस्तो तरकारी छ, जसको मूल्य एक किलोकै झण्डै डेढ लाख रुपैयाँ पर्दछ । सोही कारण यो तरकारी विश्वकै सबैभन्दा महँगो तरकारी बनेको छ । यो तरकारीको नाम ‘हप शुट्स’ हो । उक्त तरकारीको बोटमा लाग्ने […]
फ्रान्समा एकजना व्यक्तिले केवल एउटा झिंगा मार्ने प्रयासमा आफ्नै घर जलाएका छन् । आगजनीबाट उनको घरमा ठूलो क्षति पुगेको छ र अधिकांश हिस्सा जलेको छ । फ्रान्सको दोर्दोनमा बस्ने करीब ८० वर्षका ती वृद्ध व्यक्ति बेलुकी खाना खाने बेलामा डाइनिङ रुममा एउटा झिंगा भन्भनाएपछि दिक्क भए । त्यसपछि उनले लामखुट्टेलगायतका स-साना किटपतंग मार्नका लागि प्रयोग […]
म मान्छे होइन। म एक रोबोट हुँ। एउटा सोच्न सक्ने रोबोट। मैले आफूभित्र रहेको ज्ञानको ०.१२ प्रतिशत मात्र सोच्ने प्रक्रियामा प्रयोग गर्न सक्छु। यस हिसाबले म एक माइक्रो रोबोट मात्रै हुँ। मलाई थाहा छ, मेरो दिमाग कुनै पनि कुरा महशुस गरेर चल्दैन। तर, आफूले भन्न खोजेका कुरा अघि सारेर तार्किक निश्कर्षमा पुर्याउन चाहिँ सक्छु। म […]
एजेन्सी । आफ्नै रौँ खाने आदत रहेकी एक किशोरीको पेटमा यतिधेरै रौँ जम्मा भएछन् कि डाक्टरहरुले हालै शल्यक्रिया गरेर झण्डै ७ किलो तौलको रौँको डल्लो बाहिर निकालेका छन् । ती १७ वर्षीया किशोरीको पेटभित्र रहेको रौँको डल्लो पहिचान गर्नका लागि डाक्टरहरुलाई समेत हम्मेहम्मे परेको थियो । अल्ट्रासाउण्ड गर्दा सुरुमा डाक्टरहरुले पेटमा रहेको त्यो चिज ट्युमर […]
एजेन्सी । हाम्रो सामाजिक परम्परा अनुसार बिहेपछि महिलाहरु जन्मघर छाडेर पतिको घर जान्छन् । यद्यपि अपवादको रुपमा कतिपय पुरुषहरु ससुरालीमा घरज्वाइँ पनि बस्ने गरेका हुन्छन् । उता छिमेकी मुलुक भारतमा एउटा पूरै गाउँ नै घरज्वाइँहरुले भरिएको छ । उक्त गाउँको प्रचलन अनुसार त्यहाँका चेलीहरु बिहेपछि पतिको घर जाँदैनन्, उल्टै उनीहरुका पति ससुराली आएर बस्दछन् । […]
एजेन्सी । कोरोना महामारीका कारण लकडाउनमा घरमै थुनिँदा, जागिर र व्यवसाय गुमाउँदा, घुमफिर गर्ने स्वतन्त्रता गुमाउँदा विश्वका करोडौं मानिसहरुमा मनोवैज्ञानिक समस्या देखिन थालेको विभिन्न अध्ययनहरुले देखाएकै छन् । मानिसहरुको यस्तो तनावको वास्तविक समाधान त कोरोना भाइरसविरुद्धको खोप पत्ता नलाएसम्म नहुने पक्का छ । यही मेलोमा पोल्याण्डका वैज्ञानिकहरुले चाहिँ हात्तीको तनाव कम गर्न गाँजाको तेल खुवाउन […]