सुन्दा अचम्म लाग्छ तर बास्तबिकता हो, बास्तबिकता के हो भने जनताले भनेको सरकारले मान्ने तर सरकारले भनेको जनताले नमान्ने । कोरोनाबाट बच्न आमनागरिकबाट सरकारलाई तत्काल नाकासिल गर्न र लकडाउन गर्न सुझाव दिए । सामाजिक संन्जाल र मिडिया तात्यो र सरकारले जनताको माग अनुसार लकडाउन गर्यो ।मगलबार बिहानबाट शुरु गरिएको लकलाई उनीहरुले नै उल्लंघन गरेको पाइयो। […]
हाम्रो समाजमा मानिसको सफलता भनेको अचेल रुपैयाँ पैसा कमाउनु वा धन कमाउनु भन्ने बुझिन्छ । मानिसको प्रगति उन्नतिको सूचक पनि आर्थिक आर्जन मानिन्छ । अनि ठूलो मान्छे हुन वा गर्वगर्न लायक विषयवस्तु पनि उही धन सम्पत्ती कै वरिपरि (सेरोफेरो)मा घुमेको हुन्छ । धनको महिमा समाजमा सबैभन्दा माथि छ । तर त्यही धन कसरी आर्जन गरेको […]
बसन्त ऋतुको आगमन सँगै मेलमिलाप र एक आपसमा सद्भाव बांड्ने पर्व फागु (होली) काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी कपडा झुण्डाईएको तीनतले लिङ्गो गाडेपछि विधिवतरुपमा सुरु हुन्छ । राक्षस हिरन्यकश्यपले विष्णुभक्तका छोरा प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी आफ्नै बहिनी होलिकालाई प्रह्लादकासाथ बलिरहेको आगोमा पस्न लगाए तर प्रह्लादलाई केही भएन । होलीका भने अग्निमा जलेर बस्न […]
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको नमूना कृषि फर्ममा लहरेबालीका बारेमा एक दिन तालिम राखिएको थियो । त्यो कार्यक्रममा भाग लिन एकजना महिला आफ्नो ५/६ वर्षे छोरीसहित उपस्थित थिइन् । सानी छोरी ख्याउटे छिन् । उमेर अनुसार उनको शरीरको विकास र वृद्धि नभएको प्रष्टै देखिन्थ्यो । मध्यान्नमा उनले छोरीलाई निकै परको पसलमा पुगेर एउटा चाउचाउ किनिदिइन् र […]
आज फागुन ८ गते, हाम्रा पिताजी पण्डित तोयानाथ रिमालको देहावसान भएको १२औं पुण्यतिथी । २०७६ माघ २६ गते पूर्णिमाको दिन उहाँको असामयिक निधन भयो । आफ्नो सहोदर कान्छो भाइको देहावसान भएको छैटौं दिन उहाँको पनि धामगमन भयो । आफूभन्दा २ वर्ष फरकको कान्छो भाइको देहावसान भएको पाँचौं दिन आफ्नै सहोदर मामाको छोरा बालसखा, सँगसँगै व्यासमा […]
इलाम l ल्होछार अर्थात ल्होसार, जुन शव्द प्रयोग गरे पनि यसले नयाँ वर्षलाई जनाउने हो । यसैले नेपालका आदिवासी जनजातिका विभिन्न समुदायले फरक फरक दिनमा ल्होछार मनाउने प्रचलन बसालेका छन् । तामाङहरुले सोनाम ल्होछार, शेर्पाहरुले ग्याल्वो ल्होसार र तमुहरुले तोला ल्होछार आफ्नो आफ्नो पात्रो र सम्वत अनुसार मनाउने गरेका छन् । यस उपलक्षमा आफ्नो परम्परा, संस्कृति […]
तालिम या औपचारिक कार्यक्रमहरुमा म त्यति धेरै जान रुचाउँदिन । बेला मौका मनमिल्दा साथीहरुसँग जानु अलग्गै कुरा हुन्थ्यो । तर आज लागिरहेछ, मैले तालिम, गोष्ठी र कार्यक्रमहरुमा सहभागी हुन रुचि नराख्दा धेरै कुरा गुमाइरहेकी रहेछु । पछिल्लो पटक माघ १९ गते धुलाबारीमा नारी सञ्चार गृह झापाको आयोजनामा भएको कार्यक्रममा जान पनि हाम्रा सम्पादक कै निर्देशन […]
विद्यार्थी को हो ? यो बुझ्न जरुरी छ । विद्यार्थी भनेको भविष्य कोर्ने कलम बोकेको कर्मवीर हो । विद्यार्थी विकासको अपार सम्भावना हो । विद्यार्थीको विकास, देशको विकास हो । विद्यार्थीले पहाड फोरेर मैदान बनाउने क्षमता राख्दछ । आर्जन गरेको विद्यालाई अर्थ दिने व्यक्ति मात्रै विद्यार्थी हो । विद्यार्थीले पढ्नु मात्रै पर्छ, अन्य अतिरिक्त क्रियाकलापमा […]
भनिन्छ, दिनको संकेत बिहानीले गर्छ । सुन्दर फूल फुलाउनु छ भने बेलैबाट मलजल गर्नुपर्छ । अनिमात्र त्यो फूल राम्ररी फक्रिन्छ, फुल्छ र फूलको औचित्य रहन्छ । हरेक बालबालिका हाम्रा लागिमात्र होइन, समाज तथा राष्ट्रकै लागि महत्वपूर्ण हुन्छन् । प्रत्येक राष्ट्रको भविष्यका कर्णधार अर्थात भोलिको देश निर्माता आजका बालबालिका नै हुन् । मुलुकको भविष्यका उत्तरदायी यिनीहरु […]
हाम्रो समाजमा ज्योतिष शास्त्र र ज्योतिष विद्याको प्रचलन धेरै अघिदेखि चलिआएको छ । बोल्दा झनै उस्तै सुनिनाले समाजमा आम मानिस यी दुवै विद्या एउटै हुन्छ भन्ने मान्यता राख्छन् । वास्तवमा यी दुवै विद्या भिन्नाभिन्नै हुन् । ज्योतिष विद्या वा ज्योतिष शास्त्र Astrology तारा र ग्रहहरुले मानवीय क्रियाकलापलाई व्यापक रुपमा प्रभाव पार्छ भन्ने परम्परागत विश्वास पोषण […]