शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ झारबारिका अन्नि पीडितको घर नेकपा एमालेको भातृ संगठन युवा संघले बनाउन सुरु गरेको छ । बुधबार विहान युवासंघ नेपालका शिवसताक्षी नगर अध्यक्ष फुर्वा तामाङ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य निसा लिम्बु लगायतले संयुक्त रुपमा घरको शिल्यान्यास गरेका हुन् । गएको चैत्र २७ गते राती विद्युत सर्ट […]
झापा । पूर्वपश्चिम राजमार्ग चार लेन विस्तार हुने भएको छ । पूर्व पश्चिम राजमार्गको आधाभन्दा धेरै सडकखण्ड ४ लेनमा विस्तार हुने भएको हो । काँकडभिट्टादेखि बुटवल खण्ड ४ लेनमा विस्तार गर्ने योजनाअनुसार काम शुरु गरिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । ‘पूर्व–पश्चिम राजमार्गलाई ४ लेनमा स्तरोन्नती गर्ने सरकारी योजनाअनुसार २ सडकखण्डको ठेक्का लागेर […]
भद्रपुर । झापाको नगर भद्रपुर नगरपालिका भित्र सार्वजनिक शौचालय बन्ने भएको छ । रोटरी क्लब अफ भद्रपुर र झापाली समाज अष्ट्रेलियाको संयुक्त लगानी तथा भद्रपुर नगरपालिकाको सहयोगमा शौचालय बन्न लागेको हो । समाज तथा क्लवको १५ लाखको लागतमा अबको २ महिना भित्र सम्पन्न गरि सक्ने गरि शिलान्यास गरिएको छ । शौचालय निर्माणले जिल्ला भित्रबाट सरकारी […]
सुरुङ्गा । झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको मंगलबारको खेलबाट दूधे भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा भएको खेलमा दूधेले दमक–लखनपुर भेट्रान क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यो खेलसँगै सेमी समिकरण पनि पूरा भएको छ । दूधेले इटहरीसँग सेमिफाइनलमा भेट पक्का गरेको छ । […]
कमल । कारितास नेपालको आयोजनामा दमकमा तीन दिने बाख्रा, बंगुर र कुखुरा पालन तालिम सुरु भएको छ । दमक नगरपालिका वडा नम्वर ३ र १० को समन्वयमा सञ्चालन भएको तालिकामा सोही वडामा वैदेशिक रोजगारबाट फर्किएर बाख्रा, बंगुर र कुखुरा पालनमा आवद्ध कृषकलाई तालिम प्रदान गरिएको हो । तालिममा क्षमता अभिवृद्धि तथा जनचेतनाको माध्यमबाट अति जोखिमपूर्ण […]
मेचीनगर । नेपाली कांग्रेसले झापा जिल्लाका प्रथम शहीद विश्वनाथ घिमिरेको शालिक निर्माण गर्ने भएको छ । शालिक निर्माण गर्नका लागि नेता राम कट्टेलको अध्यक्षतामा निर्माण समिति गठन गरिएको छ । शहीद विश्वनाथ घिमिरेलाई पंचायतकालमा लोकतन्त्रबादी नेपाली कांग्रेसको नेता भएका कारण षडयन्त्रपूर्ण शैलीबाट ईटाभट्टा नजिक गोली हानी हत्या गरिएको थियो । नेपाली कांगे्रसका क्षेत्रीय सभापति मनि […]
विराटनगर । प्रदेश १ मा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६ महिला र ३१ पुरुष सहित ४७, बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २–२, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ११, […]
झापा । मेची सहकारी संस्थाले एकीकृत सहकारी बस्ती निर्माण सुरु गरेको छ । सहकारीले दमक नगरपालिको वडा नं. ४ मा १ विगाहा १६ कट्ठा जमिनमा बस्ती निर्माण सुरु गरेको हो । २४ वर्ष अघि स्थापित संस्थाले ५२ ओटा एकै प्रकृतिका घर रहने सहकारी बस्ती बनाउन थालेको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका […]
विराटनगर । प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १० महिला र १४ पुरुष सहित २४, सुन्दरहरैचामा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१, झापाको विर्तामोडमा ५, कनकाई र […]
झापा । आज वैशाख ६, झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिन । सोही दिनको स्मरणमा सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ । २०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा आजकै दिन झापाको सदरमुकाम चन्द्रगढीमा नेपाली सेनाको गोली लागेर सहादत प्राप्त गरेका सहिद सुरज विश्वास र राजन […]