शिवसताक्षी । ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा भएको नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगतामा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । गोलोक गोवर्धन गौशाला श्री शताक्षी गुरुकुल को वार्षिक उत्सव गोरक्षा महोत्सवको तेस्रो दिन गौ संरक्षणको महत्व र आवश्यकता बिषयक वक्तृत्वकला प्रतियोगितामा राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयकी छात्रा विद्या सिग्देल प्रथम भएकी […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा ३१ औं लैगिक हिंसा विरुद्धको अभियानको उद्घाटन गरिएको छ । लैगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिबार शिवसताक्षीको नगरपालिकामा उद्घाटन गरिएको हो । नगरको महिला तथा बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रमको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बेनर बाचन गरेर उद्घाटन गरिएकी हुन् । उद्घाटनका क्रममा बोल्दै उपप्रमुख कार्कीले नगर भित्रका महिलाहरुलाई […]
शिवसताक्षी । सिभिल बैंक लिमिटेड दूधे शाखाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । शिवसताक्षीको दूधेमा रहेको उक्त बैंकले १२ औं स्थापना दिवसको अवसरमा स्थानीय श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । शुक्रवार विद्यालयको प्राङ्गणमा बैंकद्वारा आयोजित कार्यक्रमका बीच राष्ट्रिय रमणीय माविमा कक्षा ९मा अध्ययनरत छात्रा हिमाली काफ्लेलाई […]
शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा आज साँझ झिलझिली भएको छ । बालाचतुदशी मेलाका लागि र धार्मिक अनुष्ठानका लागि सताक्षीधामलाई पारेर झिलझिली सिगारिएको हो । धाम विकास समितिले र गोलोक गोबद्र्धन गौशालालले बालाचतुदर्शीका लागि सम्पूर्ण तयारी भएको जनाएको छ। आज साँझ सताक्षीधाममा भजन कीर्तन गरेर रातै भरी जाग्रम बस्ने चलन छ । भोली […]
बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले मंसिर १ गते राती १२ बजेबाट भारतसँग सीमा जोडिएका झापा जिल्लाका सबै सीमा नाकाहरु बन्द हुने जनाएको छ । मसिर ४ गतेको निर्वाचनलाई लक्षित गरी मंसिर १ गते राती १२ बजे देखि ४ गते राती १२ बजेसम्मलाई सम्पूर्ण नाकाहरु बन्द हुने प्रशासनले एक सूचना मार्फत सबैमा जानकारी गराएको छ […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा नमुना मतदान गरिएको छ संघीय र प्रदेश सरकारको निर्वाचन नजिकदै गर्दा शिवसताक्षी नगरपालिकाको कार्यालयमा निर्वाचन आयोगले नमुना मतदात गराएको हो । नमना मतदानमा प्रतिनिधि सभा, प्रदेश सभा, दुवैतर्फका समानुपातिक मतपेटिका राखेर नमुना मतदान गराइएको थियो । निर्वाचनमा खटिने कर्मचारीहरु र अन्यलाई सहभागीता गराई मतदान अधिकृतहरुले खेल्नु पर्ने भूमिकाका बारेमा प्रष्ट […]
डोटी । सुदूरपश्चिमको डोटीमा केन्द्रविन्दु भएर गएराती २ बजेर १२ मिनेटमा आएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६।६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला […]
नयाँदिल्ली । भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । त्यस्तै प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । कर्मचारीलाई […]
झापा । झापा क्षेत्र नं. ४ का नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेद्वार एलपी साँवा राजनीतिज्ञ मात्र होइनन् । उनी समाजसेवी पनि हुन् । समाज रहेका दुःख पीडाबाट गुज्रएका नागरिकलाई पुन जिवन दिनका लागि हरदम लागि रहेका हुन्छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा आफु सांसद रहेका बेला १६ जना मुटु रोगीको निशुल्क उपचार गरिदिएर पुर्नजीवन दिएका […]
काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । तेहेरिक ए इन्साफका अध्यक्ष खानको खुट्टामा गोली लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । केही समयदेखि जारी लङ मार्चका कारण खान चढेको कन्टेनरलाई ताकेर गोली चलाइएको हो । गोली चलाइएपछि उनीसँगै रहेका पार्टीका सांसदसहित चार जना घाइते भएका छन् । पाकिस्तानको वाजिरावादमा भएको र्यालीका […]