धनुषकोटी । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको प्रथम बहुउद्देश्यीय सहकारी संस्थाले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आफ्नो नवौं वार्षिक साधारणसभा झापाको पर्यटकीयस्थल धनुषकोटीमा शनिबार सम्पन्न गरेको छ । ‘सहकारीः गरिबी निवारणको प्रमुख आधार, प्रथमसँगै समृद्धि’ भन्ने नाराका साथ वनभोजसहित आयोजना गरिएको साधारणसभाको उद्घाटन झापा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवाले गरेका थिए […]
शिवसताक्षी। भूमिहीन र सुकुम्बासीहरुको समस्या समाधानका लागि शिवसताक्षीका ६ वटा राजनीतिक दलले विज्ञप्ती जारी गरी नगरपालिकामा बुझाएका छन् । भूमिहीन एवं सुकुम्बासीको समस्या समाधानका लागि शिवसताक्षी नगरपालिकालाई नमूना पालिकाको रुपमा चयन गर्दै नेपाल सरकारको राष्ट्रिय भूमि आयोगले सम्झौताका लागि बोलाउँदा शिवसतासी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा नगएर समस्या समाधानमा बेवास्ता गरेको भन्दै प्रेस विज्ञप्ती मार्फत नगरपालिकामा […]
झापा, नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले गृहजिल्ला झापामा व्यस्त छन्। उनी झापा पुगेर विभिन्न संरचना उद्घाटनदेखि भेटघाटमा लागिरहेका छन्। उनले आइतवार भद्रपुर पुगेर नेपाल निजामती कर्मचारी संगठनको भवन उद्घाटन गरे। त्यसपछि उनले झापाकै झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गरेका छन्। उनी त्यसक्रममा बग्गी चढेर उक्त पार्कमा पुगे। ओलीलाई झापास्थित पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट वाटर किङ्डमसम्म […]
सिमिकोट- लगातारको हिमपातले हुम्लाको तापक्रम माइनस १२ डिग्रीसेल्सिएसभन्दा तल झरेको छ। शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ। एक फिट जमेको हिउँले स्थानीयवासी घर बाहिर निस्कन सकेका छैनन्। हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए। उनले भने, ‘यस वर्षकै ठूलो हिमपात भयो […]
शिबसताक्षी । झापाको शिबसताक्षीका कुखुरा पालक किसानहरुलाई भेट्र्स एण्ड पोल्ट्री सप्लायर्सले शनिबार एक दिने कार्यशाला गोष्टी गराएको छ । स्टार फिड्स ए्न्डस्ट्रिज प्रालिको प्रायोजनमा आयोजना भएको कार्याशला गोष्टीमा शिबसताक्षी नगरका ४० जना किसानहरुको सहभगिता रहेको थियो । पछिल्लो समय कुखुरा पालन ब्यबसाय बिभिन्न कारणले गर्दा खस्किदो अवस्थामा रहेकोले कसरी धेरै भन्दा धेरै मुनाफा आर्जन गर्न […]
झापा । झापाको बाह्रदशी – ३ स्थित राजगढमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । राजगढ पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरको आयोजना र ओम साई पाथीभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर भएको हो । शिविरमा एक सय २४ जनाले निःशुल्क स्वास्थ्य जाँच गराउँदै औषधि समेत लिएका छन् । शिविरमा सुगर,प्रेसर,ग्याष्ट्रिक,दम,थाईराईड,र हाडजोर्नी तथा […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना संक्रमण भएको छ । १६८ जनाको पीसीआर परीक्षण गर्दा ३१ र १६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २४, सुनसरीमा ५, उदयपुरमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण […]
भद्रपुर । दक्षिणी झापाको कचनकवल ३ स्थित पथरिया बगान बजारमा आयोजित रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । बगान युथ क्लब कचनकवलको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा २ जना महिला सहित ४२ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक संयोजनमा गरिएको कार्यक्रम जाडो मौसमका कारण रगत अभाव नरहोस् भनेर रक्तदान गरिएको बगान […]
भद्रपुर । झापा सामुदायिक बचत तथा ऋण सहकारी सस्था लिमिटेड भद्रपुरको १५ औं वार्षिक साधारण सभा तथा अधिवेशनले हरिप्रसाद गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको गरेको छ । ४ वर्षे कार्यकालका लागि सभाले उपाध्यक्षमा भरत पोखरेल ,सचिव टिकाराम उप्रेती, सहसचिवमा मीनप्रसाद पोखरेल, कोषाध्यक्षमा उर्मिला गौतम र सदस्यहरूमा क्रमशः गोमा घिमिरे, निर्मला भट्टराई, गंगा नेपभल, […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सतासीधाम जेसीजको अध्यक्षमा अर्जुन भट्टराई सर्वसम्मत चयन भएका छन् । जेसीजको नवौं साधारण सभा तथा अधिवेशनबाट भट्टराईको अध्यक्षता वर्ष २०२२ का लागि नयाँ कार्यसमिति चयन भएको हो । जसको कार्यकारिणी उपाध्यक्षमा निर्मला प्रधान र विवेक ढकाल सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षहरुमा पदम कुँवर, प्रकाश ढकाल, सागर आम्देम्बे, राजकुमार बस्नेत […]