Sajhamanch Archive

शिवसताक्षीमा सेनेटरी प्याड र डाइपर बनाउने तालिमको समापन, उत्पादन गरेको बस्तुको बजार सुनिश्चित हुनु पर्ने सहभागीहरुको माग

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा सेनेटरी प्याड र डाइपर बनाउने तालिमको समापन, उत्पादन गरेको बस्तुको बजार सुनिश्चित हुनु पर्ने सहभागीहरुको माग.

शिवसताक्षी । झापाको शिवसताक्षी वडा न. ७ चन्द्रडाँगीमा सेनेटरी प्याड बनाउने तालिमको आज समापन गरिएको छ । शिवसताक्षी नगरपालिका ११ वटै वडाहरुबाट ३÷३ जना महिलाहरुलाई सहभागी गराई उक्त तालिम दिइएको थियो । महिलाहरुलाई आत्म निर्भर बनाउन गएको चैत्र १० गते शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेकी थिइन् । तालिममा महिलाहरुलाई आवश्यक पर्ने पुन प्रयोग […]

राजावादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on राजावादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी.

काठमाडौं । मिटर ब्याज पीडितहरुले ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् । ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी रहेको भन्दै मिटर ब्याजी पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरेका हुन् । आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए । बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर […]

शिवसताक्षीमा पाँच दिवशीय मेलमिलाप सम्वन्धि तालिमको समापन

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा पाँच दिवशीय मेलमिलाप सम्वन्धि तालिमको समापन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका र वडाहरुका न्यायिक समितिलाई मेलमिलाप सम्बन्धी ५ दिवशीय तालिमको आज समापन गरिएको छ । शिवसताक्षी नगरका सबै वडाध्यक्षहरु सहित न्यायिक समितिका पदाधिकारीहरुको न्याय सम्पादनमा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ५ दिवशीय तालिमको आयोजना गरिएको तालिमको आज समापन गरिएको हो । समापनका क्रममा बोल्दै शिवसताक्षीन गरपालिकाकी उपप्रमुख नरमाया कार्कीले ५ दिवशीय तालिमकाले न्यायिक […]

छड्के जाँचमा परे ताप्लेजुङका ३ कार्यालय प्रमुख सहित २९ कर्मचारी

Published: in विविधा, समाज by . Leave a Comment on छड्के जाँचमा परे ताप्लेजुङका ३ कार्यालय प्रमुख सहित २९ कर्मचारी.

ताप्लेजुङ्ग । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले यहाँस्थित सरकारी कार्यालयमा गरेको छड्के जाँचमा ३ कार्यालय प्रमुख सहित २९ जना कर्मचारी बिना जानकारी अनुपस्थित रहेको पाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईको नेतृत्वमा गरिएको छड्के जाँचका क्रममा १३ वटा कार्यालयको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा तीन कार्यालयका प्रमुख सहित ४ जना अधिकृत स्तरका कर्मचारी समेत अनुपस्थित […]

विर्तामोड नगरपालिकाको जग्गाको कित्ताकाट खुल्यो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on विर्तामोड नगरपालिकाको जग्गाको कित्ताकाट खुल्यो.

विर्तामोड। बिर्तामोड नगरपालिकाको जग्गा कित्ताकाट खुलेको छ । वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट आज आइतबारबाट खुलेको हो । नगरपालिकाले जग्गा वर्गीकरणका सम्पुर्ण प्रक्रिया पुरा गरेर५ वटा वडाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरलाई फागुन २१ गते पत्राचार गरेको थियो । कित्ताकाटसंगै उक्त वडाहरुको जग्गाको विवरण अद्यावधिक गर्ने कार्यसमेत आजदेखि सुचारु भएको […]

नेपाल स्काउटद्वारा राष्ट्रिय रमणीयका २५ विद्यार्थी दीक्षित

Published: in विविधा, समाज by . Leave a Comment on नेपाल स्काउटद्वारा राष्ट्रिय रमणीयका २५ विद्यार्थी दीक्षित.

शिवसतक्षी । झापा शिवसताक्षी नगरपालिका दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माविका २५ जना विद्यार्थीहरु दीक्षित भएका छन् । नेपाल स्काउट शिवसताक्षीले आज एक कार्यक्रम गरी राष्ट्रिय रमणीयका विद्यार्थीहरुलाई दीक्षित गराएको हो । नेपाल स्काउट शिवसताक्षीका संयोजक डिगम पराजुली, विद्यालयका निमित्त प्रअ लालमणी सुवेदी, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले विद्यार्थीहरुलाई व्याज लगायतका सामाग्रीहरु वितरण गरेका […]

शिवसताक्षीको टाँसी छोलिङ्ग बौद्ध गुम्बामा बौद्ध धर्मालम्बीहरुको ञ्युङने ब्रत सुरु

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको टाँसी छोलिङ्ग बौद्ध गुम्बामा बौद्ध धर्मालम्बीहरुको ञ्युङने ब्रत सुरु.

शिवसताक्षी । झापाको शिवसताक्षीमा बौद्ध धर्मालम्बीहरुले ञ्युङ्ने ब्रत सुरु गरेका छन् । शिवसताक्षी १० स्थित माइधाममा रहेको टाँसी छोलिङ्ग बौद्ध गुम्बाको आयोजनामा चैत्र १ गतेबाट ४ गतेसम्ममा बौद्ध धर्मालम्बीहरुले ब्रत सुरु गरेका छन् । आज पहिलो दिन गुरुहरुबाट ब्रतको उद्देश्य र औचित्यका बारेमा प्रवचन र भोलीदेखि लगातर तीन दिन मौन ब्रत बसिने टाँसी छोलिङ्ग बौद्ध […]

रिटर्नी फेडेरेसन नेपाल, कोशी प्रदेश अधिवेशन सम्पन्न

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on रिटर्नी फेडेरेसन नेपाल, कोशी प्रदेश अधिवेशन सम्पन्न.

इटहरी । रिटर्नी फेडेरेसन नेपाल कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले जनसंगठन रिटर्नी फेडेरसनको अधिवेशनले कोशी प्रदेश कमिटी अध्यक्षमा टिएन बराल सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा धर्मेन्द्र खडका, रेखा रेग्मी, एकराज सापकोटा, सचिवमा बुद्दिराज लिम्बू , उप सचिवहरुमा ज्ञानमणी दाहाल, कोषाध्यक्षमा उमा सेडार्इ सर्वसम्मत चयन भएका हुन्  सदस्यहरु […]

रिटर्नी फेडेरेसन जिल्ला कार्य समिति झापाको प्रथम अधिवेशन, अध्यक्षमा भण्डारी

Published: in विविधा, समाज by . Leave a Comment on रिटर्नी फेडेरेसन जिल्ला कार्य समिति झापाको प्रथम अधिवेशन, अध्यक्षमा भण्डारी.

विर्तामोड । रिटर्नी फेडेरेसन नेपालको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले जनसंगठन रेटर्नी फेडेरेसनको झापा जिल्ला अध्यक्षमा खड्ग भण्डारी चयन भएका छन् । उपाध्यक्षमा अम्बिका प्रसाई, तीलबहादुर बस्नेत, सचिवमा विनोद चौहान, सहसचिवमा बलराम अर्याल र भानुभक्त चुडाल, कोषाध्यक्षमा गोमा न्यौपाने उप्रेती सर्वसम्मत चयन भएका हुन् । त्यस्तै अधिवेशनले सदस्यहरुमा गीता खरेल, कुवेरप्रसाद […]

बालसेवाका २८ स्काउट विद्यार्थी दीक्षित

Published: in विविधा, शिक्षा, समाज by . Leave a Comment on बालसेवाका २८ स्काउट विद्यार्थी दीक्षित.

शिवसताक्षी । झापाको शिबसताक्षी–७ फाक्तेप स्थित बालसेवा आधरभूत विद्यालयको २८ जना स्काउट विद्यार्थी दीक्षित भएका छ्न ।आज विद्यालय  प्राङ्गणमा आयोजित बालसेवा स्काउट ट्रुप दीक्षान्त समारोहमा उनिहरुलाइ दीक्षित गरिएको हो । विद्यालयका प्रधानध्यापक बेनुप्रसाद कार्किको अध्यक्षता तथा नगर उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यतामा स्काउट दीक्षान्त समारोह सम्पन्न भएको हो । विद्यालयका स्काउटर शिक्षक सन्तोष खत्रीका अनुसार […]