शिवसताक्षी । शिवसताक्षी नगरपालिकाकी प्रशासकीय अधिकृत गीताकुमारी राई र सह लेखापाल राजेन्द्र ढुंगानालाई विदाई गरिएको छ । अधिकृत राईको अर्जुनधारा नगरपालिकामा सरुवा भएपछि उनलाई एक कार्यक्रमका बीच आज विदाई गरिएको हो । यता ढुङ्गाना भने सिद्धिचरण नगरपालिका ओखलढुङ्गा सरुवा भएका छन् । राई २०७६ चैत्र २६ गतेदेखि शिवसताक्षी नगरपालिकामा झापाकै पहिलो महिला प्रशासकीय अधिकृतको रुपमा […]
काठमाडौँ । ‘तपाईंको आमासँग मिल्ने नाम भएकी एक महिला साउदीको जेलमा हुनुहुन्छ । तपाईंको आमा हो कि अरू नै, एक पटक आएर भेट्नुपर्यो ’ नवलपरासीका सुनील गुरुङलाई साउदी अरबस्थित नेपाली दूतावासका द्वितीय सचिव भरत खनालले २०७५ फागुनको एक दिन फोनमा भने । सुनील साउदी अरबको प्रमुख औद्योगिक सहर दमाममा काम गरिरहेका थिए । उनी डेढ वर्षअघि मात्रै त्यहाँ […]
काठमाडौं । सर्वोच्च अदालतका पूर्व(प्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पूर्व(अध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ। न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो। अभियानका अध्यक्ष अधिवक्ता […]
काठमाडौं, विसं २०७२ को भूकम्पका कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम सम्पन्न भएको छ । उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको रु ११ करोड ५० लाख सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको हो । आगामी माघ २ गते भूकम्प दिवसका दिन उद्घाटनको तयारी भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । उद्घाटनकै दिन […]
कमल । झापाको कमल गाउँपालिकाले वडा नम्वर ४ ले आफ्नो वडालाई वाल विवाह मुक्त वडमा रुपमा घोषणा गर्ने अभियानलाई तिव्रता दिएको छ । आफ्नो वडाका कुनैपनि वालवालिकाले २० वर्ष भन्दा कम उमेरमा विवाह नगरुन् भन्ने उद्देश्यले वडामा भएका प्रत्येक टोलमा पुगेर टोल वासिलाई वाल विवाह भुक्त टोल घोषणा र प्रतिवद्धता गराउने अभियान थालेको हो । […]
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज आन्तरिक उडान भइरहेको जनाएको छ । बिहीबार मौसममा क्रमिक सुधार भइरहेकाले काठमाडौंबाट हुने आन्तरिक उडान नियमित भइरहेको कार्यालयले जनाएको छ । बुधबार प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुनुपर्ने १३० वटा दुईतर्फी उडान स्थगीत भएको थियो । आन्तरिक उडान गर्दै आएका नौ वटा वायुसेवाले बुधबारका लागि २७२ वटा उडान […]
सुरुङ्गा । पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । झापाको कनकाई वडा नं. १ र २ लाई कार्यक्षेत्र बनाएर २०५२ मा जामुनबारी सामुदायिक वन स्थापना गरी २०५६ बाट जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका रुपमा संचालनमा आएको यस […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण भएको छ । ३०५ जनाको पीसीआर परीक्षण गर्दा ८ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ३–३ र सुनसरीमा २ जनामा संक्रमण देखिएको हो । मोरङको […]
बिर्तामोड । रोटरी क्लव अफ विर्तामोड मिडटाउनको आठौं तथा रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनको सातौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । विर्तामोडस्थित आदर्श ब्याङ्क्वेट पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथि रिजनल रोटरी फाउण्डेशन कोअर्डिनेटर वासुदेव गोल्यानले रोटरी क्लव अफ विर्तामोड मिडटाउनका सन् २०२१÷२०२२ का प्रेसिडेन्ट दिनेशकुमार पोखरेललाई रोटरीको कलर पहिर्याएर पद हस्तान्तरण गराउनुका साथै […]
काठमाडौं, मौसममा आएको बदलीका कारण काठमाडौंबाट हुने आन्तरिक उडान बुधबार प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका कर्मचारीले सोलुखुम्बुको लुक्ला र पोखरामा उडान हुन नसकेको जनाएको छ । मङ्गलबार रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले हवाई उडान प्रभावित भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । त्यस्तै, नेपाल एयरलाइन्सले प्रतिकूल […]