डडेल्धुरा – डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा परेको हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध बनेका छन् । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध छ । हिउँ परेपछि तराई–पहाडका जिल्लाका लागि गुडेका सवारीसउाधन राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेको बताइएको छ […]
काठमाडौँ – काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज (बुधबार) बिहान वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो । वर्षा र हिमपातसँगै चिसो झनै बढेको छ । दिउँसो पनि मौसम प्रतिकूल हुने आँकलन […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा १२ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापा र सुनसरीमा १–१ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा […]
लुम्बिनी । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक लुम्बिनीमा सुरू भएको छ । नेकपा एमालेका उपमहासचिव तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वी सुब्बा गुरूङको प्रमुख आतिथ्यमा बैठक सञ्चालन भएको हो । संगठनको बैठकमा हालै मनोनित केन्द्रीय सदस्यहरूलाई संगठनका अध्यक्ष गणेश बस्नेतले सपथ गराएका छन् । बैठक उद्घाटन समारोहमा पार्टीका नेताहरू पृथ्वी सुब्बा गुरूङ, भानुभक्त ढकाल, […]
काठमाडौँ- प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । काठमाडौँको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले दुबैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए । उनका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको […]
शिवसताक्षी । झापा शिवसताक्षी ११ स्थित दूधे खोलाले कटान गरेको स्थानमा तटबन्धन गरिएको छ । वडा नं ११ पञ्चकन्या टोल पूर्व दूधे खोलाले कटान गरेको क्षेत्रमा २ सय मिटर तटबन्धन गरिएको हो । आर्थिक वर्ष २०७७ ÷७८ मा ११० मिटर र चालुवर्ष ९० मिटर तटबन्धन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । खोलाको कटान क्षेत्रमा ४ […]
विर्तामोड । नेपाल प्रेस युनियन झापाले स्थापना गरेको अक्षयकोषका लागि दुईजना सामाजिक ब्यक्तित्वबाट ३६ हजार १०५।– रुपैया सहयोग प्राप्त भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाली जनसम्पर्क समितिका अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरी एवं अष्ट्रेलिया जनसम्पर्क समितिको तर्फबाट २५ हजार रुपैयाँ एवं नेपाली कांग्रेस क्षेत्र नं–२ प्रदेश (ख) का उपसभापति गंगाप्रसाद मैनालीले अक्षयकोषका लागि […]
विर्तामोड । स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको १४ बार्षिक साधारणसभा तथा दोस्रो एकीकरणसभा र माइन्युट प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ठ शाखा, उत्कृष्ठ कर्मचारीहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ठ सेवा केन्द्रका रुपमा २१ वटा सेवा केन्द्र […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण भएको छ । ३२९ जनाको पीसीआर परीक्षण गर्दा ७ जना र ७० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा ५, मोरङ र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो । झापाको भद्रपुरमा २, हल्दिबारी, […]
कनकाई । झापाको बाह्रदशी—७ स्थित पशुपति आधारभूत विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि विद्यालयका पूर्व विद्यार्थी समेत रहेका सुरुङ्गाका एक तिम्सिना परिवारले शैक्षिक सामाग्री सहयोग गरेका छन् । वि.सं.२०२१ मा स्थापना भएको यस विद्यालयका संस्थापक सेक्रेटरी अभिनारायण तिम्सिनाका छोरा कनकाई—३, सुरुङ्गा निवासी नरप्रसाद र नाती प्रविण तिम्सिनाका तर्फबाट विद्यालयकालागि अत्यन्तै उपयोगी सामाग्री हस्तान्तरण भएको हो । विद्यालयमा […]