विर्तामोड । झापाको बिर्तामोड–४ स्थित बिजुली अफिस अगाडि जयन्ती लाइट हाउस सञ्चालनमा आएको छ । भद्रपुर रोड स्थित बिजुली अफिसको अगाडि बिर्तामोडका युवा व्यवसायी विवेक अग्रवाल र निलम अग्रवालले करीब २ करोड बढिको लगानीमा उक्त लाइट हाउस सञ्चालनमा ल्याएका हुन् । शुक्रबार एक संक्षिप्त कार्यक्रमकाबिच २०४६ सालदेखि झापाको बिर्तामोडमा इलेक्ट्रोनिक्स सामाग्रीको व्यापार गर्दै आएका लाइट […]
शिवसताक्षी । झापाको मेचिनगर ६ काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो शेयर सदस्यको मुटुको अपरेशनमा सहयोग गरेको छ । एनएमसी केरखाका एक सदस्यलाई मुटुको अपरेशन गर्न २५ हजार राहत सहयोग प्रदान गरेको हो । एनएमसी सहकारीकोे कमल ३ मा रहेको केरखा शाखा अन्र्तगत शेयर सदस्य खडग् बहादुर मैनालीको संस्थामा ६ […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा ११ र १२१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा ५, मोरङमा ३, झापामा २ र प्रदेश १ बाहिरका एक जनामा संक्रमण […]
कनकाई । ज्येष्ठ नागरिक संघ कनकाई ७ ले एक विशेष कार्यक्रमका विच ज्येष्ठ मातापितालाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकहरुको हकहित एवम् संरक्षणकालागि सहजीकरण गर्दै आएको ज्येष्ठ नागरिक संघको वार्षिक कार्यक्रम अन्तर्गत ज्येष्ठ मातापिता सम्मान गरिएको बताइएको छ । वडास्तरीय ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सम्मानित हुनेहरुमा धर्मानन्द संग्रौला(९३), डिल्लीराम थपलिया(८९), कपिलमुनी भुुजेल(८६), लक्ष्मीमाया मगर(८५), टिकाराम […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा चासोक तङ्नाम २०७८ भव्य रुपमा मनाईने भएको छ । आउँदो पौष ४ गते शिवसताक्षीको दूधे रंगशालामा चासोक तङ्नामको भव्य आयोजना गरी मनाउने आयोजक किँरात याक्थुङ चुम्लुङ शिवसताक्षीले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । याक्थुङ चुम्लुङ शिवसताक्षीले विगत २०७३ सालदेखि दूधेमा धुमधामका साथ लिम्बु जातिहरुको पर्व चासोक तङ्नाम मनाइदै आएको […]
भद्रपुर । भद्रपुर १० चन्द्रगढी स्थित हनुमान टोलको पहिचान स्वरूप निर्मित हनुमान मन्दिर र मेची लोकमार्गका यात्रुका लागि निर्माण गरिएको यात्रु प्रतीक्षालयको उद्घाटन गरिएको छ । हनुमान मन्दिर र यात्रु प्रतीक्षालयको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ तथा गोलोक गोर्वधन गौशाला सतासीधामका संरक्षक नन्दकिशोर सम्युक्त रूपमा उद्घाटन गरेका हुन् । टोलका बासिन्दाको पहलमा विभिन्न दाताहरुको सहयोग […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ८–८ र सुनसरीमा एक जनामा संक्रमण देखिएको हो । झापाको […]
जनकपुरधाम, जनकपुरधाममा सप्ताहव्यापीरूपमा हर्षोउल्लासका साथ मनाइने विवाहपञ्चमी महोत्सवको पाँचौ दिन मंगलबार गंगासागर पोखरीमा मटकोर हुुँदैछ । त्रेतायुगमा भगवान श्रीराम र सीताको विवाह भएको स्मृतिमा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाइन्छ । विवाहपञ्चमी महोत्सवअन्तर्गत आज पाचौँ दिन जानकीको मटकोर विधि हुनेछ । आज हुने मटकोर विधि गंगासागर पोखरीमा हुनेछ । हिजो चौथो दिन तिलकोत्सव विधि धुमधामका […]
बैतडी, बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो । जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफासिर गर्ने तयारी हुँदै गर्दा मृत्यु भएको इलाका प्रहरी […]
भद्रपुर । भद्रपुर नगरपालिकाले नगर क्षेत्रका चार जना पत्रकारलाई नगद सहित पुरस्कृत गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमको अवसरमा पत्रकार राजबाबु शंकर, रोहित काफ्ले, पार्थ मण्डल र लोकबहादुर कुँवरलाई नगदसहित सम्मान गरेको हो । पत्रकार शंकर र काफ्लेलाई जनही नगद रू १५ हजारसहित ‘नगर विकास पत्रकारिता पुरस्कार’ र […]