काठमाडौं । नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकमले पहिलोपटक फाइभजी परीक्षणको अनुमति पाउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षणको थाल्ने निर्णय गरेको हो । समितिले नेपालमा कुन–कुन फ्रिक्वेन्सीमा फाइभजी चलाउन अनुमति दिने भनेर निर्णय भने गरेको छैन । सञ्चार सचिव हरिप्रसाद बस्यालका अनुसार समितिले […]
काठमाडौं । आजदेखि पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर मुलुक घोषणा भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज जावलाखेलमा आयोजित एक कार्यक्रममा धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गरेका हुन्। धुलो दूध, बटर, मासु र अण्डा आयात शून्यमा झरेको र नेपालमा भएको उत्पादन नै पर्याप्त हुने गरेको […]
बिर्तामोड । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ४ का रेशम माझीले महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनीमा जीवन हेरचाह शीर्षकमा बीमा गरेका थिए । ५ लाख रुपैयाँको बीमा अन्तरगत पहिलो बीमाशुल्क तिरेको १२ दिनपछि नै करेन्ट लागेर उनको मृत्यु भयो । अब उनका श्रीमती र बालबच्चाको हेरचाहको जिम्मा महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनीमा सरेको छ । बीमा कम्पनीको […]
बिर्तामोड । झापाको दमकमा २०६४ सालमा सेवा आरम्भ गरेर स्थापित बनेको डाँफे बचत तथा ऋण सहकारी संस्थासँग बिर्तामोड नगरपालिका वडा नं. ४ मा सञ्चालित अरनिको बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड ५ मा सञ्चालित त्रिशक्ति बहुउद्देश्यीय सहकारी संस्था एकीकरण गरिएको छ । राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा बुधबार बिर्तामोडमा आयोजित […]
काठमाडौं । एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिकटन युरिया मल खरिद गर्न ठेक्का सम्झौता गरेको छ । जोशी बिज हाउस नामक मल सप्लायर्ससंग ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न मंगलबार ठेक्का सम्झौता भएको कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताए । उनका अनुसार जोशी बिज […]
काठमाडौं । स्मार्ट कार्डको अभावले सवारी चालक अनुमति पत्र लाइसेन्स छपाई कार्य बन्द भएको छ । स्मार्ट कार्डको अभावमा छपाई बन्द भएको हो । स्मार्टकार्ड नहुँदा ३ लाख १० हजार सवारी लाइसेन्स यातायात व्यवस्था विभागमै थन्किएका छन् । यद्यपि, विदेश जानका लागि अत्यावश्यक छपाई भने गरिँदै आएको विभागले जनाएको छ । ‘स्टक’मा राखिएका ‘स्मार्टकार्ड’ सकिँदा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ४५ करोड बराबरको रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ। बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ। बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै तोकिएको सीमाभित्र रही […]
काठमाडौं । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रको श्रमिक नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, संस्कृति, पुरातात्विक, कार्गाे, कुरियर श्रमिक यूनियन (यूनिट्राभ)को एक प्रतिनिधिमण्डलले पर्यटनमन्त्री भानुभक्त ढकाललाई १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रमा श्रमिकको उत्थानलाई जोड दिंदै यूनिट्राभले आज मंगलबार ज्ञापनपत्र बुझाएको हो । पर्यटन […]
काठमाडौं । व्यावसायिक नाफा दिन नसकेको भन्दै नेपाल वायुसेवा निगमले चिनियाँ जहाजसमेत हटाउने निर्णय गरेको छ । हाल ग्राउन्डेड अवस्थामा रहेका ती जहाज बिक्रीका लागि छिटो प्रक्रियामा नगए दुईवटा एभ्रो, एउटा बोइङ ७२७ र दुइटा ७५७ जस्तै विमानस्थलको कुनामा लगेर राख्नुपर्ने अवस्था आउन सक्ने निगमले बताएको छ । यही समयमा निगमले बोइङ ७५७–२०० विमान बिक्री […]
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले साना किसानहरुको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडीआई’ आवश्यक रहेको बताएकी छन् । खाद्यका लागि कृषि अभियानले सोमबार ललितपुरमा आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । नेपालले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र विदेशी लगानी लागु गर्न […]