जनकपुरधाम । प्रदेश २ का ८ जिल्लाहरुको विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच बुधबार प्रदेश २ ग्रामिण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करिब ४ अर्ब रुपैयाँको ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्राधिकरणले गरेको अन्तर्राष्ट्रिय टेण्डरमा सबैभन्दा कम बोलकबोल गरेर टाटा प्रोजेक्ट, भारतले […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले एलसी प्रतितपत्र बाहेक परिवत्र्य विदेशी मुद्रा भुक्तानी हुने गरी भारतबाहेक अन्य मुलुकहरूबाट हुने आयातको सीमा बढाएको छ । केन्द्रीय बैंकले भारतबाहेक तेस्रो मुलुकबाट डीएपी डकुमेन्ट अगेन्स्ट पेमेन्ट र डीएए डकुमेन्ट अगेन्स्ट एइसेप्टेन्सको माध्यमबाट आयात गर्दा ५० हजार डल बरावरको परिवत्र्य विदेशी मुद्रामा मात्रै आयत गर्न सकिने व्यवस्था रहेको र त्यसको […]
कमल । कोभिड १९ ले थलिएका संस्थागत विद्यालयको पुनःस्थापनाका लागि प्याब्सनले नीति तथा कार्यक्रम ल्याएर निजी विद्यालयको मनोभावना उच्च बनाउने प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले आश्वासन दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाजेशन नेपाल प्याब्सनको प्रदेश १ स्तरीय भेलालाई बुधबार सम्बोधन गर्दे केन्द्रीय अध्यक्ष पुरीले भने, केन्द्रले कोभिडका कारण बन्द भएका निजी विद्यालय, शिक्षक, […]
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नेपाल इन्फ्रास्टक्ट्रचर बैंक निफ्रालाई लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने विषयमा स्पष्टीकरण सोधेको छ । केही दिनअघि निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका थिए । सीईओको यो भनाई सञ्चार माध्यमहरुमा प्रकाशन भएपछि नेप्सेले आफ्नो ध्यानाकर्षण […]
काठमाडौं । नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि चिनियाँ पक्षले ल्हासाबाट रसुवागढी नाकासम्म सिधैं सामग्री पठाउन थालेका छन् । बीचमा सामग्री भण्डारण गरेर राख्दा विभिन्न समस्या सिर्जना भएको भन्दै पछिल्लो समय नाकासम्म नै सामग्री पठाउन थालेका हुन् । चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा सामग्रीको ओभरस्टक हुन नदिन ल्हासाबाट सिधैं रसुवागढीसम्म सामग्री ल्याउन थालिएको […]
काठमाडौं । एक महिनामा करिब ८ हजार व्यक्ति तथा व्यवसायीक फर्महरुले सहुलियत पूर्ण ऋण लिएका छन् । गत पुस महिनाको तुलनामा माघ महिनामा सुहिलय ऋण लिनेको संख्या ७ हजार ६ सय भन्दा धेरैले बढेको नेपाल राष्ट्र बैंकले बताएको छ । केन्द्रीय बैंकले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६८ हजार २ सय ६ […]
काठमाडौं । नेपाल स्टिल बिलेट उत्पादक संघले बिलेटको कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार दरमा भिन्नता कायम गर्न सरकारसँग माग गरेको छ । नेपालले वाषिर्क ७० अर्बभन्दा बढीको तयारी बिलेट आयात गर्ने गरेको भन्दै संघले तयारी बिलेट र यसको कच्चा पदार्थ स्पोन्ज आइरनको भन्सार दरमा भिन्नता कायम गरे स्वदेशमै बिलेट उत्पादन गर्ने वातावरण सिर्जना हुने […]
काठमाडौं । नेपालमा उत्पादन भएको विजुली बंगलादेश निर्यातका लागि आफू सहजीकरण गर्न तयार रहेको भारतले जनाएको छ । केही दिन अगाडि ‘नेपालले भारत र बंगलादेशमा विजुली निर्यात गर्न सक्ने’ अभिव्यक्ति दिएका भारतका विदेश सचिव हर्षवर्द्धन श्रींगलाले सोमबार स्पष्टरुपमा नै नेपालबाट तेस्रो मुलुकमा विजुली निर्यातका लागि पारवहनको सुविधा दिन भारत तयार रहेको बताए । नयाँ दिल्लीमा […]
बिर्तामोड । बिर्तामोडमा मुख्य कार्यालय रहेर इलाम जिल्लासम्म सेवा केन्द्र विस्तार गरेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको बाख्रापालन तथा मौरीपालन सम्बन्धी तालिम आज सम्पन्न भएको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा फागुन २९ गतेदेखि सञ्चालित तीन दिवसीय तालिम आज सम्पन्न गरिएको हो । तालिममा उन्नत जातका बोयर बाख्रापालन सम्बन्धी […]
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८\७९ को बजेटमा नयाँ कार्यक्रम प्रस्ताव नगर्न अरु मन्त्रालयका सचिवहरुलाई आग्रह गरेको छ । सोमबार सबै मन्त्रालयका सचिवलाई बोलाएर अर्थ मन्त्रालयले बजेट निर्माणका विषयमा छलफल गरेको हो । सचिवहरुलाई नयाँ आयोजना भन्दा अगाडि बढिसकेका आयोजनालाई प्राथिमकतामा राख्न आग्रह गरिएको अर्थ मन्त्रालयको बजेट महाशाखाका प्रमुख सहसचिव धनीराम शर्माले जानकारी […]