Sajhamanch Archive

विर्तामोड उद्योग वाणिज्य संघको चुनावमा नेकपा–राप्रपा एक ठाउँ, उम्मेदवारको नाम घोषणा

Published: in अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on विर्तामोड उद्योग वाणिज्य संघको चुनावमा नेकपा–राप्रपा एक ठाउँ, उम्मेदवारको नाम घोषणा.

बिर्तामोड । आगामी फागुन १६ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त गठबन्धनमा बनेको संयुक्त व्यवसायी प्यानलले उम्मेदवार घोषणा गरेको छ । बुधबार विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच सुवास भट्टराईको नेतृत्वमा उम्मेदवार सार्वजनिक गरिएको हो । चुनावका लागि संयुक्त गठबन्धनले नेकपाका तर्फबाट अध्यक्षमा युवा व्यवसायी भट्टराई, वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, […]

भारतसँगका नाका नखुल्दा सीमा क्षेत्रका व्यवसायी सङ्कटमा

Published: in अर्थतन्त्र by . Leave a Comment on भारतसँगका नाका नखुल्दा सीमा क्षेत्रका व्यवसायी सङ्कटमा.

झापा । कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन सुरु भइसकेको छ। तर, सरकारले भारतसँगका सीमा नाका खुला गरेको छैन। नाका बन्द हुँदा सीमा वरपरका ठूला बजार र होटेल व्यवसाय सङ्कटग्रस्त बनेका छन्। झापाको काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुलेका छन् तर चहलपहल छैन। सरकारले गत वर्षको चैत ११ गते बन्दाबन्दी घोषणा गरेसँगै सीमा […]

नेपालीको उद्धारका लागि बजेट आवश्यक छैन : श्रम मन्त्रालय

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालीको उद्धारका लागि बजेट आवश्यक छैन : श्रम मन्त्रालय.

काठमाडौं । वैदेशिक रोजगारका क्रममा विदेशिएका र कोरोनाका कारण समस्यामा परेर फर्कनुपर्नेलाई उद्दारका लागि बजेटको आवश्यक्ता नभएको श्रम मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्धारका लागि रकमको कुनै खाँचो नभएको र विभिन्न गन्तव्य मुलुकस्थित नेपाली दूतावासहरुलाई यससम्बन्धि जानकारी पठाइएको मन्त्रालयका सचिव तोयम रायाले जानकारी दिएका हुन् । विगत ६ महिनामा मन्त्रालयले गरेका […]

फेरि बढ्यो पेट्रोल, डिजल/मट्टीतेलको भाउ

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on फेरि बढ्यो पेट्रोल, डिजल/मट्टीतेलको भाउ.

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य बढाएको छ । मङ्गलबार विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजल/मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ बढेको जनाएको छ । निगमका अनुसार अब पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य क्रमशः ११४, ९७ र ६७ रुपैयाँ भएको छ । एक हप्ताअघि मात्रै निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा […]

अनलाइनबाट पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अनलाइनबाट पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि.

काठमाडौँ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार हाल दैनिक एक सय भन्दा बढीले अनलाइनबाट पुन श्रम स्वीकृति लिइएको बताएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले अनलाइन कार्यान्वनको सुरुको दिनमा अनलाइनबाट दैनिक दश पन्ध्र जनाले पुन श्रम स्वीकृति लिने […]

७ महिनामै सेयर लगानीकर्ताको पुँजी १६ खर्बले बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on ७ महिनामै सेयर लगानीकर्ताको पुँजी १६ खर्बले बढ्यो.

काठमाडौैं । लामो समयदेखी ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने वृद्धि भएको छ । सेयर लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँले बढेको हो । गत […]

मौद्रिक नीतिको समीक्षापछि सेयर बजार उत्साहित

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on मौद्रिक नीतिको समीक्षापछि सेयर बजार उत्साहित.

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको भोलिपल्ट सोमबार सेयर बजार परिसूचक नेप्से बढेको छ । लघुवित्त समूहको सब इन्डेक्स धेरै बढ्दा सेयर बजारमा उत्साह देखिएको छ । मौद्रिक नीतिले सेयर धितो कर्जामा कडाइ गर्ने चर्चा चलेको थियो तर सेयर धितो कर्जाको विद्यमान व्यवस्था यथावत राखेको छ […]

इलामका चारवटा पालिका पर्यटकीय गन्तव्यको सूचीमा

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इलामका चारवटा पालिका पर्यटकीय गन्तव्यको सूचीमा.

इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इलामका चारवटा पालिकामा पर्यटनसम्बन्धी आयोजना सञ्चालनका लागि स्थानहरु छनोट गरेको छ । मन्त्रालयले दुई सय गन्तव्य आयोजना सूचीमा इलामका देउमाई नगरपालिकास्थित पानीटार पर्यटन विकास तथा सिद्धिथुम्का टावर पार्क, चुलाचुली गाउँपालिकाको शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र, माई नगरपालिकाको माई पर्यटन सिटी विकास परियोजना र सन्दकपुर गाउँपालिकाको माईपोखरी जोरपोखरी […]

नेप्से परिसूचक ३३ अंकले घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेप्से परिसूचक ३३ अंकले घट्यो.

काठमाडौं । फागुन महिनाको पहिलो कारोबार सेयर बजारमा राताम्मे छाएको छ । म्युचुअल फण्ड बाहेकका सबै समूहहरुको सक–इन्डेक्स घटेर बजार राताम्मे देखिएको हो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३३ दशमलव ३३ अंकले घटेर २ हजार ४ सय ९३ दशमलव ५९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि […]

कांग्रेसद्वारा केरुङ नाका खुलाउन माग

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसद्वारा केरुङ नाका खुलाउन माग.

काठमाडौं ।  नेपाल चीनबीचको व्यापारिक केरुङ नाकामा आयात-निर्यात सहज तुल्याउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै नाका सञ्चालन गर्न सरकारसँग माग गरेको हुन् । ‘चिनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरूमा प्रवेश कडाइ र आवागमन बन्दसमेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो’ विज्ञप्तिमा भनिएको छ, […]