झापा । जिल्ला सहकारी संघ झापाको आगामी चार वर्षे कार्यकालका लागि सम्पन्न उम्मेदवारी दर्ता चरणमा आंशिक नेतृत्व सर्वसम्मत भएको छ । उम्मेदवारको दाबी विरोध पछिको नामावली प्रकाशन विवरण अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सचिव, सहसचिव, लेखा समिति संयोजक र केही क्षेत्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । आगामी माघ १७ गते सम्पन्न गरिने संघको निर्वाचनका लागि […]
काठमाडौं ।इजरायलको लागि नर्सिङ क्षेत्रमा कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी टीकामणि नेउपानेले यही साताभित्र निर्णय हुने बताएका हुन् । असोजमा भएको श्रम सम्झौताअनुसार कार्यविधि तयार गरी ‘प्रोटोकल’मा हस्ताक्षर गर्ने तयारी भइरहेको उनले जनाएका छन् । नेपाल सरकार र इजरायल सरकारबीच भएको सम्झौताअनुसार नै कामदार पठाउने […]
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी दिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै किसानको बक्यौता रकम उपलब्ध नगराउने उद्योगीहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन समेत सरकारसँग माग गरेका छन् । सरकार र उखु किसान संघर्ष समिति बीच […]
काठमाडौं । कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि रोक्न गर्ने सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारी नीति रोक्नुपर्ने माग गर्दै अधिवक्ता डा.पुण्यप्रसाद खतिवडासहितले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले यो आदेश जारी गरेको हो । कृषिका […]
काठमाडौँं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य वृद्धि गर्ने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको गुनासो पछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि […]
झापा । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि सामान्य […]
काठमाण्डौ । कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्न सुरु गर्ने भएको छ । कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेको थियो । तर अहिले ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मात्रै बेच्न लागेको बैंकले जनाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतीमार्फत कृषि कर्जा […]
बिर्तामोड । यहाँस्थित रोयल कोल्ड स्टोरेज प्रालि (शीत भण्डार)मा भण्डारण गरिएको किसानको नगदेबाली कुहिएर नष्ट भएपछि त्यस बापत नेको इन्सुरेन्सले ३० लाख रुपैयाँं दावी भुक्तानी गरेको छ । रोयल कोल्ड स्टोरेज प्रालिले नेको इन्सुरेन्समा निर्जीवन बीमा गरेको थियो । कोल्ड स्टोरको मेसिनमा समस्या आएर किसानले भण्डारण गरेको कृषिजन्य बस्तु कुहिएर नष्ट भएपछि बीमा दावी गरी […]
काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । दिनभर बजारमा तीव्र उतारचढाव पछि अन्तमा ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले ओरालो लागेको छ । मंगलबार विहान कारोबार […]
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ४ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य आज ९२ हजार तोलामा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको मूल्य हिजो ९१ हजार ६ सय रुपैया थियो। महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैया तोकिएको छ । तेजावी सुनको […]