Sajhamanch Archive

रामजानकी कृषि सहकारी चालुवर्ष प्रविधिमैत्री बनाउन साधारणसभाको निर्णय

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on रामजानकी कृषि सहकारी चालुवर्ष प्रविधिमैत्री बनाउन साधारणसभाको निर्णय.

बिर्तामोड । झापाको बिर्तामोडस्थित रामजानकी कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा आज पुस २९ गते सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दलबहादुर कार्कीको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कार्कीले कोभिडको कहरमा पनि आफ्नो संस्थाले अघिल्लो वर्षको तुलनामा ३२ […]

झापा जिल्ला सहकारी संघको वार्षिक साधारणसभा सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on झापा जिल्ला सहकारी संघको वार्षिक साधारणसभा सम्पन्न.

बिर्तामोड । झापा जिल्ला सहकारी संघको २४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवि मल्ल रहेकी थिइन् । साधारणसभामा संघका अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संघमा २०७७ असार मसान्तसम्ममा ५०७ संघसंस्था आवद्ध रहेको र शेयर […]

उखु किसानको सरकारी अनुदानसहितको ७ करोड महालक्ष्मी सुगर मिलबाट पच !

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on उखु किसानको सरकारी अनुदानसहितको ७ करोड महालक्ष्मी सुगर मिलबाट पच !.

काठमाडौं । मंसिर २८ गतेबाट काठमाडौंमा सर्लाहीका किसानले थालेको आन्दोलन पुस १३ गते टुंगियो । चिनी उद्योगीबाट झण्डै ९० करोड रुपैयाँ बक्यौता बाँकी रहेको भन्दै आन्दोलनमा होमिएका किसानहरुले ३० करोड भन्दा बढी भुक्तानी आन्दोलन सकिने दिनसम्म पाए र सर्लाहीका किसान घर फर्किए । तर, माइतीघरकै आन्दोलनमा रहेका कपिलवस्तुका किसानको ७ करोड बक्यौता भुक्तानीमा भने कुनै […]

मल खरिदमा नेपाली कम्पनी अयोग्य

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on मल खरिदमा नेपाली कम्पनी अयोग्य.

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारवाही गरेको छ । रासायनिक मल खरिदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुवै कम्पनीलाई कारवाही गरिएको हो । कृषि सामग्री कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले दुवै कम्पनीको धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय […]

समयमै आयकर बुझाउन सरकारको आग्रह

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on समयमै आयकर बुझाउन सरकारको आग्रह.

काठमाडौं । सरकारले तोकिएकै समयमा आयकर बुझाउन करदातालाई आग्रह गरेको छ । कोरोना महामारीमा बीच व्यापार प्रभावित भएको भन्दै व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका थिए । तर, सरकारले भने आयकरको किस्ता बुझाउने समय पुस मसान्तसम्म अनिवार्य बुझाउन आग्रह गरेको हो । आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७/ ७८ को आयकरको किस्ता […]

सुनचाँदीको भाउ बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनचाँदीको भाउ बढ्यो.

काठमाडौं । साताको पहिलो र दोस्रो दिन लगातार घटेको सुनको भाउ तेस्रो दिन आज भने ६ सयले बढेको छ। आज बढेर छापावाल सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मुल्यमा पनि तोलामा […]

सतासीले जिल्लाका थप चार स्थानमा सहकारी पसल खोल्ने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on सतासीले जिल्लाका थप चार स्थानमा सहकारी पसल खोल्ने.

झापा । बिर्तामोडस्थित सतासी बहुमुखी सहकारी संस्था लिमिटेडलाई सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्ने प्रयोजनका लागि विशिष्टिकृत सहकारी संस्थाको गठन गर्न र नेतृत्व लिन झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले आग्रह गरेका छन् । संस्थाको १७औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले सतासीसँग सहकारी पसल सञ्चालनको अनुभव रहेकाले विशिष्टिकृत संस्थाको व्यवसायिक नेतृत्व लिन […]

कमर्सीयल बैंकमा झुम्मिए लगानीकर्ता,सेयर बजारमा झिनो अंकको सुधार

Published: in अर्थतन्त्र by . Leave a Comment on कमर्सीयल बैंकमा झुम्मिए लगानीकर्ता,सेयर बजारमा झिनो अंकको सुधार.

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार झिनो अंकले उकालो लागेको छ । समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागे पनि धेरै कम्पनीहरुको सेयर मूल्य ओरालो लागेको छ । कारोबार रकमका आधारमा कमर्सीयल बैंकहरु नै अगाडि देखिएका छन् । आज नेप्से परिसूचक ३ दशमलव ७० अंकले उकालो लागेर २ हजार २ सय ३९ दशमलव […]

प्रदेश १ को अर्थव्यवस्था क्रोनिक अवस्थामा : मुख्यमन्त्री शेरधन राई

Published: in अर्थतन्त्र, प्रदेश तह by . Leave a Comment on प्रदेश १ को अर्थव्यवस्था क्रोनिक अवस्थामा : मुख्यमन्त्री शेरधन राई.

विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्रीको पदभार ग्रहण गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेशको अर्थव्यवस्था ‘क्रोनिक’ अवस्थामा पुगेको बताएका छन् । संघीयताको मुटु प्रदेश र प्रदेशको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको बताउँदै उनले प्रदेशको अर्थव्यवस्था ‘क्रोनिक’ अवस्थामा पुगेको बताएका हुन् । प्रदेश सरकारको मुटु पहिलो वर्ष राम्रैसँग चलेपछि दोस्रो वर्षबाट कमजोर हुँदै गएको […]

तोलामा ८ सयले घट्यो सुनको भाउ

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on तोलामा ८ सयले घट्यो सुनको भाउ.

काठमाडौं । सुनचाँदीको भाउ घट्नेक्रम सोमबार पनि जारी रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले ओरालो लागेको सुनको भाउ सोमबार पुनः ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ । हिजो आइतबार तोलाको ९३ हजार […]