Sajhamanch Archive

राष्ट्रिय सहकारी बैंकको शाखा धुलाबारीमा

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय by . Leave a Comment on राष्ट्रिय सहकारी बैंकको शाखा धुलाबारीमा.

मेचीनगर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले झापाको धुलाबारीमा ५८ औँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको आज मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य र नगर उपप्रमुख मिना पोखरेल उप्रेतीले उद्घाटन गरेका हुन् । राष्ट्रिय सहकारी बैंकलाई यो वर्ष थप २४ वटा शाखा विस्तारको लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिए बमोजिम प्रदेश नं.१ को झापाको […]

कोरोनाको असरले अस्ट्रिच मासु उद्योगलाई ५ करोड बढीको नोक्सान

Published: in अर्थतन्त्र by . Leave a Comment on कोरोनाको असरले अस्ट्रिच मासु उद्योगलाई ५ करोड बढीको नोक्सान.

कोरोना महामारीका कारण लामो समय सम्म होटेल तथा रेष्टुेन्ट व्यवसाय बन्द हुँदा अस्ट्रिच चरा पालन र मासु उत्पादन गर्ने नेपालकै एकमात्र उद्योग अस्ट्रिच नेपाल प्रालिले पाँच करोड रुपैयाँ बढी नोक्सानी ब्यहोरेको छ । प्रालिले रुपन्देहीको तिलोत्तमा मधवलियामा २२ बिघा क्षेत्रफलमा चार हजार बढी अस्ट्रिच चरा पालेको छ । फार्ममा बैंकहरुको मात्र डेढ अर्ब बढी लगानी […]

बिर्तामोडको सिटी सेन्टरमा ह्याप्पी किचन सञ्चालनमा

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on बिर्तामोडको सिटी सेन्टरमा ह्याप्पी किचन सञ्चालनमा.

बिर्तामोड । बिर्तामोडको सिटी सेन्टरमा ह्याप्पी किचन नामक पूर्ण पारिवारिक रेष्टुरेन्ट सञ्चालनमा आएको छ । स्वादिष्ट, स्वास्थवर्धक र अर्गानिक परिकार खुवाउने मुख्य उद्देश्य रहेको जनाइएको छ । सो रेष्टुरेन्ट भोलि पुष १६ गतेदेखि सञ्चालनमा ल्याइने आज पत्रकार सम्मेलन गरी सञ्चालकले जनाएका हुन् । बिर्तामोडमा विगत २ वर्षदेखि ग्राहकलाई सेवा दिँदै आएको ह्याप्पी किचनले भद्रपुर रोडमा […]

घरमा शव आयो तर उखुको पैसा आएन

Published: in अर्थतन्त्र by . Leave a Comment on घरमा शव आयो तर उखुको पैसा आएन.

लाहान । विभिन्न बैंकको गरी करिब १८ लाख ऋणको भारी । जमीन निलाम गरिदिने बैंकहरूको चेतावनी । चिनी मिलसँग करिब साढे २४ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । भुक्तानीका लागि काठमाडौंको माइतीघरमा सरकार पुकार्दै गरेका सर्लाही धनकौल गाउँपालिका–७ छोटौलका ६५ वर्षीय उखु किसान नारायण राय यादवको मंगलबार बिहान निधन भएको छ । माइतीघरमा धर्ना आन्दोलन सकेर जोरपाटीको कृष्ण […]

झापामा कोरियन प्रविधिबाट पहिलोपटक प्याजको व्यवसायिक खेती

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on झापामा कोरियन प्रविधिबाट पहिलोपटक प्याजको व्यवसायिक खेती.

झापा । झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिका वडा ६ का किसानले व्यवसायिक प्याज खेती थालेका छन। झापा गाउँपालिका ६ को चन्द्रकित्ता आसपासमा २२ बिगाह जग्गा भाडामा लिई प्याज खेती गरिएको हो । फिदिम नगरपालिका–११ का सुमन न्यौपाने, बुद्दशान्ती–३ झापाका केशब भुर्तेल र झापा गाउँपालिका–६ का सोमनाथ प्रसाईं तीनजना मिलेर व्यवसायिक प्याज खेती थालेका हुन्। वैदेशिक […]

बिर्तामोडको एक अटो ग्यारेजमा आगलागी

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on बिर्तामोडको एक अटो ग्यारेजमा आगलागी.

(सांकेतिक तस्वीर) बिर्तामोड । झापाको बिर्तामोड ४ लिटलफ्लावर बोर्डिङ स्कूल अघिल्तिरको एउटा अटो ग्यारेजमा आज साँझ आगलागी भएको छ । आगलागीको यकिन कारण खुल्न सकेको छैन तर विद्युत् सर्ट भएर आगो लागेको स्थानीयको अनुमान छ । साँझ ८ बजेतिर आगो दन्किए पछि स्थानीयले प्रहरी र दमकललाई खबर गरेका थिए । उमेश साहले सञ्चालन गर्दै आएको […]

घैलाडुब्बा र माईधारमा माछापुच्छ्रे बैंकको उपशाखा विस्तार

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on घैलाडुब्बा र माईधारमा माछापुच्छ्रे बैंकको उपशाखा विस्तार.

बिर्तामोड । माछापुच्छ्रे बैंक लिमिटेडले आज (सोमबार) एकै दिन झापाको दुई स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले १४८ उपशाखाको रुपमा कनकाई नगरपालिका ९ घैलाडुब्बा बजारमा तथा १४९ औं उपशाखाको रुपमा शिवसताक्षी नगरपालिका १० माईधार बजारमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो । घैंलाडुब्बा उपशाखाको कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका थिए […]

सिम्रिक साकोसका कार्यालय प्रमुखहरुको समीक्षा गोष्ठी सम्पन्न

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on सिम्रिक साकोसका कार्यालय प्रमुखहरुको समीक्षा गोष्ठी सम्पन्न.

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शाखा प्रमुखहरुसँगको तीन दिने समीक्षा गोष्ठी आज सम्पन्न गरेको छ । संस्थाको कारोबारलाई थप ब्यवस्थित बनाउँदै अत्याधुनिक प्रविधि अवलम्बन गर्न तथा सञ्चालक समितिले बनाएको वार्षिक कार्ययोजनालाई सफल बनाउन शाखा प्रमुखहरुसँग छलफल गरिएको कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताएका छन् । समीक्षा गोष्ठीको तेस्रो दिन संस्थाका कार्यकारी प्रमुख बस्नेतले […]

केर्खामा कर शिक्षा सम्बन्धी अन्तरक्रिया

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on केर्खामा कर शिक्षा सम्बन्धी अन्तरक्रिया.

कमल । आन्तरिक राजश्व कार्यालय दमकको आयोजना तथा कमल उद्योग वाणिज्य संघको व्यवस्थापनमा आज शुक्रबार कमल गाउँपालिकाको केर्खामा कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न भएको छ । “स्वस्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने नाराका साथ कमल गाउँपालिकामा व्यापार व्यावसाय तथा उद्योग सञ्चालन गर्ने व्यवसायीसँथ अन्तरक्रिया गरिएको हो । व्यक्तिगत तथा व्यवसायिक […]

तरकारीको डिजिटल कारोबार सुरु गरे गभर्नर अधिकारीले

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on तरकारीको डिजिटल कारोबार सुरु गरे गभर्नर अधिकारीले.

काठमाडौं । अब सामान्य तरकारी बजारमा तरकारी पनि डिजिटल कारोबारबाट खरिद गर्न पाइने भएको छ । शुक्रबार क्यूआर पेमेन्टबाटै तरकारी किन्न सकिने गरी नक्सालको तरकारी बजारमा यसको सुरुआत भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर यसको सुरुवात गरे । गभर्नर अधिकारीले एक किलो अदुवाको ८० रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी […]