काठमाडौं । नेपाल कृषि बजार कार्यक्रम (एनएमडीपी) दोस्रो चरणलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीस राजदूत एलिजावेथ भोन क्यापलरबीच सम्झौतामा हस्ताक्षर भएको छ । स्वीजरल्यान्डले चारवर्षे कार्यक्रमको लागि स्वीस फ्र्याङ्क ९.५४ मिलियन सहयोग गर्ने छ । प्रदेश १ मा कृषि बजारको सफल रुपान्तरणको माध्यमबाट रोजगार सिर्जना गर्न र किसानहरुको आम्दानी […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । अब आगामी कार्यकालका लागि ढकाल निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २०औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले […]
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेश भट्टराईले मुलुकको राष्ट्रिय एकता बचाउन नेकपाको एकता अपरिहार्य हुने जिकिर गरेका छन् । ‘नेकपा फुट्दा यो देशको भाग्य फुट्छ’ नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेता भट्टराईले पहिलो संविधानसभा भंग हुँदाको स्थितिलाई सम्झन पनि आग्रह गरेका छन् । झापाको बिर्तामोडमा स्थापित सिद्धार्थ होटल […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा अन्तर्गत मतदान सम्पन्न भएको छ । जिल्ला, वस्तुगत र एशोसिएट तीनवटै क्षेत्रको मतदान सम्पन्न भएको निर्वाचन समितिका प्रवक्ता लिलामणि पौडेलले जानकारी दिए । उनले शतप्रतिशत नै मतदान भएको र केहिबेरमा मतगणना सुरु हुने पनि उनले बताए । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था […]
काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा […]
झापा । सुनको मूल्य ओरालो लाग्नेक्रम शुक्रबार पनि जारी छ । अघिल्लो कारबार दिनको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजका लागि सुनको छापावल प्रतितोला भाउ ९१ हजार तीन सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको भाउ भने ९० हजार ८ सय […]
काठमाडौं । निजी उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा आजदेखि काठमाडौंमा शुरू हुँदैछ। साधारसभाको प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट जुम मिटिङबाट उद्घाटन गर्नेछन्। गत चैतमै हुनुपर्ने साधारण सभा (नेतृत्व चयनको महाधिवेशन) बिहीबारबाट सुरु भई ३ दिनसम्म चल्नेछ। महासंघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन स्थानमा मतदान हुने निर्वाचन समितिले […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको २८औं वार्षिक साधारणसभाका लागि तयार पारिएको वार्षिक प्रतिवेदन पत्रकार सम्मेलन गरी आज बुधबार सार्वजनिक गरिएको छ । बिर्तामोडस्थित एनएमसी कार्यालयमा सञ्चालक समितिका अध्यक्षसहित पदाधिकारीहरुले प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु गौतमले आफ्ना प्रतिवेदनहरु वाचन […]
काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । प्रतितोलामा एक हजार रुपैयाँ घटेर छापावाल सुनको मूल्य ९१ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर ११ सय ७५ रुपैयाँ […]
काठमाडौं । आज सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ। यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ […]