काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ । २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ९१ दिने अवधि र १२ अर्ब ४७ करोड रुपैयाँ १८२ दिनका लागि […]
काठमाण्डौ । सरकारले झण्डै ६१ लाख रुपैयाँमा ३२ वटा मुर्रा भैँसी किन्ने भएको छ । राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीले ६० लाख ९९ हजार रुपैयाँमा २ वटा वलसहित ३२ वटा भैँसी खरिद गर्ने भएको हो । कार्यक्रमले ३२ वटा मुर्रा भैँसी किन्न लागि असोज १ गते बोलपत्र आह्वान गरेको थियो । अन्तिम दिन कात्तिक […]
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंश बढाउन करका दायरा बिस्तार र चुहावट नियन्त्रण गर्नु आवश्यक रहेको बताएका छन् । नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता बढाउँदै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख गरे । […]
काठमाडौं । सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । आइतबारको कारोबारका लागि छापावाल सुनको भाउ ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावल सुनको भाउ ९४ हजार तथा तेजावी सुनको भाउ ९३ हजार […]
काठमाडौं । कोरोना प्रभावित क्षेत्रको पुनर्उद्धार, पुनत्थान र व्यवसायिक निरन्तरताका लागि सरकारले ५० अर्ब कोषबाट कर्जा प्रवाह सुरु गर्ने भएको छ । शुक्रबार बसेको व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि अनुसार संचालक समितिको बैठकले मंसिर १० बाट कर्जा प्रवाहका लागि आवेदनका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेको हो । उक्त समितिको अध्यक्ष अर्थ मन्त्रालयका सचिव रहने […]
झापा । नेपालको मुक्तिनाथ विकास बैंक युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२० बाट पुरस्कृत भएको छ । विश्वका ३७ राष्ट्रबाट ७० वटा माइक्रोफाइनान्सले अवार्डमा सहभागिता जनाएका थिए । प्रतियोगिताको लागि छानिएका उत्कृष्ट तीनमध्ये नेपालबाट मुक्तिनाथ विकास बैंकसहित वेनिन र इथियोपियाका एक–एकवटा लघुवित्त संस्थाहरु रहेका थिए । लक्जमवर्गमा हालै आयोजित युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० मा उक्त तीन माइक्रोफाइनान्समध्ये […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभा र निर्वाचन कार्यक्रम स्थगित भएको छ । संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले साधारणसभा र निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको बढ्दो संक्रमणको जोखिमलाई मनन् गरी जिल्ला प्रशासन कार्यालय झापाको अनुरोध अनुसार कार्यक्रम स्थगित गरिएको अध्यक्ष भट्टराईले बताए । संघका वरिष्ठ उपाध्यक्ष प्रकाश […]
काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको मन्त्रालयले जानकारी दिएको छ । अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर […]
काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनचाँदीको भाउ घटेको छ । तोलामा ४ सय रुपैयाँ घटेर सुन आज तोलामा ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो । हिजोभन्दा तोलामा ५ रुपैयाँ घटेर चाँदी आज तोलाको १२ सय […]
झापा । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम)को शाखा आजदेखि झापाको बिर्तामोडमा सञ्चालन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रदेश १ मै पहिलो पटक बिर्तामोडमा नाथम कलेजको कार्यालय उद्घाटन गरेका हुन् । ४२ वर्षदेखि सञ्चालनमा रहेर पनि हालसम्म काठमाडौंमा मात्र सिमित रहेको नाथम कलेजका शाखाहरु […]