झापा । चेम्बर अफ कमर्स झापाले बजार अनुगमन गर्दा चेम्बरलगायत व्यवसायी प्रतिनिधिलाई पनि सहभागी गराउन आग्रह गरेको छ । शुक्रबार चेम्बर अफ कमर्स झापा विज्ञप्ति निकाल्दैँ अनुगमनले कतिपय व्यवसायी गलत कारवाहीमा परेको उल्लेख गरेको छ । ‘अत्याधिक भन्सार दरका कारण आयातकर्ताले न्यून मूल्याङकन गरी सामान आयात गर्दा र बिक्रेतासँग असुलिएको मूल्यभन्दा ५० देखि १ सय […]
यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले पाएको छ। नर्वेजियन नोबेल कमिटीले सन् १९६१ मा स्थापना भएको कार्यक्रमलाई भोकमरीसँग लड्न गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको शान्ति स्थापनामा पुर्याएको योगदान र भोकलाई युद्ध र द्वन्द्वको माध्यम बन्न नदिन खेलेको भूमिकाका लागि पुरस्कार दिने निर्णय गरेको हो। यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि २११ […]
काठमाण्डौ । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा २ सय रुपैयाँ घटेकोे सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो । यस्तै चाँदीको भाउ पनि आज बढेको […]
काठमाडौं । दसैँको मुखैमा खाने तेल, दाल र गेडागुडीको मू्ल्य बढेको छ । दालमा प्रतिकिलो १० रुपैयाँ, हरियो केराउमा ३५ रुपैयाँ र तेल प्रतिलिटरमै १५ रुपैयाँभदा धेरैले वृद्धि भएको खुद्रा व्यापार संघले जानकारी दिएको छ । लकडाउनका कारण उद्योग बन्द हुँदा बजारको माग अनुसार उत्पादन नभएकोले मूल्य बढेर आएको होलसेलले बताउने गरेको खुद्रा व्यपार संघका […]
काठमाडौं । सांस्कृतिक संस्थानले सी. एम. ट्रेडिङ इन्टरप्राइजेज प्रालिसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दूरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, महाप्रबन्धक अशोकप्यासी राई र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालबीच बिहीबार सम्झौता पत्र आदान प्रदान गरिएको हो । काठमाडौंको जमलस्थित संस्थानको […]
काठमाण्डौ । सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँमा झरेको छ । आज तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ८ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । सुनको भाउ […]
भद्रपुर । उपभोक्ता मारमा परेको ठहर गर्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल प्रदेश १ समिति र बिर्तामोड नगर समितिले जिल्ला प्रशासन कार्यालय झापालाई ध्यानार्कषण गराएको छ । प्रदेश समितिका सदस्य यमनाथ बिमली र बिर्तामोड नगर समितिका अध्यक्ष ओमभक्त सेढाईले १६ बुँदे ज्ञापनपत्र झापाका प्रमुख जिल्ला अधिकारी श्रावणकुमार तिमिल्सिनालाई बुझाएका हुन् । कोरोना कहरले बजारमा कृतिम […]
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा र प्याब्सन झापाबीच शिक्षक कर्मचारीको तलव विवाद समस्या हल गर्न आज भएको वार्ता निष्कर्ष विहीन भएको छ । २०७७ वैशाखदेखि भदौसम्मको शिक्षक कर्मचारीको तलब सम्बन्धमा भएको दुई पक्षीय वार्तामा प्याब्सनले निर्णय दिन नसकेपछि विना निष्कर्ष टुंगिएको हो । इस्टु झापाको तर्फबाट जिल्ला अध्यक्ष होमराज खतिवडाले २०७७ वैशाखदेखि […]
काठमाडौं । सुनचाँदीको भाउमा यो साता निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) का लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ तोकेको छ । हिजो तोलाको ९४ हजार ९ सय थियो । एकै दिन सुनको भाउ तोलामा ८ सयले ओरालो लागेको हो । यस्तै तेजाबी सुनको भाउ पनि […]
काठमाडौं । दशैं नजिकिएसँगै नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासो बढेको छ । हरेक वर्ष दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष भने विगतको जसरी बाँड्न नसकिने बताएको छ । नयाँ नोट स्टकमा रहेको तर वितरण कुन तरिकाले गर्ने भन्ने निर्णय भने गर्न बाँकी रहेको राष्ट्र बैंकले बताएको […]