बाहुनडाँगी। झापाको मेचीनगर चारवटा वडाका व्यवसायिकरुपमा तेजपत्ताको खेती गदैं आएका कृषकहरुले बजार व्यवस्थापनका लागि सरकारलाई गुहारेका छन् । साविक बाहुनडाँगी गाउँ विकास समिति तथा हाल मेचीनगरको १, २, ३ र ४ नम्बर वडाका व्यवसायिकरुपमा तेजपत्ताको खेती गदैं आएका कृषकहरुले प्रमुख नगदेवालीको रुपमा रहेको तेजपत्ताले निक्कै राम्रो उत्पादन दिए पनि उचित बजार नपाएका कारण निक्कै आर्थिक […]
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रसँग सम्बन्धित चार प्रस्ताव सीसीएमसीमा पठाएको छ । मन्त्रालयले आन्तरिक हवाई सेवा खोल्नेदेखि विदेशी पर्यटकलाई नरोक्नेसम्मका प्रस्ताव पठाएको हो । पर्यटनमन्त्री योगेश भट्टराईले आगामी असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्ने प्रस्ताव गरिएको बताए । “मन्त्रालयले असोज १ देखि नै आन्तरिक हवाई सेवा खुला गर्न […]
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलाको ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले […]
काठमाडौँ । रामेछापका सूर्य माझीले साउदी अरेबियाको रियादमा रोजगारी गुमाएको दुई महिना पुगेको छ। कोरोना महामारीपछि काम गरिरहेको वेल्डिङ कम्पनीले उत्पादन रोकेपछि उनी बेरोजगार भएका हुन्। बजारमा माग नभएको कारण देखाउँदै कम्पनीले काम बन्द गर्दा यतिखेर माझीलाई बस्न र खानाको समस्या हुन थालेको छ। उनलाई कम्पनीले बस्दै आएको कोठा छिटो छाड्न भनिरहेको छ। ‘कम्पनीले काम […]
झापा । विश्वभर फैलिएको कोरोना भाइरसका कारण आम मानिसको जनजीवन प्रभावित भएको छ । चीनको वुहानबाट सुरु भएको यो भाइसरले विश्वमा लाखौंको ज्यान लिइसकेको छ । नेपालमा पनि तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तो माहामारीको बेलामा सबैको आम्दानी खुम्चिइरहेको छ । यस्तो सँकटको घडीमा महंगीले झनै समस्या पारिरहेको छ । एकातिर कोरोना अर्काेतिर […]
काठमाडौं । नेपाल-भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनको एक वर्ष पुरा भएको छ । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको निगमले जनाएको छ । उक्त परिणामको डिजेल आयात गर्दा यस अघि हुने ढुवानी तथा तापक्रम नोक्सानीबापतको झण्डै एक अर्ब रुपैयाँ जोगिएको नेपाल […]
काठमाण्डौ । उद्योगी व्यवसायीले कर तिर्ने समय सार्न माग गरे पनि सरकारले भने २५ गतेभित्रै कर तिरिसक्नुपर्ने जनाएको छ । लकडाउन र निषेधाज्ञाका कारण व्यापार व्यवसाय चौपट भएको र कर तिर्न जान पनि समस्या भएकाले उद्योगी व्यवसायीले भाका सार्न माग गरिरहेका छन् । तर आन्तरिक राजश्व विभागले भने साउन महिनाको भ्याट र अन्तस्शुल्क भदौ २५ […]
सुनसरी । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले कोभिड–१९ नामको सहुलियत ऋणको सुरुवात गरेको छ । मुलतः सहकारी संघ–संस्थामा विद्यमान तरलता अभावलाई सम्बोधन गर्ने गरी वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा थोक कर्जा प्रवाह गर्न लागिएको हो । आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. इटहरी शाखाका प्रबन्धक गोविन्दप्रसाद पौडेलले जारी गरेको सूचनामा कोभिड–१९ का कारण लघुवित्त तथा […]
काठमाडौं । बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतसहित अब उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले पनि व्यक्तिगत नाममा कर्जा लिन नपाउने भएका छन् । यसअघि बैंकका सञ्चालक समिति सदस्यहरु र सीईओले तोकिएका बाहेक शिर्षकमा मात्रै कर्जा पाउँथे । अन्य व्यक्तिगत कर्जा भने नपाउने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ संशोधन गर्दै अब उच्च व्यवस्थापन तहका […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकहरुका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक विज्ञप्ति जारी गरी राजस्व संकलनका लागि मंगलबारदेखि विहीबारसम्म राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा–काउण्टर खोल्न निर्देशन दिएको हो । राजस्व संकलन गर्ने एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने […]