काठमाडौं । नेपालमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ। आज छापावाल सुन प्रति तोला ९२ हजार ८ सय पुगेको हो। आज एकैदिन तोलामा ६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ पनि […]
चीनको वुहान शहरबाट गत डिसेम्बर अन्तिममा देखिएको कोरोना भाइरस (कोभिड–१९)–को माहामारी विश्वभर फैलिइरहेको छ । शक्तिशाली क्षेप्यास्त्र निर्माणमा होडबाजी गरिरहेको आधुनिक युगलाई अदृश्य भाइरसले चुनौती दिइरहेको छ । आठ महिना भयो भाइरसको संक्रमण फैलिएको तर वैज्ञानिकहरुले धेरै प्रयास गर्दा पनि यसको खोप तथा औषधी उत्पादन गर्न सकिरहेका छैनन् । औषधी बनाएको दावी त धेरैतिरबाट भएका […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी तातेको छ । यही साउन २६ र २७ गते हुने महासंघको अधिवेशनमा दुई उद्योगी व्यवसायीहरु प्यानलले नै लिएर चुनावी मैदानमा उत्रिने भएपछि उद्योगी व्यवसायीहरुको छाता संगठनमा चुनावी सरगर्मी छाएको हो। महासंघको वपरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वैधानिक व्यवस्था छ । सो व्यवस्था अनुसार साउन २६ पछि हालका […]
दमक । झापाका दुईवटा सहकारी संस्थाहरु एकीकरण भएका छन् । जिल्लाभर कार्यक्षेत्र रहेको बिर्तामोड नगरपालिका–४ स्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था र दमक–६ स्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाबीच असार २८ गते एकीकरण भएको हो । आइतबार दमकमा दुवै सहकारी संस्थाका सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुको संयुक्त बैठकले दुवै सहकारी […]
पर्यटक आकर्षित गर्ने अनेक उपाय हुन्छन् । भियतनाममा भर्खरै खुलेको एउटा होटलले विश्वको ध्यान खिच्ने नौलो उपाय अपनाएको छ । विश्वभर कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्र प्रभावित बनेका बेला भियतनामको राजधानी हनोइमा सुनै सुनले भरिएको होटल संचालनमा आएको छ । अनौठो बनावट र सबैतिर सुनको लेपनका कारण होटल निकै आकर्षित देखिएको छ । सुनैसुनले […]
काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्ष (आव) मा ६ अर्ब भन्दा धेरै खुद नाफा आर्जन गरेको छ । पेट्रोलियम खरिद, ढुवानी, सरकारको कर तथा सबै खर्च कटाएर निगमले चालु आर्थिक वर्षमा उक्त नाफा आर्जन हुने प्रक्षेपण गरिएको निगमका अर्थ विभाग विभाग प्रमुख एवम् निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । ‘निगमको […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको चारआली कार्यालय आजदेखि आफ्नै भवनमा स्थानान्तरण गरिएको छ । योसँगै संस्थाको चौथो व्यवसाय एनएमसी कोप–सपको चारआली आउटलेट पनि आजैदेखि सञ्चालनमा ल्याइएको छ । आज बिहान ८ बजे पञ्चेबाजा र पञ्चकन्यालाई अगाडि लगाई गुरु पुरोहितहरुले स्वस्तीवाचन गर्दै पुरानो कार्यालयबाट नयाँ कार्यालयसम्म दियो कलशसहित पदयात्रा गरेर गृह प्रवेश […]
झापा । झापामा ७५ हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँ बरामद भएको छ । पाँच सय भारुका नोटसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका मध्ये एक जना कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी मौसम श्रेष्ठ हुन् । अर्का व्यक्तिको परिचय भने प्रहरीले खुलाइसकेको छैन । यद्यपि, उनी झापा गाउँपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रका व्यक्ति […]
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ५३ करोड ५८ लाख ९३ हजार ४ सय ३० रुपैँयाको बजेट सार्वजनिक गरेको छ । गाउँसभा मार्फत नीति तथा कार्यक्रम पारित गर्दै सो बराबरको बजेट तयार गरिएको बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता भगवती शर्मा न्यौपानेले बताइन्। गाउँपालिका प्रवक्ता न्यौपानेका अनुसार बुद्धशान्तिको साविक शान्तिनगर गाविस क्षेत्रमा टमाटर सस उद्योग […]
काठमाडौं । सरकारले सामाजिक दूरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी गराएका हुन् । यातायात व्यवसायीले साविक भाडामा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् । सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन […]