इलाम । लकडाउनको बहानामा भारतीय पक्षले नेपाली तयारी चिया निकासीमा रोक लगाएको छ । लकडाउनकै कारण मुख्य सिजनकै हरियो चियापत्ती टिप्न नपाउँदा करोडौंको घाटा सहेका किसान र उद्योगी बचेखुचेको तयारी चियासमेत बेच्न नपाउँदा झन् समस्यामा परेका छन् । पूर्वका जिल्लामा उत्पादित तयारी चिया भारत निर्यात हुने मुख्य नाका पानीट्यांकीबाट लकडाउनयता निर्यात हुन सकेको छैन । कृषिजयन्य […]
बेइजिङ । चीनले पल्लो सान्सी प्रान्तको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु गरेको छ । कार्गो रेल शुक्रबार बिहान सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको हो । चिनियाँ सञ्चार माध्यमहरूका अनुसार निर्माण सामग्री, लत्ताकपडा लगायतका सामान बोकेको कार्गो रेल तिब्बतको सिगात्सेसम्म पुग्नेछ । त्यहाँबाट ट्रकले केरुङ नाका हुँदै मालसामान काठमाडौं पुर्याउनेछ । यसमा […]
काठमाडौँ । आफ्नै स्वामित्वका १३ वटा जहाज भएको बुद्ध एयरले लकडाउन अघि दैनिक सय हाराहारी उडान गर्दै एक करोड ९० लाखसम्मको ब्यापार गरेको रेकर्ड कायम थियो । बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार सामान्य अवस्था हुँदाताका काठमाडौंसहित १५ वटा गन्तव्यमा ३३ वटा रुटमा बुद्ध एयरले दैनिक ५४ सयसम्म यात्रु उडाएको छ । यो त्रिभुवन अन्तर्राष्ट्रिय […]
दमक । नेपाल प्रेस युनियनले झापाको माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुको सामुहिक कोरोना बीमा गरिदिने भएको छ । नेपाल पत्रकार महासंघमा आवद्ध तथा अन्य सक्रिय पत्रकार गरी दुई दर्जन हाराहारी पत्रकारहरुको जनही एक लाख रुपैयाँको कोरोना बीमा गरिदिन लागिएको हो । नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकको आग्रहमा दमकका सामाजिक तथा राजनीतिक व्यक्तित्व प्रकाश प्रसाईले […]
बिर्तामोड । नेपाल अलैंची ब्यवसायी महासंघले झापाको विर्तामोडमा निर्माण गरिरहेको अलैंची सूचना तथा अनुसन्धान केन्द्रको दोस्रो तल्लाको आज बुधबार ढलाई गरिएको छ । अलैंची व्यवसायीहरु कै आर्थिक सहयोगमा बिर्तामोडको हर्कलाल मार्गमा खरिद गरिएको दुई कट्ठा दुई धुर जमिनमा निर्माण भइरहेको भवनमा नेपाल अलैंची व्यवसायी महासंघको सचिवालयको पनि व्यवस्थापन हुनेछ । पहिलो तलामा सभाहल र सचिवालय […]
जोर गतेका दिन खाद्यान्न पसल र बिजोर गतेका दिन गैर खाद्यान्न पसल खोल्न पाइने झापा । झापामा आज सम्पन्न सर्वदलीय सर्वपक्षीय बैठकले लकडाउनमा पनि जिल्लाका बजारमा भिडभाड बढेको निष्कर्ष निकाल्दै अब खाद्यान्न पसल एक दिन र गैर खाद्यान्न पसल अर्को दिन खोल्न पाउने निर्णय गरेको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा […]
टेलरिङ्ग व्यवसायमा पछिल्लो अवस्था कस्तो छ ? टेलरिङ्ग क्षेत्रमा फागुन महिनासम्म अत्याधिक बिजनेस हुने समय हो । चैत सुरु भएदेखि १५ गतेसम्म आराम गर्ने समय मानिन्छ । हामी चैत १५ बाट विद्यालय तथा विवाहका पोशाकका लागि काम गर्दै गरेको अवस्थामा हुन्थ्यो । तर पछिल्लो समय कोरोना सन्त्रासका कारण देशभर लकडाउन गरिएपछि विद्यालय बन्द हुनुका साथै […]
काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी वर्ष २०७७/७८ को बजेट निर्माणमा जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट पारेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी वर्ष २०७७/७८ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले गरेका प्रश्नको सम्बोधन गर्दे उनले जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरी स्वास्थ्यसेवाका उपकरण र पूर्वाधार विस्तारलाई समावेश गरिने बताएका हुन्। उनले कोरोना माहामारीले निम्त्याएको […]
बिराटनगर । प्रदेश १ मा क्रियाशील साना किसान कृषि सहकारीहरु तथा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कोभिड जनसुरक्षा कोषमा मंगलबार चार लाख ५७ हजार रुपैयाँ जम्मा गरिएको छ । प्रस्तावित प्रदेश कृषि सहकारी संघ मार्फत तीन लाख ५७ हजार रुपैयाँ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश इलाका कार्यालयको तर्फबाट एक लाख रुपैयाँ प्रदान गरिएको […]
झापा । विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको सन्त्रास र रोकथाम प्रयास स्वरुप सरकारले गरेको ‘लकडाउन’का कारण सहकारी संस्थाहरु पनि नराम्ररी प्रभावित भएका सरोकारवालाहरुले निश्कर्ष निकालेका छन् । झापा जिल्ला सहकारी संघले हिजो शनिबार दमकमा र आज बिर्तामोडमा आयोजना गरेको ‘कोभिड–१९ले सहकारी क्षेत्रमा पारेको असर र समाधानका उपायहरु’ विषयक अन्तरसम्वादमा सहभागीहरुले यस्तो निश्कर्ष निकालेका […]