झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले जारी गरेको लकडाउनका बेला विपन्न परिवारको खाद्यान्न सहयोगका लागि स्थानीय तहको कोषमा रकम जम्मा गर्ने भएको छ । संस्थाको आज बिहीबार बसेको संचालक समितिको बैठकले कोरोनाको कारण आक्रन्त अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न झापा […]
भद्रपुर । घर अगाडि बगिरहेको मेची नदी विगतमा भद्रपुरका लेखबहादुर कार्की लगायत श्रमजीवि कृषकलाई त्रास र पीडाको भारी मात्र हुन्थ्यो । खोला कुन बेला गाउँ पस्ला र घर खेत बगाउला भन्ने त्रास हुन्थ्यो । भद्रपुर नगरपालिका वडा नं. ५ का लेखबहादुर लगायत अधिकांश स्थानीय बासिन्दा आज त्यही खोलाको बगरमा आफ्नो जीवन गुजाराको आधार फेला पारेपछि […]
बिर्तामोड । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको समयमा दैनिक ज्यालादारीमा कामगरी जीवन गुजारा गर्ने समुदायको लागि ८ लाख रुपैयाँको राहत सहयोग गर्ने जनाएको छ । जिल्लाका सबै १५ वटै स्थानीय तहसँग समन्वय गरी एकद्वार प्रणाली अन्तर्गत उक्त रकम उपलब्ध गराउने निर्णय भएको कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठले जानकारी दिएका […]
विर्तामोड । लकडाउनका कारण ग्राहकमा पर्न सक्ने असुविधा र समस्याहरुलाई मध्यनजर गर्दै झापामा बैंक तथा बित्तीय संस्थाहरुले आफ्ना सेवाग्राहीलाई सेवा दिइरहेको छ । कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा बैंकिङ्ग सेवा जस्तो अत्यावश्यक सेवा पाउनबाट आफ्ना ग्राहक बन्चित हुनु नपरोस् भनेर बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा सहायता केन्द्र स्थापना गरेको जनाएको छ । ग्राहक सहायता […]
झापा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ । आईएमएफका प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा गएको बताएकी हुन् । शुक्रबार गरिएको अनलाइन प्रेस वार्तामा क्रिस्टालिनाले भनिन् यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुनेछ । विश्व […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ३८ लाख ग्राहकले १५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन्। ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद समक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि […]
सरकारले बैङ्क तथा वित्तीय संस्थाहरुलाई कोरोनाप्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुली गर्ने कार्य चैत मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन दिएको छ । अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । यसमा गैरबैङ्किङ वित्तीय संस्थाहरु पनि सामेल छन् । बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रावह भएको कर्जाको वर्गीकरण तथा व्यवस्था […]
काठमाडौं । नेपाल औषधि व्यवसायी संघले औषधि पसल नियमित रुपमा सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले आज वक्तव्य जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै औषधि पसल नियमित रुपमा सञ्चालन गर्न अपील गरेका हुन् । अध्यक्ष श्रेष्ठले औषधिको आपूर्ति र वितरणमा कुनै पनि प्रकारका समस्या आएका त्यसको समाधानका […]
विर्तामोड । विश्व यतिबेला कोरोनाको संकटमा छ । नेपाल सरकारले संकट निम्तिन नदिन सक्रियतापुर्वक लागेको बताएको छ । सरकारले कोरोना प्रभावित राष्ट्रका मानिसहरूलाई नेपाल प्रवेशमा रोक लगाउनुका साथै विद्यालय तथा कलेजहरु समेत बन्द गरेको अवस्था छ l जसले गर्दा विद्यार्थीहरुको पढाइमा असर पुगेको छ । व्यापार व्यावसाय धरासायी छन्, पसल, शैक्षिक संस्थालगायत सबै ठप्प भएका […]
कमल । नोवल कोरोना भाइरस (कोभिड १९) को सन्त्रास फैलिरहेका बेला उपभोग्य वस्तु एवम् औषधीजन्य सामग्रीहरुमा हुनसक्ने कालोबजारीलाई रोक्न झापाको कमल गाउँपालिकाले आजबाट अनुगमन थालेको छ । छिमेकी देशसँगका सीमानाकाहरु क्रमशः बन्द हुँदैगर्दा त्यसको असर सामान आपूर्तिमा परेकोले बजारमा भएका सामग्रीको कालोबजारीलाई रोक्न अनुगमन थालिएको पालिकाले जनाएको छ । यस्तो अवस्थामा बजारमा अखाद्य वस्तु र […]