कमल । पछिल्लो समय आलु खेतीबाट झापाको कमल गाउँपलिकाका कृषकले राम्रो आम्दानी लिन थालेका छन् । आलु उत्पादनका लागि गाउँपालिकाले प्रविधिक सेवा, मलखादमा अनुदान दिएका कारणले आलु खेतीतर्फ कृषको आकर्षण बढेको हो । कमल गाउँपालिकाका वडा नम्वर १, २ र ४ का ११९ जना कृषक परिवारले ६६ विगाहाभन्दा बढी जमिनमा आलु खेती गरेर गुणस्तरीय उत्पादन […]
बिर्तामोड । निर्माण व्यवसायी संघ झापाको १४औं चुनावी साधारणसभा स्थगित भएको छ । नोवल कोरोना भाइरस विश्वभर फैलिन थालेपछि नेपालमा भाइरस भित्रन नदिन सतर्कता अपनाउँदै सरकारले सभा सम्मेलन, भीडभाड गर्न रोक लगाएसँगै चैत ७ र ८ गतेलाई तय गरिएको साधारणसभा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको संघका महासचिव ओम पौडेलले जानकारी दिए । संघका […]
बुद्धशान्ति । झापाको बुद्धशान्तिमा रहेको बुधबारे बजारमा बिहीबार बुद्धशान्ति गाउँपालिकाको नेतृत्वमा बजार अनुगमन भएको छ । व्यापारीले व्यापक कालोबजारी गरेको उपभोक्ताको गुनासो आएपछि गाउँपालिकाको नेतृत्वमा झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्ति, उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्ति र इलाका प्रहरी कार्यालय बुधबारेको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । पसलेले ग्यास छैन भन्दै सर्वसाधारणलाई फर्काउने गरे […]
झापा । शारिरीक रुपमा अशक्त भए पनि सोर्मा ब्यवसायमार्फत् जीवनयापनलाई सहज बनाउँदै झापाको बिर्तामोडका दिपेश योञ्जनले उदाहरण पेश गरेका छन् । बिर्तामोड नगरपालिका वडा नं. १ का दिपेश योञ्जन २०७३ सालको दशैँताका मोटरसाइकल दुर्घटनामा परेपछि अहिले बैशाखीको सहारामा छन् । दुर्घटनामा योञ्जनको बायाँ नलीखुट्टाको हड्डी भाँचिएको थियो । एक महिना हस्पिटल बसेर उपचार गराएपछि २ […]
काठमाडौं । सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ घटेको छ। हिजो तोलाको ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको माग घटेपछि भाउ घटेको व्यवसायीको भनाइ छ। कोरोना भाइरसको महामारीका कारण बढेको आर्थिक मन्दीका कारण लगानीकर्ताले डलरमा […]
पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो । यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको […]
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आयात–निर्यातमा समेत प्रभाव परेको छ । जसअन्तर्गत विराटनगर नाकाबाट हुने चीनसँगको व्यापार ३२ प्रतिशतले गिरावट आएको छ । कोरोनाको उद्गम चीनबाट आयातमा गिरावट आएपछि भन्सारको राजस्वमा समेत त्यसको असर परेको छ । विराटनगर–१८ आइसीपीस्थित भन्सार कार्यालयका अनुसार कोरोनाका कारण चीनबाट आउने सामाग्रीको आयात प्रभावित भएको हो । विशेष […]
नो अब्जेक्सन सर्टिफिकेट वितरण पनि रोकियो काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको छ । विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको […]
काठमाण्डौ । सुनको भाउ बिहीबार तोलामा आठ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन बिहीबार तोलाको ८१ हजार पाँच सय रुपैयाँ पुगेको हो । बुधबार पनि सुन तोलामा चार सय रुपैयाँले घटेको थियो । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण केही समय यता सुनको भाउ लगातार बढेको थियो […]
हाम्रो देश नेपालको वार्षिक बजेट नै झण्डै १५ खर्ब ३० अर्ब रुपैयाँ छ । यही रकमले हाम्रो देशको पूरै अर्थतन्त्र वर्षदिनका लागि धान्नु पर्दछ । उता, छिमेकी मुलुक भारतमा चाहिँ हाम्रो देशको वार्षिक बजेटको झण्डै आधा रकम त्यहाँका ट्रक ड्राइभरहरुले घुस खुवाउने गरेका छन् । भारतमा ट्रक ड्राइभरहरुले त्यहाँका सरकारी कर्मचारीलगायतलाई वार्षिक झण्डै ५ खर्ब […]