काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आधा समय बित्दै गर्दा स्थानीय र प्रदेश सरकारका नयाँ कार्यक्रमका लागि १९ अर्ब ६ करोड रुपैयाँ बजेट दिएको छ । चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री युवराज खतिवडाले काम गर्न सक्ने स्थानीय तह र प्रदेशलाई योजना र कार्यक्रम हेरेर उनीहरुको माग अनुसार थप बजेट दिन २० अर्ब रुपैयाँ […]
काठमाडौं । कात्तिक महिनामा पनि विदेशमा रहेका नेपालीले पठाउने रकम (रेमिट्यान्स) घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को चौथो महिनासम्मको मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स निरन्तर ओरालो लागेको तथ्यांक दिएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चौथो महिना अर्थात कात्तिक मसान्तसम्म ३ खर्ब ४ अर्ब ९७ […]
मेचीनगर । झापाको धुलाबारीमा हुने तेस्रो औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव २०७६ का लागि आउने कलाकारहरु तय भएका छन् । मेची उद्योग वाणिज्य संघको आयोजनामा हुन गईरहेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा आउने राष्ट्रिय स्तरका कलाकारहरु तय भएका छन् । सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक ध्रुव कनालका अनुसार पुस ९ देखि […]
बिर्तामोड । पछिल्लो समय रोजगारीका लागि सहकारी संघ–संस्थाहरु युवाको रोजाई र गन्तब्य बन्न थालेका छन् । केही जनशक्तिका लागि खोलिएको सहकारीका खुल्ला विज्ञापनमा सयौंको संख्यामा आवेदन पर्ने गरेको हो । सेवा आयोग नै बनाएर कर्मचारी भर्ना गर्ने नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा गतवर्ष विभिन्न पदका लागि खोलिएको २० जना कोटाको विज्ञापनमा १५ सयभन्दा बढीले परीक्षा दिएका […]
भद्रपुर । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको आर्थिक बृद्धि तीब्र गतिमा बढिरहेको बताएका छन् । मेची बहुमुखी क्याम्पस भद्रपुरको नवनिर्मित प्रशासनिक भवन उद्घाटन तथा महिला छात्राबास एवम् मानविकी भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले यस्तो बताएका हुन् । सन् २०२२ भित्र गरिबीको रेखामुनी रहेका १७ प्रतिशत नागरिकको आर्थिक बृद्धि शतप्रतिशत […]
दमक । सहकारी ऐन २०७४ जारी गरिएको तीन वर्षभित्र एक सदस्य एक सहकारी कार्यान्वयनमा ल्याउनु पर्ने बाध्यात्मक व्यवस्थालाई आत्मसाथ गर्दै सहकारी–सहकारी बीचको एकीकरणलाई तीब्रता दिन राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले आव्हान गरेकी छन् । झापाको दमकमा मेची सहकारी संस्था लिमिटेड र जलपादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच सम्पन्न एकीकरणको आज औपचारिक घोषणा गर्न […]
काठमाडौँ । तेलका कारण विश्व अर्थतन्त्र प्रभावित हुने भएको छ । पेट्रोलियम पदार्थ उत्पादक तथा निर्यातकर्ताहरुको सङ्गठन ओपेकले साविकको तेल उत्पादनको परिमाणलाई घटाउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने र अर्थतन्त्र प्रभावित हुने भएको हो । शुक्रबार भियन्नामा बसेको प्रमुख पेट्रोलियम पदार्थ निर्यातकर्ता र रुस लगायतका अन्य उत्पादकहरुको बैठकले सन् २०२० को मार्चसम्ममा दैनिक […]
मेचीनगर । तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था मेचीनगर १३ चारआलीले हरेक वर्ष सदस्यको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै सामाजिक क्रियाकलापमा पनि तदारुकता देखाउँदै आएको छ । संस्थाको आज धाइजनमा सम्पन्न १२औं वार्षिक साधारणसभामा अध्यक्ष लेखनाथ पौडेल (केशव)ले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा क्रमशः सामाजिक काममा पाइला चाल्ने उल्लेख छ । २०६४ सालमा ६४ जनाले ५ हजार […]
बिर्तामोड । कफी पिउने पारखीहरुका लागि बिर्तामोडमा नयाँ गन्तब्य सुरु भएको छ । यहाँस्थित शनिश्चरेरोडमा शुक्रबारदेखि भोलियो कफी हाउस सञ्चालनमा ल्याएर कफी पारखीहरुलाई निम्त्याउनुका साथै प्रशिक्षार्थी उत्पादन पनि थालिएको छ । हिमाअस एजुकेशन कन्सल्टेन्सीको सञ्चालक समूहले अध्ययनका लागि विदेशिने युवालाई लक्षित गरी तालिम प्रदान गर्न कफी हाउस खोलेको हो । कफी एण्ड वेभरेज डिपार्टमेन्टका नविन […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाले आफ्नो संस्थाबाट गरिने वित्तीय कारोबारमा राज्यलाई बुझाउनु पर्ने कर राजश्वबारे प्रष्ट हुन सञ्चालकसहित कर्मचारीहरुलाई अभिमुखीकरण गरेको छ । शुक्रबार बिर्तामोडमा आयोजना गरिएको ‘ट्याक्सेसन इश्युज फेसेस बाई को–अपरेटिभ्स’ शीर्षकमा अधिवक्ता तथा चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले सहजीकरण गरेका हुन् । संस्था अन्तरगत शिक्षा तथा तालिम समितिको आयोजनामा संयोजक […]