भद्रपुर । झापा उद्योग वाणिज्य संघको ५३औं साधारणसभा तथा २३औं अधिवेशनको उद्घाटको अवसरमा आज अग्रज पत्रकार गोपाल गिरी सम्मानित भएका छन् । उद्योग वाणिज्यको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै गिरीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । पत्रकार गिरी नागरिक एफएम भद्रपुरका समचार सम्पादक हुन् । यसरी नै सो अवसरमा उद्योग वाणिज्य संघमा […]
काठमाडौं । चलचित्र “मखमली मखमली” आजबाट मुलुकभर एकैसाथ प्रदर्शनमा आएको छ । देशभरका करिब ६० वटा सिनेमा घरमा आजदेखि नै प्रदर्शन भएको चलचित्र “मखमली मखमली” को पहिलो दिन सुखद रहेको निर्मात्री सावित्रा चिलवालले बताएकी छन् । यथार्थपरक कथाबस्तुमा नारी बेदनालाई प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुःख पिडालाइ चलचित्रमा समेटिएको छ । दुःख पिडा, खुसी […]
झापा । बिर्तामोडका अलैंची श्रमिकहरुलाई अलैंचीको ग्रेडिङ, कटिङ, स्वास्थ्य र सुरक्षा सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न गरिएको छ। नेपाल अलैंची ब्यवसायी महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको संयुक्त आयोजना तथा मन्त्रालयका उपसचिव पार्वती शर्माको प्रमुख आतिथ्यमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । सोमबार भएको अभिमुखीकरण कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरका शाखा […]
कचनकवल (झापा) । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड अन्तरगत शुलभ जीवन बीमा योजनामा सहभागी झापाको कचनकवलका एक परिवारले झण्डै पाँच लाख रुपैयाँ बीमा रकम भुक्तानी पाएका छन् । एक्सल डेभलपमेन्ट बैंकमा कर्जा कारोबार गर्दा रिलायवल नेपाल लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुपर्ने प्रावधान छ । सोही कारोबारका लागि कचनकवल ७ का सूर्यनारायण राजवंशीले पाँच लाख रुपैयाँ […]
भद्रपुर । बाहिरी खोल र नाममा नक्कल गरी अर्काको उत्पादनको पहिचान खोसेर अबैध कारोवार गरिरहेको आरोप लागेका झापाका केही गुटखा उत्पादक कम्पनी मध्येको एकलाई राजश्व छलेको आरोप लागेको छ । राजश्व अुनसन्धान विभागले अवैध रूपमा गुटखाजन्य वस्तुको उत्पादन तथा बिक्री वितरण गरेको भन्दै ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो । विभागले झापाको मेचीनगरमा सञ्चालित साकम्बरी […]
कन्याम (इलाम) । नेपाल भ्रमण वर्ष २०२० तथा सूर्योदय नगर पर्यटन महोत्सवको अवसर पारेर इलामको सूर्योदय नगरपालिका वडा नं. ६ स्थित कन्याममा आजदेखि होटल ग्रीन कार्पेट सञ्चालनमा ल्याइएको छ । व्यवसायी यज्ञराज गिरीले एक करोड ५० लाख रुपैयाँको लगानीमा रेष्टुरेन्ट तथा लज सञ्चालनमा ल्याएका हुन् । प्रदेशसभा सदस्य काजीमान कागतेले होटलको उद्घाटन गरेका थिए । […]
काठमाडौं । प्रदेश २ मा उपभोक्ता समितिमार्फत भएको काममा व्यापक लापरबाही भएको पाइएको छ । निहित स्वार्थबाट प्रेरित भई प्राविधिकले घरमै बसेर समितिबाट सञ्चालित योजनाहरुको मनलाग्दी मूल्याङ्कन गरेको पाइएको हो । आर्थिक वर्ष २०७५र०७६ मा प्रदेश सरकारद्वारा सञ्चालित भई सम्पन्न भएर भुक्तानी हुन बाँकी रहेका ८ सय ४२ योजनामा उपभोक्ता समितिले त्रुटिपूर्ण काम गरेको योजनाको […]
काठमाडौं । बजेटमा व्यवस्था भएअनुसार कार्डमार्फत हुने भुक्तानीबापत मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम प्रयोगकर्तालाई फिर्ता गर्न नसकिने निष्कर्ष निकालिएको छ । विद्युतीय माध्यमबाट हुने भुक्तानीको आधारमा भ्याट फिर्ता गर्ने सन्दर्भमा आन्तरिक राजस्व विभागले गठन गरेको अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो । कार्ड भुक्तानीका लागि प्रयोग गरिने पोस मेसिनमा प्रयोग हुने सफ्टवेयर अन्तर्रा्ष्ट्रिय […]
एउटा घडीको मूल्य कतिसम्म पर्ला रु सायद तपाईले अनुमान गर्न पनि सक्नुहुन्न होला । किन कि दुनियाको सबैभन्दा महंगो घडीको मूल्य लाख, करोडमा होइन अरब रुपैयाँमा छ । हो, विश्वको सबैभन्दा महंगो घडीको मूल्य ३ अर्ब ५५ करोड रुपैयाँको हाराहारीमा छ । स्विजरल्याण्डको लग्जरी घडी निर्माता कम्पनी पाटेक फिलिप्पेले हालै एक लिलामीका क्रममा दुनियाकै अहिलेसम्मको […]
काठमाडौं । निर्माण सामग्री गिट्टी, ढुङ्गा, बालुवा र इँटा डिपो सञ्चालनका नाममा अवैध तथा अकुत सम्पत्ति कमाएको अभियोगमा १३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको छ । घर तथा भवन निर्माण सामग्रीहरू मापदण्डभन्दा कमतौलको पठाई सर्वसाधारणलाई ठगी गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले यही कात्तिक १ गते काठमाडौँका विभिन्न स्थानबाट २३ वटा सवारी, १३ सञ्चालक […]