Sajhamanch Archive

५ अर्ब २० करोडको व्यापारिक मार्ग निर्माणको काम तेस्रोपटक म्याद थप्दा पनि आधामात्र

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ५ अर्ब २० करोडको व्यापारिक मार्ग निर्माणको काम तेस्रोपटक म्याद थप्दा पनि आधामात्र.

काठमाडौं । पथलैया–वीरगञ्ज व्यापारिक मार्ग निर्माणको म्याद तेस्रोपटक थप गरेर पनि ५५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । २०७३ असारमा सुरु भइ ३० महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भएपनि आयोजनाको काम अझै आधा बाँकी छ । २०७३ असार २९ गतेबाट निर्माण सुरु भएको यो मार्गअन्तर्गत ७ प्याकेज छन् भने ५ अर्ब २० करोडमा ठेक्का सम्झौता […]

गुठी संस्थान स्थापनाको ५६ वर्ष स् खर्च धान्न नसक्ने स्थितिमा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on गुठी संस्थान स्थापनाको ५६ वर्ष स् खर्च धान्न नसक्ने स्थितिमा.

काठमाडौं।  गुठी संस्थान स्थापनाको ५६ वर्षसम्म आइपुग्दा गुठीको सम्पत्तिबाट खर्च धान्न नसक्ने स्थितिमा पुगेको संस्थानले जनाएको छ । संस्थानले जग्गा अतिक्रमणमा, जग्गा भाडामा लगाउन समस्या, भाडामा लिनेले भाडाबापतको रकम नतिरेको र बैंकको अस्थिर ब्याजदरका कारण वार्षिक आम्दानीको रकमबाट जात्रा पर्व सञ्चालन, देवस्थलका महन्थ पुजारी तथा कर्मचारीलाई खर्च भुक्तानी गर्न नसक्ने स्थिति आएको संस्थानले जनाएको छ […]

बाँसको पुल तर्न ५० रुपैया कर

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाँसको पुल तर्न ५० रुपैया कर.

काठमाडौं । झापाको झापा गाउँपालिका–२ का श्याम राजवंशीले बिरिङ खोलामा लगाएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गरेका छन् । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा राजवंशीले पैसा तिर्नुपरेको हो । सरकारले हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको छ । हुलाकी राजमार्गले विरिङ खोलालाई पनि छुन्छ । बाँसकै पुल निजकै […]

सुनको मूल्य कति ?

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको मूल्य कति ?.

काठमाडौं। बिहीबार सुनको मूल्य प्रतितोला ७० हजार ५ सय पुगेको छ। त्यसैगरी, तेजाबी सुनको मूल्य ७० हजार २ सयमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघकाअनुसार आजका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ६० रुपैयाँमा कायम रहेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको छ। हाल अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य […]

सहकारी बैंकमा जम्मा भएको ३० लाख रुपैयाँ लिएर कर्मचारी फरार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहकारी बैंकमा जम्मा भएको ३० लाख रुपैयाँ लिएर कर्मचारी फरार.

काठमाडौं । जनकपुर ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दुरीमा पर्ने शान्तिपुर गाउँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरु कंगाल बनेका छन् । बटेश्वर गाउँपालिक–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन् । मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत […]

चौध महिनामा बन्दै चोभार सुक्खा बन्दरगाह

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चौध महिनामा बन्दै चोभार सुक्खा बन्दरगाह.

काठमाडौं । आयात र निर्यात हुने वस्तुलाई एकीकृत सेवा दिनका लागि काठमाडौँको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन)अब १४ महिनामा तयार भई सञ्चालनमा आउने भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको सो बन्दरगाह निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकता दिएपछि आगामी वर्ष तयार हुने भएको हो । उद्योग, वाणिज्य […]

दरबारको राजपरिवारको सम्पत्ति राष्ट्रहितमा खर्च गरौँ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on दरबारको राजपरिवारको सम्पत्ति राष्ट्रहितमा खर्च गरौँ.

काठमाडौं। तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन । नेपाल ट्रष्ट ऐनले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको सम्पत्तिलाई शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा प्रयोग गर्ने स्पष्ट व्यवस्था गरेको छ । नेपाल ट्रष्टको कार्यालय गठन गरी तत्कालीन राजपरिवारको नाममा रहेका सम्पत्तिलाई नेपाल सरकार मातहत […]

देव विकास बैंकको १८ करोड हिनामिना प्रकरण: सञ्चालकसहित ५६ जनाविरुद्ध मुद्दा दर्ता

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on देव विकास बैंकको १८ करोड हिनामिना प्रकरण: सञ्चालकसहित ५६ जनाविरुद्ध मुद्दा दर्ता.

दाङ । देव विकास बैंकको १८ करोड तीन लाख ६२ हजार ८१८ रुपैयाँ हिनामिना प्रकरणमा तत्कालीन सञ्चालक समितिका पदाधिकारीसहित ५६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ । आइतबार तुलसीपुरस्थित उच्च अदालतको वाणिज्य इजलासमा देव विकास बैंकको १८ करोड बढी रकम हिनामिना प्रकरणमा तत्कालीन सञ्चालक खड्गबहादुर बुढाथोकीसहित ५६ जनाकाविरूद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता गरिएको हो । आइतबार […]

हचुवामै १० हजार कर्मचारी थप्ने प्रपञ्च, राज्यकोषमा २ खर्ब बढीको व्ययभार पर्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हचुवामै १० हजार कर्मचारी थप्ने प्रपञ्च, राज्यकोषमा २ खर्ब बढीको व्ययभार पर्ने.

काठमाडौं । संघीय मन्त्रालयहरूले संगठनको हितभन्दा पनि व्यक्ति विशेषको हितअनुसार हचुवामा हजारौं कर्मचारी थप्ने प्रयास थालेका छन् । मन्त्रालय र मातहतका निकायको नयाँ संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गर्ने क्रममा अवैज्ञानिक किसिमले हजारौं कर्मचारी थप्ने प्रयास गर्दा राज्यकोषमा २ खर्ब बढी व्ययभार बढ्ने देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार […]

मेडिकल कलेज सञ्चालकको धम्की, ‘पढाउन सक्दैनौँ’

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मेडिकल कलेज सञ्चालकको धम्की, ‘पढाउन सक्दैनौँ’.

काठमाडौं। चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शिक्षण शुल्कमा विद्यार्थी भर्ना नसक्ने निजी मेडिकल कलेज सञ्चालकहरुले जनाएका छन् ।आयोगले राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा एमबीबीएस र बीडीएसको शुल्क तोकेपछि सञ्चालकहरुले विद्यार्थी भर्ना नलिने चेतावनी दिएका हुन् । सञ्चालकहरुको पटक–पटक यस्तो धम्कीबाट प्रवेश परीक्षा सकेर कलेज छनोट र भर्नाको प्रक्रियामा रहेका विद्यार्थी अन्योलमा परेका छन् । कान्तिपुर दैनिकबाट […]